करिम बेन्जिमाले फ्रान्सको राष्ट्रिय टोलीबाट सन्यास लिए

फ्रान्स तथा रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जिमाले राष्ट्रिय टोलीबाट सन्यास लिएका छन्।सोमबार उनले आफ्नो जन्म दिनकै दिन सन्यासको घोषणा गरेका हुन्।

हालै सम्पन्न २२ औं विश्वकपमा राष्ट्रिय टोलीमा परे पनि चोटका कारण उनले विश्वकप गुमाएका थिए।
विश्वकप खेल्न कतार पुगेका बेन्जिमालाई प्रशिक्षक डेडियर डेसच्याम्पसले फिर्ता पठाएपछि बेन्जिमा रुष्ट बनेका थिए।

यो पनि पढ्नुहोश:ब्राजिलका चर्चित खेलाडी नेयमारले गएराति सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि जित्न सफल भएकोमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत मेस्सीलाई बधाई दिएका हुन् ।

मेस्सीले ट्रफी चुमेको तस्बिर राख्दै नेयमारले लेखेका छन, ‘बधाई छ ब्रदर मेस्सी ।’ अर्जेन्टिनाले गएराति लुसेल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै तेस्रोपटक उपाधि जितेको हो ।

उपाधि दिलाउने क्रममा पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरे ।फ्रान्सका लागि भने केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । किन्सले कोम्यान र अरुलिन चुवामेनी भने पेनाल्टीमा गोल गर्न चुके ।