भर्खरै प्रचण्डकि नातीनी सृष्टिले लेखिन यस्तो स्टाटस, मिनेटमै भयो भाइरल !

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकि नातीनी सृष्टि दाहाल केसीले छोरीलाई हिम्मत नहार्न आग्र गर्दै लामो लेख लेखेकी छिन । दहालले लेखेको लेख अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

उनले आफ्नो सामाजिक संजाल फेशबुकमार्फत बिगत र समसामयिक परिस्थितिमा समाजमा छोरी मान्छेलाई हेर्ने दृष्टिकोण र भोग्दै आएका पिडाहरु पोखेकी छिन । उनीले सामजमा अन्याय सहने मात्रै होइन अन्यायको विरुद्ध लड्ने साहसी महिला पनि भएको बताएकी छिन ।

आफ्नो छोरीलाई केही हुँदा पीडा हुने समाजले अरुको छोरीको पिडालाई पनि आफ्नै छोरीको पीडा सम्झनु पर्छ, उनको भाव रहेको छ । महिलाले भोगेका समस्याहरु समाधान गर्न उ जिउँदो भएको बेला साथ दिनुपर्छ तर अहिलेको समाजमा बाँचुञ्जेल उसले भोगेका समस्यामा चासो नदेख्ने तर घटना घट्छ अनि मात्र न्यायको लाही समाज तातिन्छ, उनले यस्तै भाव समेटेर एउता स्टाटस लेखेकी छिन ।

हेर्नुस सृष्टि दाहाल केसीले लेखेको जस्ताको तस्तै स्टाटस

छोरी तिमि हिम्मत नहार्नु छोरी,
तिमी नसहनु है छोरी,
तिमी नजल्नु है छोरी,

म छु नि, सायद यो सब नभन्ने केहि प्रतिशत परिवार होला तर अहिलेको परिस्थितिमा धेरै परिवारले आफ्नो छोरी कै साथ दिन्छन तर समस्या परिवारको भन्दा छोरी कै बनिसकेको हुन्छ। हाम्रो समाज र परिस्थीतिले छोरीलाई यती धेरै लाचार बनाईदिन्छ कि उसलाई बाध्य बनिदिन्छ सहन, सहन अनि सहन । हाम्रो समाज निकै नै कठोर छ । छोरीलाई उसको परिवारले माया, साथ दिन्छ तर समाजमा उपस्थित अरूले आफ्नो बाहेक अरुको छोरीलाई केवल अउला उठाउँछ । आफ्नो छोरीलाई दुख्दा पीडा महशुस गर्छ र अरूको छोरीका पिडा नाटक संझन्छ कयौं शब्दवाण प्रहार गर्छ ।

आज छोरीलाई नसहनु भन्दा पनि परिवार र समाजलाई परिवर्तन गर्न जरूरी छैन? आफ्नो छोरालाई सानै देखी तिमि त राजा नै हो झैं गरी हरेक गल्तीमा आड दिने, र छोरी मान्छेलाई सिकाउने तिमि त छोरी हो सहनु पर्छ, उ त छोरा मान्छे हो गरिहाल्छ नि भन्नेहरूले सोंच नबदलेसम्म धेरै छोरीहरु जलिरहनुपर्छ चाहे बाहिर देखिने गरि होस या भित्रभित्रै ।

छोरी त निकै सहनशील हुन्छीन उनी सँहदै जान्छिन्, सहन्छिन् आफ्नो परिवारको ईज्जतको लागी, सामाजको गाली सुन्नु नपरोस त्यसका लागी । छोरीको ईज्जत गर्नुपर्छ है भनेर केवल आफ्नो घरका छोरीहरूका लागि मात्र सिकाएर भएन हजुर । जति पीडा आफ्नो छोरीलाई पर्दा हुन्छ त्यतिनै पिडा अरु छोरीका परिवारलाई पनि हुन्छ।

जब कुनै घटना घट्छ सबको मुटु चिरिन्छ, धेरै ठूला कुरा गरिन्छ तर जब कुनै महिला जिउँदो दिन दिनै जलिरहेको था हुँदा उसलाई साथदिने उसको आफ्नो परिवार बाहेक यो समाजमा कोही हुँदैन।

