गायक कुलेन्द्र विश्वकर्माले आत्महत्याको प्रयास गरेपछी सारिका केसी पुगिन् बचाऊन् (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच पानस डिजिटलको प्रस्तुतिमा गायिका हरिता परियारको नयाँ गित ‘म मरेर के भो तिमीलाई” डिजिटल बजारमा केहि दिन अघि मात्र सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका हरिता परियारको सुमधुर आवाजमा सजिएको गितमा गायिका स्वयम् परियारकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विनोद बाजुरालीले संगित संयोजन गरेका छन् । माया गर्ने प्रेमिकल जोडिहरुमा एक अर्कामा संक्का उत्पन्न भएपछि आउने अवस्था र त्यहि कारणले आत्महत्या गर्ने कोसिस गरिएको विषयबस्तु गितमा चित्रण गरिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

निशान बानियाँको उत्कृष्ट निर्देशन एवम् कथावस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा संगै सारिका केसीको अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा मर्मस्पर्शी भावले निर्माण गरिएको गितको म्युजिक भिडियोमा गायक विश्वकर्माले आत्महत्या प्रयास गरिरहेको वेला सारिका केसीले देखेर बचाऊन् पुगेकी छिन् | गितमा सुरेश श्रेष्ठले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन गरेका छन् ।

छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ । गित Panas Films अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।  गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :