अंगुरका खादा कुन कुन रोग बाट बच्न सकिन्छ ? सोचे भन्दा बढी लाभदायक छ अंगुर (भिडियो)

विशेष गरी गर्मी मौसममा पाईने अंगुर देख्नमा जति आकर्षक र खानामा मिठास हुन्छ । यसको सेवनबाट त्यसभन्दा कयौं गुणा फाईदा पनि हुने गर्दछ । गर्मी समयमा अंगुर खानाले तत्कालका लागि चिसोको अनुभव त गराउँछ नै साथै यसले शरीरलाई स्वस्थ राख्नका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्छ । अंगुरको सेवनबाट अपच, थकान, कब्जियतलगायतका बिरामीका लागि तत्काल राहत मिल्छ । साथै यसको सेवनले आँखालाई मोतिबिन्दु जस्तो खतरनाक रोग लाग्नबाट समेत बचाउँछ । अंगुरमा भिटामिन ए, सी, बी ६ लगायत कयौं मिनरल्स, पोटासियम, प्रोटिन, क्याल्सियम, फस्फोरसलगायतका मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्वहरु समेत प्राप्त हुन्छ । जसले मानव स्वास्थलाई स्वस्थ राख्न मदत गर्छ । अंगुरका अरु के–के फाईदाहरु छन् हेर्नुहोस् तलको भिडियो