आगो बालेर सुतेका राउटे युवकको ओढिरहेको कम्बलमा आगो सल्किँएर घाइते

दैलेख -ओढिरहेको कम्बलमा आगो सल्किँएर एक जना राउटे युवक घाइते भएका छन् । घाइते हुनेमा दैलेखनारायण नगरपालिका वडा नम्बर ८ सालेतडामा बस्दै आएका ३८ वर्षका नारायण शाही रहेका छन् ।

उनी राति सुत्दा छेउमा आगो बलेर सुतेका उनको कम्बलमा आगो सल्किएर घाइते भएको बताइएको छ । घाइते शाहीको छाती, दाहिने पाखुरा र ढाडमा आगोले पोलेको बताइएको छ ।

परिवारका सदस्यले आगो सल्किएको थाहा पाएपछि कम्बल हटाएका थिए । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको बताइएको छ । मङ्गलवार सामाजिक सुरक्षा भत्ता पाएपछि शाहीले अत्यधिक रक्सी खाएर सुतेको महामुखिया महिनबहादुर शाहीले बताए ।