हाम्रो समाजमा यस्तो महिला पनि हुनुहुन्छ जो अत्याचार सहन नसकि गलत सम्बन्धबाट निस्किने हिम्मत गर्ने र आफै एक्लै आफ्नो सन्तानको हेरचाह गर्नुहुन्छ तर त्यती बेला पनि अपशव्द बोल्ने लेख्ने, चरित्रहत्या गर्ने, आत्मबल गिराउने खोज्ने यहि समाज हैन र? आफ्नै छोरीलाई त मरे मर तर सहेर बस कसैले भन्दैन । सकेसम्म सम्बन्ध जोगाउ तर हुँदै हुँदैन भने सोच नैभन्नु हुन्छ जस्तो लाग्छ ।

तर त्यसो भनिने पनि केवल आफ्नो छोरीलाई पर्दा मात्र हो । अरुका छोरीलाई आफ्नै छोरी समान त देख्न सकनु हुन्न होला तर त्यस्तै सोच्दिनु पर्यो । जे अरूको छोरीका लागि लेखीन्छ, बोलिन्छ के त्यो आफ्नै छोरीलाई पर्दा सहन सकिन्छ भनेर।

आफ्नो घर भित्र रहेका आफ्ना छोराहरूलाई सिकाउन जान्नु पर्यो जसरी आफ्नो आमा, दिदी, बहिनीको ईज्जत गरिन्छ त्यसरी नै अरूका छोरीहरूलाई पनि ईज्जत, सम्मान दिनुपर्छ भनेर। यति सिकाई दिए आज यसरी धेरै छोरीहरू जली रहेका हुने थिएनन्। सम्मान हरेक वर्गलाई गर्न जरूरी हुन्छ।

आफ्नी छोरीलाई मात्र हैन सबैको छोरी हरूलाई मायाँ गरिदिनुस् । नबुझी कसैलाई गलत शब्दको वर्षागर्न नथाल्नुहोस्

यो पनि पढ्नुहोस् :
काठमाडौं।

विश्वकपको क्वार्टरफाइनलमा आफ्नो देश क्रोएसियासँग पराजित भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी पेले एक महत्वपूर्ण सन्देश दिएका छन्। पाँच पटकको च्याम्पियन क्रोएसियासँग ब्राजिल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो। धेरै ब्राजिलका फ्यानहरू निराश भएका छन्।

निर्धारित समयमा गोलरहित भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै साविक विजेता क्रोएसिया सेमिफाइलनमा पुगेको हो।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।

रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो । त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । यसअघि २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग २–१ ले पराजित हुँदै अन्तिम ८ बाटै बाहिरिएको थियो। विश्वकपको सुरुवातदेखि नै हरेक संस्करणमा सहभागिता जनाउने ब्राजिल एक्लो टोली हो।

पेलेले आफ्नो कीर्तिमान बराबर गरेकोमा सुरुवातमा नेयमारलाई बधाई दिएका छन्। नेयमारले ब्राजिलका लागि ७७ गोल गर्दै पेलेको रेकर्ड बराबर गरेका थिए। ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमार मैदानमा केहीबेर रोएका थिए। टोलीका साथीहरूले उनलाई पिचमा सान्त्वना दिन खोज्दा नेयमारको आँसु झरेको थियो।

पेरिस सेन्ट–जर्मेनका फरवार्डसमेत रहेका नेयमारले आफ्नो १२४औं म्याचमा राष्ट्रिय टोलीका लागि ७७ गोलको आधिकारिक कीर्तिमान बराबर गरेपछि ८२ वर्षीय पेलेले नेमारलाई सुन्दर सन्देश दिएका हुन्।

‘मैले तिमीलाई बढ्दै गरेको देखेको छु, म हरेक दिन तिम्रो लागि खुशी थिएँ र म अन्तमा ब्राजिलसँग मेरो गोलको संख्यामा पुग्नको लागि तिमीलाई बधाई दिन सक्छु। हामी दुबैलाई थाहा छ कि यो एक आंकडाभन्दा बढी हो,’ ८२ वर्षीय पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘एथलीटको रूपमा हाम्रो सबैभन्दा ठूलो कर्तव्य प्रेरणा दिनु हो। हाम्रा आजका टोलीका साथीहरूलाई आगामी पुस्ताहरू र सबैभन्दा माथि हाम्रो खेललाई माया गर्ने सबैलाई प्रेरित गर्नुहोस्।’

