नेपालका लागि अमेरिकी राजदूतले दिए प्रचण्डलाई बधाई

काठमाडौं, ११ पुस:पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले बधाइ दिएका छन् ।
प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।

यो पनि ; कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य शाहले लिए शपथ:कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य शाहलाई शपथ खुवाएका हुन् । ६६ वर्षीय शाह नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष समेत हुन् ।

कूल ४० सांसद रहेको कर्णाली प्रदेशमा उनी ज्येष्ठ सांसद हुन् । उनी दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ९ख० बाट निर्वाचित भएका थिए । ज्येष्ठ सदस्य शाहले आजै कर्णाली प्रदेश सभाका ३९ जना सांसदहरूलाई शपथ ग्रहण गराउनेछन् ।