बहिनी खुशीलाई निकै माया गर्छिन जान्हवी कपूर

अभिनेत्री जान्हवी कपूर र उनकी बहिनी खुशी कपुरको जोडी अचम्मको छ । बलिउडका यी बोल्ड बहिनीहरू सँगै धेरै रमाइलो गर्छन्। जान्हवी कपुरको करियर बलिउडमा सुरु भइसकेको छ र खुशी पनि आफ्नो पहिलो कदम चाल्ने तयारीमा रहेकी छिन् । सामाजिक सञ्जालमा सधै सक्रिय रहने यी अभिनेत्रीले फ्यानलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको झलक दिने गर्छिन् ।

हालै उनले एउटा तस्विर शेयर गरेकी छिन् । जसमा दुबै दिदीबहिनीहरु पोउट गर्दै गरेको देखिएका छन् । जान्हवीले मोनोक्रोम फोटो सेयर गरेकी छिन्। तस्बिरमा उनको र बहिनी खुशीको ग्ल्यामरस अवतार देख्न सकिन्छ ।

जहाँ जाह्नवी बडीकॉन ड्रेसमा सिजलिङ देखिएकी छिन्, अर्कोतर्फ स्लिभलेस ड्रेसमा खुशीको स्टाइल पनि कम आकर्षक छैन । क्यामेराको अगाडि पोज दिँदा दुवैले एकअर्कालाई हेरिरहेका छन् र पोउट गरिरहेका छन । तस्बिर सेयर गर्दै जान्हवीले क्याप्शनमा लेखेकी छिन्( किस्सी किस विथ माइ बेबी।

उनी आफ्नी कान्छी बहिनीलाई धेरै माया गर्छिन् र उनको पूरा हेरचाह गर्छिन्। यो तस्बिरमा दुबैको सुन्दर बन्धनको झलक देख्न पाईएको छ । दुवै दिदीबहिनीको यो तस्बिरलाई फ्यानले पनि निकै रुचाइरहेका छन् ।

बहिनीको पोष्टमा कमेन्ट गर्दै खुशी कपूरले लेखिन्– ‘इलु’ । तस्बिरमा बुबा बोनी कपुरले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्( ४ प्यारा छोराछोरी मध्ये २ मेरा । वर्कफ्रन्टको कुरा गर्दा जान्हवी कपूरका पछिल्ला केही काम फ्यानहरूले मन पराएका थिए । गुञ्जन सक्सेना बायोपिक र रुहीमा उनको अभिनयको तारिफ भएको थियो ।