दुबर्इकाे एक पत्रिकाले श्रीदेवीको मृत्युबारे गर्‍यो यस्तो नयाँ खुलासा !

Spread the love

काठमाडौं, १४ फागुन ।

चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधनबार दुबईस्थित एक पत्रिकाले नयाँ खुलासा गरेर समाचार लेखेको छ । शनिबार अबेर राति हृदयाघातका कारण उनको निधनको खबर बाहिरिएसँगै अहिले बलिउड दुःखमा छ।

पोष्टमार्टमपश्चात श्रीदेवीको पार्थिव शरिरलार्इ भारत ल्याउने तयारी भइरहेका बेला त्यहाँको ‘खलिज टाइम्स’ नामक पत्रिकाले होटलकाे बाथरूममा नै उनको निधन भएको उल्लेख गरेकाे छ ।

श्रीदेवी श्रीमान बनी कपूर र कान्छी छोरी खुशीसँगै दुबई पुगेकी थिइन् । दुबईको जुमिरह अमीरात टावर होटलमा साँझ करिब ५:३० बजे बनीसँग उनकैकाे कोठामा श्रीदेवीले करिब १५ मिनेट कुराकानी गरेकी थिइन।

बनी कपुरसँग होटलमै १५ मिनट कुरा गरेर उनि पार्टीमा जाने तयारी गर्न बाथरूम पसिन । तर १५ मिनेटसम्म पनि श्रीदेवी फर्केर नआएपछि बनी कपुर उनलाई खोज्दै बाथरुमकाे ढाेका ढकढकाउन पुगेका थिए । बनी कपुरले ढकढकाउदा समेत श्रीदेवीले ढाेका नखाेलेपछि बाथरूमकाे ढोका ताेडिएको खलिज टाइम्सले उल्लेख गरेकाे छ ।

ढाेका तोडेर भित्र हेर्दा श्रीदेवी बेहोस अवस्थामा बाथरुममा भेटिएकी थिइन् । श्रीदेवी बेहोस भएको देखेपछि बनी कपुरले साथीहरु बोलाएका थिए । लगत्तै प्रहरीलाई खबर गरेर अस्पताल पुर्याउँदा श्रीदेवीलार्इ मृत घोषित गरिएको थियो । प्रहरीका अनुसार उनको बाथरुममै ज्यान गएको थियो ।

आज पोस्टमार्टमको रिपोर्ट आएपछि सबै कानुनी प्रक्रिया पुरा गरेर साँझसम्म श्रीदेवीको पार्थिव शरीरलाई मुम्बई ल्याइने भारतीय संचारमाध्यमहरूले जनाएकाे छ । श्रीदेवीको शव भारत ल्याउन अम्बानी परिवारले बिमान चार्टर गरेर दुबई पठाएको छ । यसअघि ‘कार्डिएक अरेस्ट’का कारण श्रीदेवीको मृत्यु भएको बताइए पनि यसबारे प्रष्ट पारिरएकाे थिएन ।

शनिबार बलिउड स्टारहरू रातिदेखि नै सोसल मिडियामा श्रीदेवीलाई श्रद्धाञ्जली दिइरहेका छन्। यस्तोमा बलिउडका महानायक अमिताभ बच्चनको एउटा ट्विट पनि सोसल मिडियामा चर्चाको विषय बन्याे।

शनिबार बिग बीले तीन वटा ट्विट गरेका थिए। उनको पहिलो ट्विट बिहान ११:३० बजे थियो। जसमा उनले दक्षिण अफ्रिकालाई तेस्रो टि–२० मा हराएपछि भारतीय टिमलाई बधाई दिएका थिए।

दोस्रो ट्विट उनले ११ बजेर ४३ मिनेटमा गरेका थिए। जसमा उनले पुस्तक विमोचन समारोहको तस्बिर सेयर गरेका थिए। उनले शनिबारको अन्तिम ट्विट ११ बजेर ४५ मिनेटमा गरे। जसमा लेखिएको थियो, ‘थाहा छैन मलाई, आज अचम्मको ढुकढुकी भइरहेको छ।’

उनको तेस्रो ट्विटको केही घण्टापछि नै श्रीदेवीको मृत्युको पुष्टि बोनी कपुरका भाइ सञ्जयले गरेका थिए। अमिताभले ट्विटमा सेयर गरेको आफ्नो अनुभवको केहि घण्टापछि श्रीदेवीको निधन भएको थियो।

श्रीदेवीको निधनपछि अमिताभको यो ट्वीटले बलिउड हल्लिएको छ । श्रीदेवीको मृत्युअघि अमिताभलाई केहि अनिष्ट हुन लागेको महसुस कसरी भयो ? भन्दै भारतीय मिडियाहरुमा खबर छाएको छ ।

के हो कार्डिएक अरेस्ट ? जस्ले चर्चित नायिका श्रीदेवीको ज्यान लियो

हार्टडटओआरजीका अनुसार ‘कार्डिएक अरेस्ट’ अचानक हुन्छ र शरीरले यो हुँदा कुनै अग्रिम चेतावनी दिँदैन । यसको कारण सामान्यतया मुटुमा हुने इलेक्ट्रिकल गडबडी हो, जसले मुटुको धड्कनको तालमेल बिगारिदिन्छ ।

यसबाट मुटुको पम्प गर्ने क्षमतामा असर पर्ने भएकाले दिमाग, मुटु र शरीरका अन्य भागमा रक्तसञ्चालन गर्न असमर्थ हुन्छ । ‘कार्डिएक अरेस्ट’ ले क्षणभरमै मानिस अचेत हुन्छ र नाडी चल्न बन्द गरिदिन्छ । तत्काल उपचार नपाए कार्डिएक अरेस्टको केही सेकेण्ड अथवा मिनेटमै मानिसको मृत्यु हुन सक्छ ।

कार्डिएक अरेस्टमा मृत्यु निश्चित छ ?