उनले अगाडि थपे, ‘दुर्भाग्यवश यो हाम्रो लागि सबैभन्दा खुसीको दिन होइन। मेरो रेकर्ड लगभग ५० वर्ष पहिले सेट गरिएको थियो र अहिलेसम्म कोही पनि यसको नजिक पुग्न सकेन। तिमी त्यहाँ पुग्यौं। यसले तिम्रो उपलब्धि कति ठूलो छ भनेर देखाउँछ।’ यो अद्भुत सन्देशले सामाजिक सञ्जालमा फ्यानहरूको मन छोएको छ।

ब्राजिलियन स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने पनि संकेत गरेका छन्। विश्वकपबाट बाहिरिएपछि नेयमारले संन्यासको योजना बनाएको बताइएको छ।

नेयमारले पनि यस विषयमा सोच्ने बताएका छन्। ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्कने शतप्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन,’ ३० वर्षीय नेयमारले भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ, मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’ नेयमारले १८ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

शनिबार कतारको अल थुमामा रंगशालामा विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा यसअघि कहिल्यै नभएको घटना भयो। विश्वकप फुटबल प्रतियोगितामा पहिलो पटक कुनै अफ्रिकी तथा अरब मुलुक सेमिफाइनल खेल्ने भयो।

आन्ध्र महासागर र भूमध्य सागरसँग जोडिएको उत्तर अफ्रिकी मुलुक मोरक्कोले फुटबलमा रचेको इतिहासले अफ्रिका र अरब संसारमा खुसी हुने नयाँ बहाना दियो। रंगशालामा उपस्थित मोरक्कोका हजारौं समर्थक र मैदानमा रहेका खेलाडी र प्रशिक्षकले उत्सव मनाए।

त्यो उत्सव र खुसीका बीचमा एउटा मान्छे भावुक भएर मैदानबाट निस्कियो। सम्हाल्दा-सम्हाल्दै उसले आफूलाई थाम्न सकेन र टनेलमा जोडिएका क्यामेरामा उसले आँशु पुछ्दै हिँडिरहेका दृश्य कैद भए।

भावविह्वल भएर मैदान छोडेका ती खेलाडी समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिष्टियानो रोनाल्डो थिए। उनी स्वयं र उनका समर्थकले विश्वकपबाट रोनाल्डोको बिदाइको क्षण यस्तो होला भन्ने सायदै कल्पना गरेका थिए।सन् १९८५ फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डोको बच्चैदेखि फुटबलमा लगाव थियो।

पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनसँग २००३ को अगस्टमा एक मैत्रीपूर्ण खेल हुँदा म्यान्चेस्टर युनाइटेडका सबै खेलाडी रोनाल्डोको खेल देखेर मन्त्रमुग्ध भएका थिए।

फर्कँदा जहाजमै उनीहरूले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनलाई ‘यो केटोलाई जसरी पनि हाम्रोमा ल्याऔं’ भनेका थिए रे।त्यसको केही समयमै १८ वर्षीय रोनाल्डोलाई युनाइटेडले किनेको थियो। त्यसपछि उनको फुटबल करियर निरन्तर उकालो लाग्यो।

इंग्लिस फुटबलर डेभिड बेकह्याम युनाइटेडका प्रशिक्षक फर्गुसनसँग झगडा परेर रियल म्याड्रिड गएपछि उनको प्रख्यात ७ नम्बर जर्सी अठार वर्षीय त्यही ठिटो रोनाल्डोलाई दिइएको थियो। युनाइटेडको इतिहासमा विभिन्न कालखण्डमा महान् खेलाडीहरूले लगाएको जर्सी नम्बर ७ रोनाल्डोलाई दिँदा धेरैले उडाएका थिए। तर त्यसपछिका ६ वर्षमा उनले त्यो जर्सीका लागि आफू योग्य भएको मात्र सावित गरेनन्, युनाइटेडको इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी बनेर देखाए।

सुरू-सुरूमा उनी नचाहिने गरी विपक्षी खेलाडीहरूलाई छक्याएर प्रशिक्षक र खेलाडीलाई मात्र नभएर दर्शकलाई पनि दिक्दारी लगाउने शैली भएका रोनाल्डो कडा मिहिनेत गरेर आफ्नो खेललाई उच्च स्तरको बनाएका थिए। २००६ सम्ममा उनी युनाइटेड प्रमुख खेलाडीहरूमध्ये भइसकेका थिए।

त्यही वर्ष भएको विश्वकपको क्वार्टरफाइनल खेलमा युनाइटेडबाटै खेल्ने इंग्ल्यान्डका युवा स्ट्राइकर वेन रूनीलाई रातो कार्ड दिलाएपछि युनाइटेडमात्र नभएर सारा इंग्ल्यान्डका समर्थकहरू उनीसँग क्रोधित भएका थिए। रूनी रातो कार्ड पाएर बाहिरिँदै गर्दा रोनाल्डोले आँखा झिम्क्याएको दृश्यले आगोमा घ्यु थपेको थियो।

उनी स्वंयले पनि त्यसपछि म्यान्चेस्टर युनाइटेडमा आफ्नो खेल जीवन सकिएको महशुस गरेका थिए। तर फर्गुसनले रूनी र रोनाल्डोको सुलह गराएर रोनाल्डोलाई क्लबमै रहने वातावरण मिलाएका थिए।त्यसपछि रूनी र रोनाल्डोको जोडीले युनाडेटलाई लगातार तीन पटक प्रिमियर लिग र एउटा च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।

सानैदेखि स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने सपना बोकेका रोनाल्डो सन् २००९ मा त्यतिबेलाको सबैभन्दा महंगो मूल्यमा म्याड्रिड गए। म्यान्चेस्टर युनाइटेडका लागि अन्तिम सिजनमा गरेको उत्कृष्ट प्रदर्शनका लागि फिफा वर्ष खेलाडी बनेका रोनाल्डोको करियर म्याड्रिड गएपछि नयाँ उचाइमा पुग्यो।

म्याड्रिडको चीर प्रतिद्वन्द्वी बार्सिलोनामा उदाइरहेका उनीभन्दा दुई वर्ष कान्छा लियोनल मेसीसँगको प्रतिस्पर्धाले उनको खेल कौशल अझ निखार्‍यो।
इतिहासकै सबैभन्दा उत्कृष्ट क्लब टोली मानिएको त्यतिबेलाको बार्सिलोनासँग रोनाल्डोको म्याड्रिडले दोस्रोमा चित्त बुझाउनु परे पनि व्यक्तिगत प्रदर्शनमा रोनाल्डोले मेसीलाई टक्कर दिइरहे।

बार्सिलोनाले लिगमा अधिपत्य जमाइरहेका बेला रोनाल्डोले म्याड्रिडलाई दुई पटक लालिगाको उपाधि दिलाएका छन्। तर रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिगमा भने म्याड्रिडले बार्सिलोनालाई पछि पार्दै आएको थियो।
रोनाल्डोले म्याड्रिडमा हुँदा चार वटा च्याम्पियन्स लिग उपाधि दिलाएका छन् र म्यान्चेस्टर युनाइटेडमा हुँदा जितेको एकसहित उनी पाँच वटा च्याम्पियन्स लिग उपाधि जितेका छन्। च्याम्पियन्स लिगमा रोनाल्डोले सबैभन्दा बढी १४० गोल र ४२ गोल एसिस्ट गरेका छन्।

बेकह्यामको स्थान दाहिने विंगबाट सुरू गरेका रोनाल्डो युनाइटेडबाट खेलेका पछिल्ला सिजनहरूमा उत्कृष्ट गोलकर्ता पनि बनेका थिए। म्याड्रिड गएपछि बिस्तारै उनी विंगरबाट स्ट्राइकरमा परिणत भए। म्याड्रिडमा हुँदा उनले अपत्यारिलो २९२ खेलमा ३११ गोल हानेका छन्।

पेलेका समकालीन युसेबियोले सन् १९६६ मा पोर्चुगललाई विश्वकपको तेस्रो स्थान दिलाएपछि पोर्चुगल विश्व फुटबलमा औसत टोलीमात्र रह्यो। लुइस फिगो, रूइकोस्टालगायतका पोर्चुगलको गोल्डेन जेनेरेसनका खेलाडीले पोर्चुगललाई फेरि विश्वकप फुटबलको मानचित्रमा स्थापित गरे।

सन् २००२ मा कोरिया र जापानमा भएको विश्वकपमा पोर्चुगल कोरियासमेत रहेको समूह डीबाट अघि बढ्न सकेन। त्यसपछि उदाएका रोनाल्डोले फिगो र रूइकोस्टाको विरासतलाई साथ दिएर पोर्चुगललाई मजबुद् बनाए। घरेलु मैदानमा भएको २००४ को युरो कप रोनाल्डोको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। त्यसमा फाइनलसम्मको यात्रा तय गरेको पोर्चुगल फाइनलमा औसत टोली ग्रिससँग स्तब्ध भयो। उपाधि नजिते पनि उक्त प्रतियोगितामा रोनाल्डोको प्रदर्शन विश्वभरिका फुटबल प्रेमीको नजरमा पर्‍यो।

२००६ को विश्वकपसम्म आइपुग्दा रोनाल्डो फिगोलाई पछि पार्दै पोर्चुगलका स्टार खेलाडी बनिसकेका थिए। त्यसपछि फिगो र गोल्डेन जेनेरेसनका अरू खेलाडीले संन्यास लिएपछि रोनाल्डो एक्लैले औसत पोर्चुगललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा दाबेदार टोलीका रूपमा अघि बढाए।

पोर्चुगलबाट राम्रो खेले पनि उनको प्रदर्शन म्याड्रिडबाट खेलेजस्तो राम्रो रहेन र उनले सन् २०१६ सम्म पोर्चुगललाई कुनै पनि उपाधि दिलाउन सकेनन्। २०१६ पछि भने रोनाल्डोको देशका लागि प्रदर्शनले गति समात्यो र झन्डै म्याड्रिडकै तहमा उनले पोर्चुगलका लागि खेले।

सुरूका १२५ खेलमा उनले पोर्चुगलका लागि ५६ गोलमात्र गरेका रोनाल्डोले जुन २०१६ पछिका ६७ खेलमा पोर्चुगलका लागि ६२ गोल हाने। त्यही वर्ष जुनमा भएको युरो कपको उपाधि पनि पोर्चुगलले जित्यो।

सन् २०१६ पछि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल हान्ने रेकर्ड आफ्नो नाममा पारेका छन्।क्लबमा सर्वोत्कृष्ट प्रदर्शन र पाँच पटक बालेन डोर जितेका रोनाल्डोले विश्वकपको ट्रफीबाहेक फुटबल दुनियाँमा पाउन अरू केही बाँकी थिएन। उनको खेल जीवनको अन्तिमतिर भइरहेको यसपालिको विश्वकप उनको सपना पूरा गर्ने अन्तिम मौका थियो।

यसपालिको विश्वकप सुरूदेखि नै रोनाल्डोले चाहेजस्तो भइदिएन। समूह चरणमा सबै खेल खेलेका उनले घानाविरूद्धको पहिलो खेलमा पेनाल्टीबाट एक गोल पनि हाने। त्यो गोलसँगै पाँच वटा विश्वकपमा लगालग गोल गर्न पहिलो पुरूष खेलाडी बनेका थिए।

उरूग्वेसँगको दोस्रो खेलमा ५४ औं मिनेटमा आफूले हेडिङबाट गोल गरेको ठानेर रोनाल्डोले सेलिब्रेट गरेका थिए। तर फिफाले रोनाल्डोले उक्त बल नछोएको रूलिङ गर्दै उक्त गोल बुर्नो फर्नान्डेजका नाममा दिएको थियो।

