हट फिगर बनाउन जिम पुगेकी समिक्षालाई जिम ट्रेनरले उचालेर घुमाई दिएपछि (भिडियाे सहित)

बहुचर्चित गायिका समिक्षा अधिकारीले तनाव कम गर्नको लागि जिम जोइन भएकी छन् । गायिका अधिकारीले सामाजिक सञ्जालमार्फत जिम जान थालेको जानकारी दिएकी हुन् ।

गायिका निकट स्रोतका अनुसार उनी बिहीबारदेखि काठमाडौंको बसुन्धरामा रहेको ‘बडी फ्यूजन फिटनेस सेन्टर’ मा जान थालेकी हुन् । उनलाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिनेछन् ।

गत हप्ता मात्रै ओएस नेपालले छापेको उनको मध्यरातमा लेखिएको स्टाटस अब त अति भयो, बाँच्न मन छैन भन्दै लेखेको स्टाटस अनुसार छापिएको समाचार उनले सहयोगी मार्फत हटाउन आग्रह गरिन् ।

समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन खोजेकी छिन् । तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् । कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् ।

समाजिक संजालमा कमलाको चर्को आलोचना भयो । यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् ।

सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्टहरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् । जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।