के कतार विश्वकपमा यौन व्यवसाय पूर्ण बर्जित थियो?

काठमाडौं– आइतबार राति दोहामा भएको फाइनलमा फ्रान्सलाई हराएर अर्जेन्टिना विजेता बनेसँगै कतारमा विश्वकप फुटबलको कुम्भमेला सकिएको छ।

विश्वकप फुटबल विभिन्न कारणले रौनकताले भरिएको हुन्छ। त्यहाँ हाँसो हुन्छ रोदन हुन्छ आदि आदि!

सन् १९३० मा सुरु भएको विश्वकप यौन व्यवसायका कारण पनि चर्चामा आउने गर्छ। यसअघिका विश्वकपहरूमा यौककर्मी खुलेआम यौन व्यवसाय गर्ने गर्थे। ताहे त्यो ब्राजिलमा होस् वा रुसमा।

तर, इस्लामिक देश कतारले भने विश्वकप सुरु हुनुभन्दा अगाडि नियम नै सार्वजनिक गरेर यौन व्यवसायलाई पूर्ण रूपमा बर्जित गरेको जनाएको थियो। त्यतिमात्र होइन मदिरा सेवनदेखि बर्जित छोटा लुगा लगाउन नपाउनेसम्मका नियम कतार सरकारले लगाएको थियो। समलिंगी सम्बन्धप्रति त कतार सरकार झनै कठोर बनेको थियो।

कतारले लाएका उल्लेखित नियमबारे जर्मनी, डेनमार्कलगायतका युरोपका देशले खुलेरै विरोध गरे।

तर, वास्तवमा कतार सरकारले जस्तै कडा नियम लगाए पनि विश्वकपको पटकथा भने बेग्लै रहेको पाइएको छ।

कतार पुगेर विश्वकप हेरेर फर्किएका एक नेपाली दर्शकले कागजमा जे भए नियम लगाए पनि व्यवहारमा त्यो लागु नभएको आफूले देखेको उनले बताए। नाम उल्लेख नगर्ने शर्तमा उनले कतारमा यौन व्यवसाय पूर्णरूपमा बर्जित नभएको दाबी गरे।

समुन्द्रमाथि बनेका पाँचचारे होटलहरूमा खुलेआम यौन व्यवसाय भइरहेको आफूले देखेको उनको भनाइ छ।

‘पहिले भनिएजस्तो कतारमा यौन व्यवसायमा पूर्ण बन्देज थिएन। मैले थाहा पाएसम्म समुन्द्रमाथि बनेका पाँचतारे होटलहरूमा यौन व्यवयाय भएको थियो। यो गैरकानुनी थियो, तर त्यहाँको सरकारले यसको वेवास्ता गरेको पाइयो,’ उनले भने।

ती नेपाली दर्शकका अनुसार कतार सरकारले विदेशीका लागि खुला छोडपनि आफ्नो देशका नागरिकका लागि भने नियम कडा बनाएको थियो।

लुगा लगाउने विषयमा पनि विशेषगरी युरोपलगायत केही क्षेत्रका दर्शक खुला देखिएका थिए। तर, यो छुट कतारी र मुस्लिमका लागि भने छुट नभएको उनले बताए।बाहिरी मुलुकका दर्शक भने सडकमा समेत चुम्बन गरेर हिँडिरहेका देखिन्थे।

विश्वकपभरी मिस क्राेएसिया इभाना क्लोलले पारदर्शी लुगा लगाएकी थिइन्। त्यही पारदर्शी लुगा लगाएका कारण उनी चर्चामा आइन्।

त्यहाँको प्रशासनले उनीमाथि हस्तक्षेप गरेको आफूले थाहा नपाएका ती नेपालीले बताए।