दक्षिण कोरियाविरूद्धको समूह चरणको अन्तिम खेलमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई ६५ औं मिनेटमा निकाले। त्यसपछि रोनाल्डोको व्यवहारका कारण उनलाई स्विट्जरल्यान्डविरूद्धको प्रिक्वार्टर फाइनल खेलमा बेन्चमै राखियो। उनको ठाउँमा आएका २१ वर्षीय गोन्सालो रामोसले ह्याट्रिक गरे भने ७३ औं मिनेटमा मैदानमा प्रवेश गरेका रोनाल्डोले गोल गर्न सकेनन्।

मोरक्को विरूद्धको क्वार्टरफाइनलमा पनि रोनाल्डो सान्तोसका पहिलो रोजाइका खेलाडी बन्न सकेनन्।
पहिलो हाफमा एक गोलले पछि परेपछि सान्तोसले ५१ औं मिनेटमा रोनाल्डोलाई मैदानमा उतारे। मैदानमा पसेपछि रोनाल्डोले राम्रो प्रदर्शन गरे पनि यो प्रतियोगिताभर विपक्षीलाई एक गोल पनि हान्न नदिएको (क्यानडाविरूद्ध समूह चरणको खेलमा एक आत्मघाती गोलबाहेक अरू गोल खाएको छैन) मोरक्कोको अभेद्य रक्षापंक्ति पार गरेर खेल आफ्ना पक्षमा पार्न सकेनन्।

जसै खेलको समय घर्किँदै थियो, रोनाल्डोको अनुहारमा तनाव झनै बढ्दै गएको देखिन्थ्यो। समय सकिएपछि उनी मैदानमा धेरै रहेनन्। अघिल्लो दिन क्वार्टरफाइनलबाट बिदाइ भएका ब्राजिलका सुपरस्टार नेइमार मैदानमै रोएको घटनाले विश्वव्यापी चर्चा पाएकाले हुन सक्छ रोनाल्डो आँसु नझारीकनै मैदानबाट ड्रेसिङ रूम छिर्न टनेलतिर लागे। टनेलमा भने उनले आँखामा टिल्पिलाएका आँसु थाम्न सकेनन्।

अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा संन्यास घोषणा नगरे पनि आगामी फेब्रुअरीमा ३८ वर्ष पुग्ने रोनाल्डो आउने विश्वकपमा सायदै मैदानमा हुने छन्। पाँच विभिन्न विश्वकपमा ८ गोल गरे पनि नकआउट चरणमा एक गोल पनि आफ्नो नाममा पार्न नसकेको कुरा रोनाल्डोलाई सधैंभरि खट्किन सक्छ।

विश्व फुटबलका यी महान् खेलाडीको यो बिदाइको क्षण रोनाल्डोका लागि मात्र होइन संसारभरि रहेका उनका समर्थकका लागि पनि पीडादायी बन्यो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका विवरणमा आधारित।)

दुवई आफैंमा एउटा पूर्ण देश होइन, यो संयुक्त अरब ईमिरेट्सको एउटा प्रान्त अर्थात प्रदेश हो, हाम्रो नेपालको कर्णाली, गण्डकी या त अन्य नामाकरण नभईसकेका प्रदेशहरुजस्तै । तर, पर्याप्त जानकारी अभावमा तथा सजिलोको भाषामा हामी र हाम्रा नेपालीहरु युएईको जुनसुकै कुनामा भएता पनि आफू दुवईमै छु भन्ने गरेको पाईन्छ, झनै नेपालमा रहेका आफन्तले त सजिलो र सहज दुवई मुखैमा झुण्डिएको हुन्छ ।

नामाकरण नभईसकेका भर्खरै जन्मिएका प्रदेशजस्तै युएईमा पनि ७ वटा जवान प्रदेशहरु छन् । अनि यूरोपजस्तै शैलीमा विकास भइरहेको भनेर सुनेको भरमा दुवई आउने तीव्र ईच्छा हुनेहरु र युएईको बारेमा पूर्ण जानकार नहुँदा म्यानपावर कम्पनीहरुले बिभिन्न झूठा प्रलोभन देखाएर फ्रि भिषा फ्रि टिकटको नाममा मोटो रकम लिने र अन्य फस्टाएका दलालहरुले दुवईमा पुगेको एक हप्तामा काममा लगाउँछु भन्दै धेरै नेपालीलाई यहाँ ल्याएर बिचल्ली पार्ने गरेका घटना बढ्दै गएका छन् । यहीकारण हामी आज दुबई आउन चाहनेको हितलाई ध्यानमा राखी यहाँ काम पाईने प्रक्रियाबारे बुझ्न सहजीकरणको प्रयास गर्दैछौ ।

