”भेटीयौ धन्न” गायिका कला लम्साल र चन्द्र शर्माको स्वरमा नया लोक दोहोरी गीत सार्बजनिक

रुपकी सुन्दर गायिका कला लम्साल र गायक चन्द्र शर्माको स्वरमा नया लोक दोहोरी गीत शिर्षक ‘भेटियौ धन्न’ सार्बजनिक भएको छ । उक्त भिडियो सर्बाधिक रुचाईएको युटुब चेन्नल बिन्ध्याबासिनी म्यूजिकमार्फत बजारमा आएको हो ।

‘भेटियौ धन्न’ भिडियोमा कलासँगै र शंकर बिसीले अभिनय गरेका छन् भने गीतको लय एक नारायण भण्डारीले संकलन गरेका हुन् । युटुब मार्फत सार्बजनिक भए लगतै उक्त गित दर्शकहरुले निकैनै रुचाउनु भएको छ ।

बिनोद बाजुरालीको एरेन्ज रहेको गीत मालाश्री रेकर्डिङमा रेकर्ड गरिएको हो । यस्तै शंकर बिसीकै निर्देशन रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

कला भन्छिन यो गीत दर्शक स्रोताले अत्याधिक मन पराइ दिनु हुन्छ भन्दै आफू विस्वस्त रहेको हामीलाई जानकारी गराइन।

कला लम्साल र चन्द्र शर्माको स्वरमा निकैनै मिठो गित हेर्नुहोस भिडियो :