सुशान्त सिंह राजपूतको ह’त्या दाबीबारे के भन्छिन् उनकी बहिनी श्वेता?

बलिउड अभिनेता सुशान्त सिंह राजपूत मुम्बईस्थि आफ्नै ब्रान्द्रा अपार्टमेन्टमा मृ’त भेटिएका थिए। हाल उनको मृत्यको मुद्धा अदालतमा विचाराधीन छ।

प्रहरीले उनको मृ’त्युलाई आत्महत्या बताए पनि कूपर अस्पतालका कर्मचारी रुपकुमार शाहले ह’त्या भएको दाबी गरेका छन्। शाहले ह’त्या भएको दाबी गरेसँगै घटनामा नयाँ मोड आएको छ।

सुशान्तको बहिनी श्वेता सिंह कीर्तिले ट्वीट गर्दै सिबिआईलाई गम्भीरताका साथ मुद्दा हेर्न अनुरोध गरेकी छन्।

‘यदि यसमा एक प्रतिशत पनि सत्यता छ भने, हामी सिबिआईलाई लगनशीलताका साथ मुद्दा हेर्न आग्रह गर्दछौं। तपाईहरूले निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाउनु हुनेछ भन्ने हाम्रो विश्वास छ। अहिलेसम्म सत्य बाहिर नआउँदा हाम्रो मुटु दुख्छ,’ उनले लेखेकी छन्।

साथै उनले एक भिडिओ सार्वजनिक गर्दै सुशान्त फ्यानहरूलाई मुद्धा छानबिन गर्न सिबिआईलाई दबाब दिन आग्रह गरेकी छन्।

कूपर अस्पतालको शवगृहका कर्मचारी रूपकुमार शाहले मंगलबार अभिनेता सुशान्तको ह’त्या भएको दाबी गरेका थिए।

‘सुशान्तको शव पोस्टमार्टमका लागि ल्याउँदा उनको शरीरमा चो’टपटक लागेको थियो। उनको घाँटीमा पनि दुई/तीन वटा चो’ट थियो। यस पूरै प्रक्रियालाई रेकर्ड गर्न आवश्यक थियो तर उच्च अधिकारीहरूले शरीरको मात्र तस्बिर लिन आदेश दिएका थिए। मैले उनीहरूले दिएको आदेश पालना गर्नुपर्याे,’ उनले भने।

उनले पहिलो पटक सुशान्तको शव हेर्ने बित्तिकै आ’त्मह’त्या होइन ह’त्या लागेको बताए। शाहका अनुसार पोस्टमार्टमको भिडिओ रेकर्डिङलाई अनुमति दिइएको थिएन। त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन।

पोस्टमार्टम रिपोर्टमा सुशान्तको झुन्डिएका कारण मृ’त्यु भएको उल्लेख गरिएको थियो।

इन्डिया टुडेका अनुसार शाह पोस्टमार्टम गर्ने टिममा सामेल थिएनन्। यस कुरालाई सुशान्त सिंह राजपूतको पोस्टमार्टम टिमलाई नेतृत्व गरेका डाक्टर सचिन सोनमले पुष्टी गरेका छन्।

१४ जुन सन् २०२० मा अभिनेता सुशान्त मुम्बईस्थित आफ्नै बान्द्रा अपार्टमेन्टमा झु’न्डिएको अवस्थामा भेटिएका थिए।

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ हो जुन उनको मृ’त्य भएपछि ओटिटी प्लाटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको थियो।