अहिले सम्म ब्वाइफेन्ड बनाउन सकिएन एक्लै भए : मलिका महत

नायिकाद्धय उपासना सिंङठकुरी र मलिका महत एउटै कलेजमा पढेका साथीहरु हुन् । उनीहरुको मित्रचा कलेजको समय देखि भन्दा पनि अहिले फिल्म लाइनमा आएर बढेको हो ।

केही हप्ता अगाडि एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा यी दुइको भेटघाट भएको हो । त्यहाँबाट बलियो बनेको दुइको मित्रता अहिले ह्याङ आउटमा पुगिसकेको जानकारहरु बताउँछन् ।

मलिका र उपासनाले आफूहरु नजिकको साथी भएको र दुवैको प्रेमी नभएको समेत रहस्य खोले उनीहरुले । उनीहरुले एक अर्काको मित्रता लामो समयसम्म चल्ने बताए ।

उनीहरुले, दुबै जनाको बानीब्यहोरा पनि मिल्ने भएकाले साथी बन्न समय नलागेको सुनाए । उनीहरुको भेटघाटमा साच्चिकै हामी प्रेममा छैनौं । साच्चैहाम्रो व्या इफ्रेन्ड किन छैनन् ? भन्ने प्रश्नले केही बेर रमाइलो समेत बनाएको थियो ।

उपासनाले अभिनय गरेको डिसेम्बर फल्स पौषको १५ गतेबाट रिलिज हुँदैछ । खासमा यी दुइले करिअरमा फोकस गरेका कारण प्रेमी बनाउने समय नै नभएको निष्कर्ष निकालेका छन् ।

मलिकाले यात्रा र पानी फोटो गरेर २ फिल्ममा मात्रै काम गरेकी छिन् । उनको माग म्यूजिक भिडियोमा बढे्दो भएता पनि उनले छानेर मात्रै काम गर्दै आएकी छिन् ।