गायिका शान्ति श्री परियार र राज लामाको आवाजमा ‘बाँचौकी मरम’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच AD Entertainment को प्रस्तुतिमा गोरखाली गायक राज लामाको नयाँ गित ‘बाँचौकी मरम” डिजिटल बजारमा केहि दिन अघि मात्र सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका शान्ति श्री परियार र गायक राज लामाको सुमधुर आवाजमा सजिएको गितमा दोहोरी सर्जक अनिश दवाडीको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विनोद बाजुरालीले संगित संयोजन गरेका छन् । माया गर्ने प्रेमिकल जोडिहरुमा छुटिएर बस्नु पर्दा उत्पन्न हुने पिडालाई र त्यसपछि आउने अवस्थालाई गितमा चित्रण गरिएको छ ।

गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

स्वर्गिय राजु महोत्राको निर्देशन एवम् कथावस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा स्व. राजु महोत्रा, अनिश दवाडी र खुसी थापाको अभिनय रहेको छ ।

स्वर्गिय महोत्रालाई श्रद्दान्जली व्यक्त गर्दै उनले अभिनय गरेको अन्तिम म्युजिक भिडियो यहि गितमा देख्न सकिन्छ | अत्यन्तै उत्कृष्ट शैलीमा मर्मस्पर्शी भावले निर्माण गरिएको गितको म्युजिक भिडियोमा करन चैसिरले छांयाकन एवम् सुजन कोईरालाले सम्पादन गरेका छन् ।

छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ । गित Anish Dawadi अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।  गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :