‘जनजनको मनमनमा’ बसेका एमबाप्पेको अर्को कमाल, मेस्सीलाई पछि पार्दै जिते यस्तो उपाधि !

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि साविक विजेता फ्रान्सलाई हराउदै अर्जेन्टिनाले उपाधि जितेको छ । सबैको ध्यान अर्जेन्टिनी कप्तान लिओनल मेस्सी र फ्रान्सका स्टार फरवार्ड किलीयन एमबाप्पे तिर रह्यो ।

रोचक भिडन्तका विच खेल टाइब्रेकरमा पुगेको थियो । अन्ततः अर्जेन्टिनाले उपाधि जित्यो । यद्यपी फ्रान्सका फरवार्ड एमबाप्पेले भने जनजनको मनमनमा बस्न सफल भएका छन् । विश्वकप अर्जेन्टिनाले जित्यो तर मन एमबाप्पेले जिते भन्ने आवाज फुटबल फ्यानहरुले गरेका छन् ।

यसैविच, जनजनको मनमनमा बसेको फ्रान्सका स्टार फरवार्ड एमबाप्पेले अर्जेन्टिनी कप्तान मेस्सीलाई पछि पार्दै विश्वकप अन्तर्गतको महत्वपुर्ण विधाको उपाधि जितेका छन् । उनले फाइनल खेलमा ह्याट्रिक गोल गर्दै उक्त उपाधि जितेका हुन् ।

फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले ‘गोल्डेन बुट’ जितेका हुन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै विश्वकपको ‘गोल्डेन बुट’ जित्न सफल भएका हुन् ।

फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि एमबाप्पे विश्वकप जित्न भने असफल रहे । यस पटकको विश्वकपमा उनले ७ खेल खेल्दै ८ गोल गर्न सफल भए । दुई असिस्ट गरेका छन् ।

‘गोल्डेन बुट’ का लागि एमबाप्पे र मेस्सीबिच कडा टक्कर चलेको थियो । यद्यपी सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी हुन पुगेका छन् । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।

आइतबार भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । अर्जेन्टिनाले जितेको भएपनि विश्वकपमा ह्याट्रिक सहित कुल ४ गोल गर्ने युवा फ्रान्सेली स्टार केलियन एमबाप्पेको चर्चा यतिबेला विश्वभर भइरहेको छ ।

एमबाप्पेले विश्वकपको फाइनलमा ऐतिहासिक ह्याट्रिक गरेका छन् । खेलको ८०औँ मिनेटसम्म अर्जेन्टिना २–० ले अगाडि रहेको थियो । जसले गर्दा आम खेलकूदका दर्शकमा अर्जेन्टिनाले एकतर्फी खेल जित्छ भन्ने लागेको थियो । तर एमबाप्पेले संसारलाई चकित पार्दै अर्जेन्टिनालाई रोक्ने प्रयास गरे ।

पहिलो हाफमा २–० को अग्रता बनाएको अर्जेन्टिनाको यो गोल ७९ औं मिनेटसम्म कायम रह्यो । ७९औँ मिनेटमा फ्रान्सले पेनाल्टी पायो । २३ वर्षीय एमबाप्पेले फ्रान्सका तर्फबाट १ गोल गरे । उनले गोल गरेपछि फ्रान्सका समर्थकहरु सामाजिक सञ्जालमा खुशी मनाइरहेका थिए । फेरि ८१ औं मिनेटमा एम्बाप्पेले बलियो खेल देखाउँदै मार्कस थुरामको सहयोगमा दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

दुई गोलमा मात्रै नभई अतिरिक्त समयमा पनि एमबाप्पेले फ्रान्सका लागि एक गोल गरे । जसका कारण खेल अतिरिक्त समयमा पनि बराबरी भएको थियो र ३–३ मा पुगेको थियो । अतिरिक्त समयमा पनि ३–३ को बराबरीमा खेल पुगेपछि खेल टाइब्रेकरमा पुगेको थियो । एमबाप्पेले पेनाल्टी सुटआउटमा पनि एक गोल गरेका थिए र यसरी फाइनल खेलमा ४ गोल गरे । तथापी आफ्नो टोलीलाई उनले विश्व विजेता भने बनाउँन सकेनन् ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी बन्यो । अर्जेन्टिना यसअघि सन् १९७८ र १९८६ मा विश्वविजेता भएको थियो । फ्रान्सले १९९८ र २०१८ मा विश्वकप जितेको थियो । एमबाप्पेको उत्कृष्ट खेल प्रदर्शनका कारण विश्व चर्चाका खेलाडी बनेका छन् ।