महिलालेपनि बहुपति राख्न पाउनुपर्छ भन्ने रविनाले करोडको जागिर छोडेपछि विदेशी प्रेमी सार्वजनिक गरिन्

काठमाडौं । कुनै बेला महिलालेपनि बहुपति राख्न पाउनुपर्छ भन्ने धारणा राखेर नेपाली समाजलाई तताएकी सेलिब्रिटी बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी छिन्। केहीदिनअघि मात्र मैगा बैंकको कामू सीईओबाट राजीनामा दिएकी उनले सामाजिक सञ्जाल

इन्स्ट्राग्रामबाट आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन्। कलाकार आयुष्मान र आशीरमान देशराजकी आमा समेत रहेकी उनी नायिका प्रियंका कार्कीकी सासू हुन्। उनले प्रेमी पाउँदा खुसी भएको बताएकी छिन्। ‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ।

उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ। म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु..।’ उनले भनेकी छिन्। रवीनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर ‘आइ लभ यु’ पनि भनेकी छन्।

३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएसँगै आफ्नो जीवनमात्र परिवर्तन नभएको भन्दै आफ्नो पुर्खा र ब्रम्हाण्डको आशीर्वादका कारण कुरा बुझ्ने सहयात्री पाएको उनले बताएकी छिन्। मेगा बैंकमा अनुपमा खुञ्जेलीलेको सीईओको कार्यकाल सकिएपछि कायममुकायमको जिम्मेवारी पाएकी थिइन्।

बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्। भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन्। मेगा बैकमा रविनाको बार्षिक करोड माथि तलब भत्ता थियो ।

यो पनि – गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘सान्बाबु’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक गीतमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडिओमा केकी उमेशसँग मज्जैले खुलेकी छन् । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडिओमा देखाएका छन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समय अगाडी मात्रै रिलिज गरिएको लुकिछिपी बोलको गीतको भिडिओले चर्चा कमाएको थियो । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।उनका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् ।

विकास दाहालको सम्पादन, उत्सब दाहालको छायांकन रहेको गीतमा सन्जीब बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्यूजिकबाट बजारमा आएको हो ।