कसरी पुग्ने यूएई ?
वैदेशिक रोजगारीका लागि आउने मुख्य माध्यम भनेको रितपूर्वक दर्ता भई मानव संसाधनको काम गरिरहेका म्यानपावर कम्पनीहरु पहिलो प्राथमिकतामा पर्छन् । प्रक्रियागत हिसावमा बुझ्ने हो भने म्यानपावर कम्पनीको युएईमा रहेका कम्पनीसँगको सम्पर्कपछि कम्पनीले आफूलाई आवश्यक परेको जनशक्ति विवरण र त्यो जनशक्तिलाई दिने तलव सुविधाको साथमा कामको प्रकृतिसहितको डिमाण्ड नेपालस्थित म्यानपावरलाई उपलब्ध गराउँछ ।

नेपाल सरकारको पछिल्लो नियम अनुसार धेरै कम्पनीले कामदारलाई दुःख दिने प्रकृतिका घटना बढेपछि कम्पनीले पठाउने डिमाण्डलेटर सोही देशमा रहेको नेपाली नियोगबाट प्रमाणिकरण गरेर मात्र नेपालस्थित मेनपावर कम्पनीमा पठाउनुपर्ने हुन्छ । त्यसो भयो भने नेपाली नियोगले त्यो कम्पनीको ब्याकग्राउण्ड चेक गर्ने तथा कम्पनीको काम र सतहको बारेमा बुझ्ने मौका पाउँछ ।

सम्बन्धित कम्पनीबाट डिमाण्ड पाईसकेपछि म्यानपावरले श्रम बिभागबाट पूर्व स्वीकृति लिएर अन्तर्वार्ता र कामदार छनौट प्रक्रिया अगाडि बढाउँछन् । सम्बन्धित काममा दक्ष कामदारले म्यानपावर कम्पनीमा डिमाण्ड लेटर आइसकेपछि कम्पनीकै प्रतिनिधिबाट नेपालमा हुने अन्तर्वार्तामा सामेल भएर युएई आउने प्रक्रियाको थालनी गर्छन ।

धेरै जसो सिपको कामको लागि कम्पनीका प्रतिनिधिले सिप परिक्षण र अन्य योग्यताको समेत जाँच गर्छन र दक्षताको आधारमा छनौट गर्छन । तर, कतिपय ननस्कील जागिरका लागि भने बायोडाटा र शैक्षिक योग्यताको प्रमाणपत्रका भरमा पनि बिनाअन्तर्वार्ता भिषा उपलब्ध हुनसक्छ । त्यस्तो काममा जस्तै फ्याक्ट्रि वर्कर, हेल्पर, लेवर, क्लिनिङ्ग वर्कर जस्ता कामहरु हुन्छन् । तर चलेका अन्तराष्ट्रिय ख्याति पाएका कम्पनीहरुले आफ्ना कामदार उत्कृष्ट हुन् भन्ने चाहाना राख्छन् र धेरै कम्पनीले फेस टु फेस अन्तर्वार्तामा सफलता हासिल गर्नेलाई मात्र छनौट गर्छन ।

अन्तर्वार्तामा सफल भइसकेपछि स्वास्थ्य परिक्षण, चारित्रिक शैक्षिक प्रमाणपत्र र अन्य आवश्यक कागजात बुझाउनुपर्छ र युएईको कम्पनीले ती प्रमाणपत्रको जाँच गरी भिषाको आवेदन प्रक्रिया अगाडि बढाउँछ । म्यानपावर कम्पनीबाट प्रक्रिया अगाडि बढाउने कामदारको सम्पूर्ण काम त्यहीँबाट गरिने हुँदा भिषा जारी भइसकेपछि आधिकारिक तालिमकेन्द्रबाट अभिमुखीकरण तालिम बाहेक कामदारले अन्य कुनै पनि काम गर्नुपर्दैन ।

