विप्लव नेतृत्वको नेकपाले जाजरकोटका एक शिक्षकलाई करिब २ करोड २१ लाख हिनामिना गरेको आरोपमा कालो मुसो दलेको छ

जाजरकोटमा एक जना शिक्षकलाई नेकपा विप्लव निकट यूवा संगठनले कालोमोसो दलेको छ। जिल्लाको कुशे गाउँपालिका–४ को हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक र बहादुर शाहीलाई शनिबार कालोमोसो दलेको हो।

शाही शिक्षण पेसामा आवद्ध हुँदा पनि सोही पालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिकोअध्यक्ष बनेर २०६४ सालदेखि २०७९ सालसम्म करिब २ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ।

साथै शिक्षक शाहीले बैकल्पिक उर्जाको कामलाई समेत अलपत्र पारेको जनाएको छ। यस्तै, समग्र विद्यार्थी र जनताको भविश्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गरेको युवा संगठनले आरोप लगाएको छ।

साथै शिक्षक शाहीले आफ्नो शिक्षण पेशालाई राजिनामा नदिइ नेपाली काङ्ग्रेस कुशे गाउँपालिकाको सचिव बनेर सिङ्गो शैक्षिक संस्थालाई अस्तब्यस्त बनाएको निष्कर्श निकालेको छ।यस विषयमा शिक्षकलाई शाहीले फोन गर्दा उनको फोन उठ्न सकेन्।

यता जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रहरी नायव उपरिक्षक सन्तोस निरौलाले यस घटनाबारे कार्यलयमा हालसम्म कुनै जानकारी नआएको बताए। उनले भने, ‘हामीले पनि फेसबुकबाटै मोसो दलेको भन्ने थाहा पाएका हौँ। तर, पीडित हामी कहाँ सम्पर्कमा आउनुभएको छैन्।’