सरकार ! कहिलेसम्म नेपाललेी झाडापखलाबाट ज्यान गुमाउन ? झाडापखलाले गुल्मीमा २०० बिरामी, एक जनाको मृत्यु (मन छुने भिडियो)

गुल्मीको मुसिकोट नगरपालिका-४ काे दजाकोटमा दूषित पानीका कारण गएकाे आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।

झाडापखालाबाट बिरामी हुनेहरुको संख्या शनिवार अपराह्नसम्म १ सय ६० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीले बताउनु भएको छ ।

बिरामीहरुमध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेकोमा शनिवार दुई जनालाई डिस्चार्ज गरिएको छ भने एक जनालाई भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । अन्य बिरामीहरुको भने दजाकोटमै सञ्चालित अस्थाई शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताउनु भयो ।

गुल्मी अस्पताल तम्घासमा डाक्टर उत्तम पचभैयाका अनुसार उपचारमा आएका पाँचै जनाको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा संक्रमण भएकाे हुनसक्ने बताउनु भयाे । पानी परीक्षणका लागि विश्व स्वास्थ्य संगठनबाट डाक्टरको टाेली शनिबार नै प्रभावित क्षेत्रमा पुग्ने जनाइएकाे छ ।

भिडियो