प्रचण्ड र ओली एक भए, नेपाली राजनीति नै भयो कायापलट !

काठमाडौं । सांसदसमेत रहेका नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् ।

आइतबार एमालेसहितका दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएपछि बास्कोटाले ‘फुट र प्रतिगमन दुवै पराजित’ भएको टिप्पणी गरेका छन् ।

“फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो । चोटपछि चेत आउने यसरी नै हो,” बास्कोटाले फेसबुकमा भनेका छन् ।

बास्कोटा कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्ने बताउँदै आएका छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।

उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए ।