नयाँ हङ्गामा : बालेन शाहलाई अनुराधा कोईरालाले लगाईन यस्तो आरोप, आखिर किन लगाइन् त यस्तो आरोप ?

अनुराधा कोईराला माईती नेपाल नामक एक एनजिओकी संस्थापक छिन् । महिला बालबालिकाको हकहितका लागी पहलकदमी लिएकाले सो संस्थाको साख शिखरमा थियो ।

क्रिकेटर सन्दीप लामिछानेको केसमा पिडितले बयान फेर्ने भन्दै नावालिका भनेर संरक्षण दिएकाले सो संस्थाको साख शुन्यमा झरेको छ । माइती नेपालकै कतिपय पदाधिकारी अनुराधा कोइरालाको पछिल्ला गतिविधि प्रति आजित भएको खबर आएको छ ।

माइती नेपालकै संस्थापक अनुराधा कोइरालाले काठमाडौं महानगरका मेयर बालेन शाहमाथी पनि गम्भीर आरोप लगाएकी छिन् । काठमाडौंमा फुटपाथमा काम गरेर गुजारा चलाउनेहरुलाई यौनब्यापारमा लाग्न बाध्य पारेको गम्भीर आरोप अनुराधाले लगाएकी छिन् ।

काठमाडौं महानगरपालिकाले भने अनुराधा कोइरालाको विषयमा काउन्टर जवाफ फर्काएको छ । काठमाडौंका मेयरले आफुलाई भेट्न समेत नदिएको भन्दै सामाजिक संजालका केही अनलाइर्न समाचारमाध्यममा संस्थापक अध्यक्ष अनुराधा कोइरालाले बालेनको चर्को आलोचना गरेकी थिईन् । काठमाडौं महानगरपालिका पनि विवादमा फस्न सक्ने भन्दै विवादास्पद छवी वनाएको ब्यक्तित्वहरुसँग नभेटेको बालेन शाह स्रोत बताउँछ् ।

कामनपाका मेयर बालेन शाहको सक्रियतामा काठमाडौं महानगरभित्र फुटपाथमा ब्यापार गर्ने कार्यलाई पूर्ण रुपमा बर्जित गरिएको छ । काठमाडौंका मेयरमा बालेन आएसँगै नीति नै बनाएर काठमाडौंमा भएका दुर्घटनालाई न्युनीकरण गर्ने र काठमाडौँलाई पर्यटकीय नगरी स्थापित बनाउने उद्धेश्यका साथ काठमाडौंमा अहिले फुटपाथमा ब्यापार गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाएको छ ।

बालेन शाहकै नीतिका कारण काठमाडौंमा दैनिक गर्जो टार्नेहरु देह ब्यापारमा संलग्न भएको गम्भीर आरोप माइती नेपालकी संचालक अनुराधा कोइरालाले बालेन शाहलाइए लगाएकी छिन् । बालेन शाहले काउन्टरमा विवादमा फसेको संस्थाको प्रतिनिधिसँग आफुले भेट्न नसक्ने जवाफ फर्काएको हो ।