सन्दीप प्रकरण : अनुराधा कोइराला विवादको शिखरमा, भारतीय नागरिक भएको खुल्लासा !

सन्दीप लामिछानेलाई फसाएको आरोप लागेकी अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण भेटिएको छ । सामाजिक अभियान्ता तारा बरालसहितको टीमले भारतको आधार कार्ड बोकेकी अनुराधा कोइराला भारतीय नागरिक्ता भएको प्रमाण प्रहरीसमक्ष प्रस्तुत गरेका छन् ।

अनुराधा कोइराला सन्दीप लामिछानेलाई फसाउने षडयन्त्र गरेको भन्दै विवादको शिखरमा थिईन् । उनको सबै परिवार नै भारतीय भएको प्रमाण प्रहरीको हातमा पुगेको छ ।

नावालिग भन्दै अनुराधा कोइरालाले परिवर्तित नाम गौशाला ह भएकी युवतीलाई संरक्षण दिएको बताउँदै आएकी छिन् । नावालिग भनिएकी युवतीले हनिट्रयापमा पार्ने गरेका समाचार आएपछि माइती नेपालकी संचालक अनुराधा कोइराला अझै झस्किएकी छिन् ।

भारतबाट नेपालीसँग बिहे गरेको पुरा नभएसम्म बंशजको आधारमा नागरिक्ता दिन नसकिने कानुनी प्राबधान छ । अनुराधा कोइरालाको डिभोर्स भइसकेकाले पनि उनी कानुनको कडघरामा उभिनुपर्ने अबस्था आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

अनुराधा कोइराला राम्रो काम गरेको भन्दै चर्चाको शिखरमा थिईन् तर काठमाडौंको महगों स्कुलमा पढ्ने धनी घरकी छोरीलाई कोही नभएको भनेर संरक्षण दिएपछि उनी अहिले विवादमा नमज्जाले फसेकी छिन् ।

माइती नेपालसँग धेरै डराएका पनि छन् । पछिल्लो समय एनजिओ तथा आइएनजिओको अल्पकालिन उद्धेश्य राम्रो देखिएपनि दिर्घकालीन काम भने निकै खतरनाक गर्ने भएकाले जोगिनुपर्ने अबस्था आएको कानुनबिद हरि बास्कोटा बताउँछन् ।

अनुराधा बंशज हुन् कि अंगीकृत ?
अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । माइती नेपालका अनुसार १४ अप्रिल १९४९ कर्नेल प्रतापसिंह र लक्ष्मी गुरुङको कोखबाट अनुराधाको जन्म भएको हो । र, उनले आफ्नो प्रारम्भिक शिक्षा भारतको कालिङपोङमा पूरा गरेकी हुन् ।

माइती नेपालको आधिकारिक वेबसाइटमा अनुराधारको जन्म कहाँ भएको भनेर खुलाइएको छैन । उनको प्रारम्भिक शिक्षाचाहिँ भारतमा भएको खुलाइएको छ । माइती नेपालले अनुराधाको जन्म नेपालमा भएको हो कि भारतमा भन्ने नखुलाएका कारण उनी बंशज नागरिक हुन् या अंगीकृत भन्ने खुल्न थप कठिनाई भएको छ ।

उसो त कोइरालाको जन्म ओखलढुंगाको रुम्जाटारमा भएको पनि केही लेखहरुमा उल्लेख छ । तर, रुम्जाटार गाविसका पूर्वअध्यक्ष सीताराम गुरुङ अनुराधाको जन्म ओखलढुंगामा नभएको र उनको परिवार राणाकालमै भारत गएको दाबी गर्छन् । ‘उनले नागरिकता कहाँबाट लिइन् थाहा छैन, तर, रुम्जाटारमा जन्मिएकी होइनन्’ गुरुङले भने ।

गुरुङ परिवारमा जन्मेकी अनुराधाले कोइरालासँग विवाह गरेपछि अंगिकृत नागरिकता बनाएको भए उनी स्वतः प्रदेश प्रमुख बन्न अयोग्य हुनेछिन् ।

विशेष गरी भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, आसाम लगायतका ठाउँहरुमा बसोबास गर्ने व्यक्तिहरुले नेपालमा आफ्नो पूर्खाहरुको नाता लगाएर बंंशजकै नागरिकता बनाउने गरेका छन् । अनुराधाको विवाह नेपाली नागरिक दिनेशप्रसाद कोइरालासँग भएको थियो । हाल उनीहरुको सम्बन्धविच्छेद भइसकेको छ ।

जहाँसम्म अनुराधाको प्रश्न छ, उनी नेपालमै जन्मिएर बंशज नागरिक बनेकी हुन् या पारिबाट आएर बंशजको नागरिकता लिएकी हुन् भन्ने प्रश्न सतहमा आएको छ ।

गत १३ पुसमा अनुराधा कोइरालाका भदाहा भारत सिलगढीका ३५ वर्षीय आदित्य गुरुङको गौशलास्थित आमदब्लम होटलमा हत्या भएको थियो ।

यो घटनाले अनुराधा माइतीहरु भारतीय नागरिक नै भएको संकेत दिन्छ ।

उनी नेपालमै जन्मिएर बंशज नागरिक बनेकी हुन् या पारिबाट आएर बंशजको नागरिकता लिएकी हुन् भन्ने प्रश्न सतहमा आएको छ

माइती नेपालमार्फत् सन् २०१० मा कोइरालाले ‘ग्लोबल सीएनएन हिरो’ को अवार्ड पाइरहँदा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय पूर्व आर्मी सफिसर्सकी छोरीले अवार्ड पाएको समाचार लेखेको थियो ।

सो भारतीय पत्रिकाका अनुसार अनुराधा भारतीय सेनाका कर्णेल प्रतापसिंह गुरुङकी छोरी हुन् र उनी भारतको सेन्ट जोसेफ स्कुल, कालेङपोङकी पूर्वछात्रा हुन् ।

त्यसो त भारतले आफ्ना नागरिकहरुलाई दिने गरेको पद्मश्री पुरस्कार पनि अनुराधा कोइरालालाई प्रदान गरेको छ ।

यद्यपि नेपालस्थित भारतीय दूताबासका अनुसार सन् २०१७ को पदमश्री पुरस्कार पाउने अनुराधा कोइराला एकमात्र विदेशी हुन् ।

भारतीय दूताबासको यस्तो प्रष्टोक्तिले अनुराधा नेपाली नागरिक हुन् भन्नेमा कुनै शंका छैन । तर, उनको जन्म कहाँ भएको हो र उनी बंशज नागरिक हुन् या अंगीकृत हुन् भन्ने मात्रै प्रश्न उब्जेको छ । यस्तो प्रश्नसँगै कोइरालाको सम्भावित नियुक्ति विवादमा पर्ने देखिएको छ ।