दुई छाक टार्न समेत गहो भएका लाल बहादुरलाई ३ करोड १४ लाख जरिवानासहित जेल, परिवार रुदै यसो भन्छन (भिडियो सहित)

लाल बहादुर विक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् लाल बहादुर बिक कारागार गएको महिना दिन भइसक्यो उनी सिंहदेवी ज्येतासमा सिकी बनाउने करिगढको रुपमा कार्यरत थिए। उनका मालिक दिपक गजमेर, दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न समी व्यक्तिबाट धेरै व्याज दिने भन्दै पैसा उठाएका रहेछन।

पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो धेरै व्याज आउने प्रलोभनमा धेरैले करोडौ पैसा जम्मा गरे पछि सिंहदेवी ज्वेलर्सले मानिसहरुको पैसा फिर्ता गर्न आनाकानी गर्यो।

ज्वेलर्स नै बन्द हुने स्थिति आयो। पैसा राख्ने हरुले उजुरी गरे जाहेरी दिए ज्वेलर्सका मालिक दिपक गजमेर सहित उनका बुबा कृष्ण बहादुर र सीता गजमेर प्रकाउ परे। सीता गजमेरले उनीहरुको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर पक्राउ परे ।

पछि मुद्धा चल्दै गर्यो । लाल बहादुर २ लाख धरौटि तिरेर छुटे त्यति बेला सम्म उनको जग्गा घर थितो मा गैसकेको थियो मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन् ।

हामीले उनीसंग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी, न्यायधिस निर्मला परियाको इजलासले १ वर्ष ६ महिना कैद र ३ करोड १४ लाख बिगो जरिबाना तोकेको छ ।

उनी जहिले झुम्का कारागारमा छन् । अदालतको यस निर्णय विरुद्ध लाल बहादुरले पुनरावेदन दिएका छन् सदे सदे अब घुष २६ गते पेसी चढ्ने कुरा छ । त्यसपछि के कसरी अगाडि बढ्ने हो भनेर छलफल गर्नु पर्छ। हामी उनको घर पनि पुगेका थियो वा आमा श्रीमतीको आवस्था नाजुक छ ।