के मेस्सीको कीर्तिमानीलाई रोक्न सक्छ त क्रोएसियाले ?

फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच हुनेछ । मंगलबार राति दोहाको लुसेल रंगशालामा हुने खेलमा क्रोएसिया अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई ‘म्यानमार्क’ गर्ने भन्दा पनि पूरै टिमलाई रोक्ने प्रयासमा हुनेछ ।

२०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया यसपल्ट उपाधि उचाल्ने लक्ष्यमा छ । चार वर्षअघि पूरा हुन नपाएको सपना पूरा गर्नबाट उनीहरु यसपल्ट पनि दुई जित टाढा छन् ।

क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै अन्तिम चारमा पुगेको क्रोएसियाली टिमका स्ट्राइकर ब्रुनो पेटेकोभिचले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्, ‘हामीले मेस्सीलाई रोक्ने कुनै त्यस्तो योजना बनाएका छैनौं । हामी कुनै एक खेलाडीलाई भन्दा पनि पूरै टिमलाई कसरी रोक्ने भन्नेमा केन्द्रित छौं ।’

‘अर्जेन्टिना मेस्सीमात्रै होइन अरु पनि धेरै उत्कृष्ट खेलाडीहरु छन् । हामीले हाम्रो लक्ष्य भेट्टाउन पूरै टिमलाई रोक्न सक्नुपर्छ,’ उनले थपे ।

सात पटकका बालोन डी’ओर विजेता मेस्सी अर्जेन्टिनाका नेतामात्र होइन प्रेरणासमेत हुन् । नेदरल्यान्ड्ससँग खेलको विश्लेषण गर्ने हो भने अर्जेन्टिनाको टिम पेनाल्टीमा पनि उत्तिकै राम्रो छ ।

क्रोएसियाको हकमा डिफेन्डर बोर्ना सोसा चोटपछि मैदान फर्किसकेका छन् भने अन्य खेलाडीमा फिटनेसको समस्या छैन । त्यसैले क्रोएसियाको अनुभवी टिम अतिरिक्त समयमा पनि उत्तिकै सक्रिय भएर खेल्न सक्छ ।

मिडफिल्ड सम्हाल्न कप्तान लुका मोड्रिच, मेटो क्वासिच र मार्सेलो ब्रोजोभिच छन् । यी खेलाडी गतिमा निकै राम्रा छन् । जसले ब्राजिललाई हराउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डिफेन्डर जोसिप जुरानोभिच एक अनुभवी र भरपर्दा खेलाडी हुन् ।

‘माटेओ, लुका र मार्सेलो क्रोएसियाका भरपर्दा मिडफिल्डर हुन् । यिनीहरुलाई बल पास गर्नु भनेको बैंकमा पैसा राखेको भन्दा पनि सुरक्षित हुनु हो,’ पेटेकोभिचले भने ।

ब्राजिललाई पेनाल्टीमा हराएसँगै क्रोएसियाले यस प्रतियोगितामा चार मध्ये चार पेनाल्टीयुक्त खेल जितेको छ ।गोलकिपर डोमिनिक लुभाकोभिच क्रोएसियाको जितको खम्बा हुन् । पेटेकोभिच भन्छन्, ‘व्यावसायिक फुटबलर नभए पनि पेनाल्टीमा गोल गर्न सक्छन् ।

तपाईं मानसिक रुपमा कत्तिको बलियो हुनुहुन्छ भन्ने हो । त्यो बेला सामान्यभन्दा मान्छे आत्तिएको हुन्छ । तर, हामीसँग विश्वस्तरीय गोलकिपर छन् ।’ लिभाकोभिचले क्रोएसियाका लागि उत्कृष्ट पेनाल्टीहरु बचाइरहेका छन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं।

विश्वकपको क्वार्टरफाइनलमा आफ्नो देश क्रोएसियासँग पराजित भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी पेले एक महत्वपूर्ण सन्देश दिएका छन्। पाँच पटकको च्याम्पियन क्रोएसियासँग ब्राजिल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो। धेरै ब्राजिलका फ्यानहरू निराश भएका छन्।

निर्धारित समयमा गोलरहित भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै साविक विजेता क्रोएसिया सेमिफाइलनमा पुगेको हो।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।

रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो । त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । यसअघि २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग २–१ ले पराजित हुँदै अन्तिम ८ बाटै बाहिरिएको थियो। विश्वकपको सुरुवातदेखि नै हरेक संस्करणमा सहभागिता जनाउने ब्राजिल एक्लो टोली हो।

पेलेले आफ्नो कीर्तिमान बराबर गरेकोमा सुरुवातमा नेयमारलाई बधाई दिएका छन्। नेयमारले ब्राजिलका लागि ७७ गोल गर्दै पेलेको रेकर्ड बराबर गरेका थिए। ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमार मैदानमा केहीबेर रोएका थिए। टोलीका साथीहरूले उनलाई पिचमा सान्त्वना दिन खोज्दा नेयमारको आँसु झरेको थियो।

पेरिस सेन्ट–जर्मेनका फरवार्डसमेत रहेका नेयमारले आफ्नो १२४औं म्याचमा राष्ट्रिय टोलीका लागि ७७ गोलको आधिकारिक कीर्तिमान बराबर गरेपछि ८२ वर्षीय पेलेले नेमारलाई सुन्दर सन्देश दिएका हुन्।

‘मैले तिमीलाई बढ्दै गरेको देखेको छु, म हरेक दिन तिम्रो लागि खुशी थिएँ र म अन्तमा ब्राजिलसँग मेरो गोलको संख्यामा पुग्नको लागि तिमीलाई बधाई दिन सक्छु। हामी दुबैलाई थाहा छ कि यो एक आंकडाभन्दा बढी हो,’ ८२ वर्षीय पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘एथलीटको रूपमा हाम्रो सबैभन्दा ठूलो कर्तव्य प्रेरणा दिनु हो। हाम्रा आजका टोलीका साथीहरूलाई आगामी पुस्ताहरू र सबैभन्दा माथि हाम्रो खेललाई माया गर्ने सबैलाई प्रेरित गर्नुहोस्।’

उनले अगाडि थपे, ‘दुर्भाग्यवश यो हाम्रो लागि सबैभन्दा खुसीको दिन होइन। मेरो रेकर्ड लगभग ५० वर्ष पहिले सेट गरिएको थियो र अहिलेसम्म कोही पनि यसको नजिक पुग्न सकेन। तिमी त्यहाँ पुग्यौं। यसले तिम्रो उपलब्धि कति ठूलो छ भनेर देखाउँछ।’ यो अद्भुत सन्देशले सामाजिक सञ्जालमा फ्यानहरूको मन छोएको छ।

ब्राजिलियन स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने पनि संकेत गरेका छन्। विश्वकपबाट बाहिरिएपछि नेयमारले संन्यासको योजना बनाएको बताइएको छ।

नेयमारले पनि यस विषयमा सोच्ने बताएका छन्। ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्कने शतप्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन,’ ३० वर्षीय नेयमारले भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ, मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’ नेयमारले १८ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

शनिबार कतारको अल थुमामा रंगशालामा विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा यसअघि कहिल्यै नभएको घटना भयो। विश्वकप फुटबल प्रतियोगितामा पहिलो पटक कुनै अफ्रिकी तथा अरब मुलुक सेमिफाइनल खेल्ने भयो।

आन्ध्र महासागर र भूमध्य सागरसँग जोडिएको उत्तर अफ्रिकी मुलुक मोरक्कोले फुटबलमा रचेको इतिहासले अफ्रिका र अरब संसारमा खुसी हुने नयाँ बहाना दियो। रंगशालामा उपस्थित मोरक्कोका हजारौं समर्थक र मैदानमा रहेका खेलाडी र प्रशिक्षकले उत्सव मनाए।

त्यो उत्सव र खुसीका बीचमा एउटा मान्छे भावुक भएर मैदानबाट निस्कियो। सम्हाल्दा-सम्हाल्दै उसले आफूलाई थाम्न सकेन र टनेलमा जोडिएका क्यामेरामा उसले आँशु पुछ्दै हिँडिरहेका दृश्य कैद भए।

भावविह्वल भएर मैदान छोडेका ती खेलाडी समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिष्टियानो रोनाल्डो थिए। उनी स्वयं र उनका समर्थकले विश्वकपबाट रोनाल्डोको बिदाइको क्षण यस्तो होला भन्ने सायदै कल्पना गरेका थिए।सन् १९८५ फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डोको बच्चैदेखि फुटबलमा लगाव थियो।

पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनसँग २००३ को अगस्टमा एक मैत्रीपूर्ण खेल हुँदा म्यान्चेस्टर युनाइटेडका सबै खेलाडी रोनाल्डोको खेल देखेर मन्त्रमुग्ध भएका थिए।

फर्कँदा जहाजमै उनीहरूले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनलाई ‘यो केटोलाई जसरी पनि हाम्रोमा ल्याऔं’ भनेका थिए रे।त्यसको केही समयमै १८ वर्षीय रोनाल्डोलाई युनाइटेडले किनेको थियो। त्यसपछि उनको फुटबल करियर निरन्तर उकालो लाग्यो।