मैले समाचार पढेर चित्त बुझाएँः गगन थापा

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले समाचार पढेर चित्त बुझाएको बताएका छन् । उनले पोखराको लिटरेचर फेस्टिबलमा बोल्दै आफूलाई संसदीय दलको चुनावमा पराजित भएपनि आजको समाचारले चित्त बुझेको टिप्पणी गरे ।

म आज पोखरा आइसकेपछि समाचार पढेर चित्त बुझाएँ, उनले भने, मै अब दलको नेता भएको भए खुमलटारबाट बालकोट आओ भन्दै गर्दा आउनुहुन्छ कि आउनुहुन्न भनेर आत्तिएर बस्नुभन्दा कम्तीमा ढुक्कले पठाए । यो काठमाडौंको मान्छेले चित्त बुझाउने काइदा हो । यसरी पनि चित्त बुझाउनपर्छ कहिलेकाहीँ ।

आज नाटकीय ढंगले तत्कालीन सत्तारुढ गठबन्धनबीचको तालमेल टुटेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ७ दलको समर्थनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् ।

विश्वप्रकाशकाे नयाँ प्रस्ताव–स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराऔँ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराएर अगाडि बढ्नु तर्कपूर्ण हुने बताएका छन् । नयाँ सरकारबारे सात बुँदे धारणा राख्दै शर्माले अहिलेको गठबन्धन टुट्न नहुने र रास्वपालाई पनि सरकारमा सहभागी गराएर जानु तर्कपूर्ण हुने बताएका हुन् । उनले संसद पाँच वर्ष टिकाउन लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गर्नुपर्ने बताएका छन् । सरकारमा अनुभवी र नयाँको संयोजन हुनुपर्ने उनको धारणा छ ।

प्रधानमन्त्री नपाए माओवादी प्रतिपक्षमा बस्ने, गठबन्धन भंग हुने सम्भावना प्रवल
नयाँ सरकारकाे नेतृत्व नपाए नेकपा माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिने भएकाे छ । आज बिहान बसेकाे माओवादी नेताहरूकाे बैठकले सरकारकाे नेतृत्व नपाए प्रतिपक्षमा बस्ने निर्णय गरेकाे स्राेतले बताएकाे छ ।
माओवादी केन्द्रले पहिलाे चरणमै सरकारकाे नेतृत्व गर्न पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेकाे छ । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेपछि सहमति जुट्न सकेकाे छैन ।

कांग्रेसले प्रधानमन्त्री दिन नमाने माओवादी गठबन्धनबाट बाहिरिएर प्रतिपक्षमा बस्न तयार हुनुपर्ने दबाब नेताहरूले अध्यक्ष प्रचण्डलाई दिएका थिए । पार्टीका नेताहरूकाे सन्देश बाेकेर प्रचण्ड बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् ।

स्राेतहरूका अनुसार प्रधानमन्त्री दिन कांग्रेस तयार नभए माओवादीले बालुवाटार बैठकबाटै सत्ता गठबन्धनबाट बाहिरिने निर्णय लिनेछ । ‘माओवादी सरकारमै रहनुपर्छ भन्ने केही छ र ? प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्छ’, माओवादीका एक प्रभावशाली नेताले भने ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि गठबन्धन रहने कि नरहने भन्ने विषय आजकाे बैठकबाट टुंगाे लाग्ने बताए । ‘निर्णायक वार्ता प्रचण्डले गर्नुहुन्छ । गठबन्धन रहने नरहने टुंगो त्यहीँबाट लाग्छ’, उनले भने ।

सुवास नेम्वाङलाई प्रश्न : सत्ता गठबन्धनमा सहमति नभए एमालेले के गर्छ ?
सरकार गठनका विषयमा एमाले पनि छलफलमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सकिन लाग्दा एमाले पनि छलफलमा जुटेको हो । एमालेका उपाध्यक्ष सुवास नेम्वाङ गठबन्धनको निर्णय कुरिरहेको बताउँछन् ।

‘गठबन्धनका नेताहरूले जनताले सरकार बनाउन मत दिएको भनिरहेका छन् । गठबन्धनको निर्णय कुरिरहेका छौँ,’ नेम्वाङले भने ।राष्ट्रपतिले सरकार गठनका लागि बहुमतकाे दाबी पेस गर्न दिएको समय आज साँझ ५ बजे सकिँदै छ । उक्त समयसम्म सत्ता गठबन्धनमा सहमति नभए एमालेले के गर्छ भन्ने प्रश्नमा नेम्वाङले भने, ‘उहाँहरूले निर्णय गर्न ढिला गर्नुभएको छ । एमाले पनि दलहरूसँग छलफल गरिरहेको छ,’ उनले भने ।

गठबन्धनको निर्णय आएपछि थप रणनीति तय गर्ने मनस्थितिमा एमाले छ । एमाले र माओवादीका दोस्रो तहका नेताहरू कम्युनिष्ट सरकार बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् ।

तर एमाले अध्यक्ष केपी ओलीले माओवादीले गठबन्धन त्यागेको घोषणा गरेर आउनुपर्ने बताउँदै आएका थिए । शनिबार एक कार्यक्रकमा उनले अब ढिला भइसकेकाले माओवादी अध्यक्ष प्रचण्ड प्रधानान्त्री नबन्ने दाबी गरेका थिए ।

तर, अहिले बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवनेपालबीच वार्ता जारी छ । निर्णायक भनिएको बैठकमा देउवा र प्रचण्डले प्रधानमन्त्रीमा दाबी नछोडेपछि सहमति जुट्न सकेको छैन ।