मिना बुढाथोकीको ‘बाङ्गो मुरली’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीका अब्बल गायक गायिका मिना बुढाथोकीको नया दोहोरी गित ‘बाङ्गो मुरली’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

दोहोरी च्याम्पियन विजेता गायक गायिका प्रकाश पराजुली र मिना बुढाथोकीको पहिलो सहकार्यमा सार्वजनिक भएको गितमा गायक पराजुली र मिना बुढाथोकीको सुमधुर आवाज रहेको छ | गितमा गायक पराजुलीकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मिठा रोमान्टिक शब्दहरुको भावमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

जेरी भण्डारीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा शिशिर पौडेल, दिव्यानी वली, गिता ढुंगाना र बविन सिंह ठकुरीको अभिनयसंगै फिचरिड्ग रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा निर्माण गरिएको गितको म्युजिक भिडियोलाई करन चौसिरले छांयाकन एवम् सुजन कोईरालाले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा लोकप्रिय वनिरहेको छ ।

गित Mina Budhathoki अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।  गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :