विश्व विजेता मेसीसहितका अर्जेन्टिनी खेलाडी दुर्घटनाबाट जोगिए

५ पुस, काठमाडौं । कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् ।

राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहित ५ खेलाडीले सम्भावित दुर्घटना टारे ।

मंगलबार बिहानै अर्जेन्टिना पुगेका उनीहरु खुल्ला बसमा परेडमा निस्केका थिए । लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका उनीहरु आफूहरुलाई छुनै लागेको बिजुलीको तारलाई छल्न सफल भए ।

मेसीहसति एन्जल डि मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डी बसको टपमा बसेका थिए । सार्वजनिक भिडियोमा उनीहरुले अन्तिम समयमा निहुरिएर तारलाई छलेको देखिन्छ ।

आफूहरु तार नजिक पुगेको थाहा पाउने वित्तिकै यी ५ खेलाडी निहुरिएका थिए । आइतबार सम्पन्न फाइनलमा अर्जेन्टिनालाई साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।

सामाजिक सञ्जालमा आएको भिडियो हेर्नुहोस् ‌:

https://twitter.com/gchahal/status/1605099354431164416?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1605099354431164416%7Ctwgr%5E9676f504d439d690b1d3fe751e5c92607ef7d722%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2022%2F12%2F1235109

यो पनि पढ्नुहोस् :
करिब २ महिनादेखि क्रिकेटर सन्दीप लामिछानेले कारागारमा कैद जीवन भोगिरहेका छन् । उनी केन्द्रीय कारागार सुन्धाराको चौघेराभित्र कैद छन् । खुला क्रिकेट मैदानमा बलिङ गरेर चम्किएका लामिछानेमाथि एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।

तर, जेल जीवन भोगिरहेका लामिछानेको हातबाट क्रिकेट बल भने खोसिएको छैन । उनी पछिल्लो समय कारागारभित्रका कैदीबन्दीसँग नियमित क्रिकेट खेलिरहेका छन् । केही कैदीहरूलाई क्रिकेटबारे प्रशिक्षणसमेत दिइरहेका छन् । सुन्धारा कारागारका प्रमुख जेलर ईश्वरप्रसाद पाण्डेका अनुसार लामिछाने नियमित कैदीबन्दीसँग क्रिकेटकै अभ्यासमा व्यस्त हुन्छन् ।

‘हामीसँग बाहिरको जस्तो ठूलो क्रिकेट ग्राउन्ड त छैन । तर, सामान्य खेल खेल्न पुग्ने मैदान छ । त्यही मैदानमा सन्दीपसहित अरु कैदी पनि क्रिकेट खेल्छन्,’ जेलर पाण्डेले शिलापत्रसँग भने । लामिछानेसहित केही कैदीहरूले कुनै विशेष दिन परेका बेला छुट्टाछुट्टै टिम बनाएर खसी बाजी राखेर खेल्नेदेखि अन्य प्रकारका शैलीमा पनि क्रिकेट खेल्ने गरेको पाण्डेको भनाइ छ । कतिपय खेल्न नजानेकालाई सन्दीपले सिकाएर पनि खेलाउने गरेको पाण्डेले बताए ।

सन्दीपको पक्षबाट बसह गर्ने अधिवक्ता मुरारी सापकोटा पनि सन्दीपको कैद जीवन सामान्य नै रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिलाको तुलनामा अहिले सन्दीपमा केही मनोबल बढेको जस्तो देखिन्छ । निरास भएर हिम्मत हारेर हुँदैन भन्ने भाव देखिन्छ । अरु कैदीजस्तै क्रिकेट खेलिरहन्छन् । करियरबारे भने केही चिन्तित देखिन्छन् ।’

सन्दीपमाथि नुवाकोटकी १७ वर्षीया नाबालिकालाई ५ भदौमा भक्तपुरको नगरकोट घुमाएर गौशाला पिङ्गलास्थानस्थित होटल काठमाडौं इनमा राखेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही अभियोगमा पक्राउ परेका उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

फ्रान्सका २३ वर्षका सुपरस्टार केलियन एमबाप्पेले फ्रान्स कतार विश्वकपको फाइनल पुगेपछि खेलको दुई दिनअघि एक अन्तर्वार्तामा कुरा गर्ने क्रममा निकै दृढ मुडमा भनेका थिए– ‘म यहाँ गोल्डेन बुट वा गोल्डेन बल जित्नेबारे सोचिरहेको छैन, म केवल दोस्रो उपाधि सोचिरहेको छु ।’

तर, कहानी यस्तो भएन । फ्रान्स उपाधि भिडन्तमा क्लब फुटबलका आफ्नै सहकर्मी लियोनल मेस्सीको देश अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो ।

र, एमबाप्पे ब्याक टु ब्याक विश्वकप जित्नबाट चुके । निर्धारित समयको खेल ३–३ को बरारबी हुँदा एमबाप्पेले ९० मिनेटदेखि १२० मिनेटसम्म पुग्दा ह्याट्रिक गोल गरेर ठूलो रेकर्ड पनि बनाए । उनले फ्रान्स २–० ले पछि परेका बेला ८०औं र ८१औं मिनेटमा गोल गरेका थिए । मात्रै दुई मिनेटमा २ गोल ।

त्यसपछि ३० मिनेटको थप समयमा पनि फ्रान्स ३–२ ले पछि परेका बेला एमबाप्पेले खेलको ११८औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गोल पूरा गरे । र, टिमलाई हारबाट बचाउँदै पेनाल्टी सुटआउटसम्म लगे । तर, त्यहाँ फ्रान्सलाई भाग्यले साथ दिएन ।

र, टिम पराजित हुन पुग्यो । पेनाल्टीमा उनले पहिलो पेनाल्टी गोल गरे पनि दोस्रो र तेस्रो नम्बरमा सहकर्मीले पेनाल्टी मिस गरेपछि फ्रान्स हारको बाटोमा लागेको थियो ।

व्यक्तिगत रूपमा एमबाप्पेले टिमलाई हारबाट बचाउन पटक–पटक गोल गरेर सबैखाले प्रयास गरे पनि टिम पराजित हुन पुग्यो । तर, एमबाप्पेको खेल र मेहनतको चौतर्फी प्रशंसा भइरहेको छ । यद्यपि, एमबाप्पेका लागि यो चाहेको नतिजा थिएन ।

खेलपछि अर्जेन्टिनाका खेलाडी र समर्थक उत्सव मनाइरहँदा निराश एमबाप्पेले दुई शब्दको छोटो सन्देश लेखेका छन् । सामाजिक सन्जालमार्फत् उनले मात्रै तीन शब्दको सन्देशमा आफूहरू ‘फर्किने’ बताएका छन् ।

फाइनल खेलमा ह्याट्रिक गोल गर्दै ८ गोलका साथ सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जितेका एमबाप्पेले गोल्डेन बुट अवार्ड ग्रहण गरेको एक निराश तस्बिर ट्वीटरमा पोस्ट गर्दै ‘फ्रेन्च भाषामा दुई शब्द,’ अङ्ग्रेजी भाषामा तीन शब्द’ र ‘नेपाली भाषामा दुई शब्द’को छोटो सन्देशमा लेखेका छन्– ‘हामी फर्किनेछौं ।’