अमेरिकामा अध्ययनरत सिनियर डाक्टर सौरभ बंशलले बीबीसी हिन्दीलाई भने, “कार्डिएक अरेस्ट हरेकलाई मृत्युको अन्तिम बिन्दु भन्न सकिन्छ । यसको मतलब हो, मुटुको धड्कन बन्द हुनु र यही मृत्युको कारण पनि हो ।’’

डाक्टर बंशलले ‘कार्डिएक अरेस्ट’ हुनुका पछाडि अनेक कारण हुन सक्ने भन्दै सामान्यतया यसको कारण मुटुको धड्कन अप्रत्यासित ढंगले बढ्नु नै भएको बताएका छन् । “यद्यपि ५४ वर्षको उमेरमा सामान्यतया मृत्यु नै हुने गरी मुटुको धड्कन एकाएक बढ्ने खतरा भने अत्यन्तै कम हुन्छ,’’ उनले भने, “श्रीदेवीलाई अन्य स्वास्थ्य समस्या पहिलेबाटै हुन सक्छ, तर सबैलाई थाहा नै छ यसका बारेमा हामी कसैलाई पनि केही थाहा थिएन ।’’

ब्रिटिश हर्ट फाउन्डेशनका अनुसार मुटुमा इलेक्ट्रिकल सिग्नलको समस्याले शरीरमा रक्तसञ्चार नहुँदा कार्डिएक अरेस्टको रुप लिन्छ । मानिसको शरीरमा रक्तसञ्चार बन्द भए मस्तिष्कमा अक्सिजनको कमी हुन जान्छ । यस्तो हुँदा मानिस बेहोश हुने र श्वासप्रश्वास बन्द हुन थाल्छ ।

के कुनै लक्षण देखिन्छन् ?

कार्डिएक अरेस्ट हुनु अगाडि शरीरमा कुनै लक्षणहरु देखिँदैनन् । यही कारण कार्डिएक अरेस्ट हुँदा मानिसको मृत्यु हुने खतरा कैयौं गुण बढी रहन्छ । सामान्यतया असाधारण मुटुको धड्कनका कारण कार्डिएक अरेस्ट हुने गरेको बताइन्छ, जसलाई विज्ञानको भाषामा ‘भेन्ट्रिकुलर फिब्रिलेशन’ भनिन्छ ।

कार्डिएक अरेस्टका कैयौं कारण हुन सक्ने भए पनि मुटुसँग जोडिएका केही बिरामीहरुका कारण यसको सम्भावना बढी रहन्छ ।

के कार्डिएक अरेस्टबाट बिरामीलाई बचाउन सकिन्छ ?

कैयौं पटक छातीका माध्यमबाट ‘इलेक्ट्रिक शक’ दिएर यसबाट बिरामीलाई ‘रिकभर’ गर्न सकिन्छ । यसका लागि ‘डिफिब्रिलेटर’ नामक यन्त्र प्रयोग गरिन्छ । सामान्यतया यो सुविधा ठूला अस्पतालमा पाउन सकिन्छ । यसमा मुख्य मेशीन र शक दिने ‘बेस’ हुन्छ, जसलाई छातीमा लगाएर कार्डिएक अरेस्टबाट बचाउने प्रयास गरिन्छ ।

तर, कार्डिएक अरेस्ट भएका बेला ‘डिफिब्रिलेटर’ को सुविधा नहुँदा दुवै हात सीधा राखेर बिरामीको छातीमा बल लगाएर दबाब दिइन्छ । यसमा मुखका माध्यमबाट हावा (अक्सिजन) पुर्याइन्छ ।

कार्डिएक अरेस्ट हार्ट अट्याकभन्दा कसरी अलग छ ?

अधिकांश मानिसहरु कार्डिएक अरेस्ट र हार्ट अट्याकलाई एकै प्रकृतिको बिरामीका रुपमा लिन्छन् । तर, दुवैमा धेरै फरक छ । मानिसको शरीरमा रहेको कोरोनरी आर्टिरीमा कोलस्ट्रोल जमेर मुटुको मांसपेशीसम्म रगत जाने बाटोमा अवरोध उत्पन्न हुँदा हर्ट अट्याक हुने गर्दछ ।

हर्ट अट्याक हुँदा छातीमा असह्य पीडा हुने गर्दछ । हर्ट अट्याक हुँदा मुटु शरीरका अन्य भागमा रक्तसञ्चार गरिरहने भएकाले बिरामी होशमै रहन सक्छ । तर हार्ट अट्याक आउने बिरामीमा कार्डिएक अरेस्टको खतरा बढी रहन्छ ।

कार्डिएक अरेस्टमा मुटुले शरीरमा गर्ने रक्तसञ्चार प्रकृयालाई अवरुद्ध गरिदिन्छ । यसै कारण कार्डिएक अरेस्टको शिकार हुँदा मानिस अचानक बेहोश हुन्छ र श्वास पनि बन्द भइदिन्छ । बीबीसी हिन्दी

संचारकेन्द्र