देवलको शब्दमा नेपाल आइडल रवी र पुष्पाको ‘दिलको फ्रेम’ देखा पर्यो (भिडियो सहित)

‘सर्माएर लजाएर’ तथा ‘डार्लीङ’ जस्ता सफल गीतका गीतकार देवल भण्डारीको शब्दमा तयार भएको नयां गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ । अष्ट्रेलियाको मेल्बोर्न निवासी भण्डारीको शब्दमा तयार भएको गीत मंगलवार युटुववाट सार्वजनिक गरीएको हो ।

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीतको संगीत दिपक शर्माले गरेका छन् । साहस शाक्यको संगीत संयोजन रहेको भिडियोको निर्देशन सञ्चारकर्मी तथा फिल्म निर्देशक शुभ्रतराज आर्चायले गरेका हुन् ।

गीतमा पछिल्लो समय आपू जोडीको उपनाम पाएका आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । यी दुइसंगै रवि र पुष्पा पनि गीतमा छन् ।

नवराज उप्रेतीको छायांकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसको कन्सेप्ट जया शर्माको रहेको छ ।

हेरौ भिडियो :