म्यानपावरले नै तपाईको बिमा, श्रम स्वीकृति, टिकट सम्बन्धी काम गरिदिन्छ । सम्झौता विपरीत काम तथा तलव सुविधा नपाएमा रितपूर्वक आएका कामदारले सम्बन्धित बैदेशिक रोजगार बिभागमा रिट निवेदन दिए क्षतिपूर्ति समेत पाउने भएकाले कामदारले सम्पूर्ण कागजपत्रहरु सुरक्षित राख्नुपर्छ।

काम गर्ने मनशायले भिजिट भिषामा आउनु कत्तिको सुरक्षित छ ?
युएई सरकारले यहाँ भएका आवासीय भिषाधारीलाई आफ्ना आफन्त तथा परिवारका सदस्यलाई घुमाउन अथवा भेटघाट प्रयोजनका लागि मात्र भिजिट भिषाको व्यवस्था गरेको छ । तपाईका युएईमा रहेका आफन्तले तपाईका लागि लङ्गटर्म भिजिट भिषा ३ महिनाको र सर्टटर्म भिजिट भिषा १ महिनाको लागि आवेदन दिन सक्छन् ।

अर्को, बिजिनेश तथा पर्यटकीय भिषामा आउनेहरुका लागि १ महिनाको टुरिस्ट भिषा जारी हुन्छ । हालै युएई सरकारले काम खोज्नैका लागि युएई आउने आप्रवासीलाई ६ महिना सम्मको भिषा जारी गर्ने घोषणा समेत गरेको छ ।

पछिल्लो समयमा युएईमा रहेका कम्पनीहरुले आफूलाई आवश्यक पर्ने दक्ष जनशक्ति युएईमै पाउन थालेपछि कामदारका डिमाण्डहरु नेपालमा अत्यन्तै कम जाने गरेका छन् । युएई आउन चाहाने आकांक्षीहरु धेरै हुने र डिमाण्ड कम हुने हुँदा मौकाको फाइदा लुट्ने नेपालमा रहेका बिचौलियाहरुले युएईमा रहेका दलालहरुसँग मिलेर बेरोजगार युवा जनशक्तिलाई गएको एकहप्तामै काम मिलाइदिने भन्दै अनेक बाहानामा टुरिस्ट भिषामा युएई ल्याउने र बिचल्ली बनाउने गरेका घटनाहरु प्रशस्तै भेटिएका छन् ।

यसरी ठग्न पल्किएकाहरुले युएईमा गएपछि काम नपाउञ्जेलसम्म बस्ने खाने सम्पूर्ण खर्च आफैँले व्यहोर्ने भन्दै बिभिन्न आश्वासनमा युएईसम्म ल्याउने र पैसा उठाएपछि दुवै पक्षका दलालहरु सम्पर्कबाट भाग्ने गरेका घटना तपाईहरु कत्तिलाई थाहा नभए पनि नयाँ भने होइनन् । अफ्रिकन, फिलिपिन्स, ईन्डिया लगायतका देशबाट भिजिट भिषामा आएर कामको खोजीमा रहेका निकै प्रखर जनशक्तिका बीचमा कामको खोजीमा आउने नेपालीहरु अँग्रेजी बोलचालको भाषामा होस् या त कामको अनुभवको आधारमा होस् कमजोर नै भएको पाइन्छ ।

त्यहाँमाथि नभएर कामदारको खोजीमा रहेको कम्पनीले अनुभवी र दक्ष कामदारलाई छोडेर फ्रेस जनशक्तिलाई नियुक्ति पनि कमै दिन्छन् । नेपालमा बुझाउनुपर्ने पैसा नेपालकै दलालले लिने र भिजिट भिषाको प्रावधान अनुसार आफ्नो साथमा ल्याउनुपर्ने १ हजार डलरसमेत युएईमा रहेको अर्को दलालले विमानस्थल उत्रनासाथ हात पार्ने भएपछि ठूला सपना बोकेर आएका नेपालीको गोजी खाली जस्तै हुन्छ ।

अहिलेसम्मको सरदर तथ्याङ्ग हेर्ने हो भने काम लगाइदिन्छु भनेर दलालहरुले २ लाखदेखि लिएर ३ लाख ५० हजार दिरामसम्म पैसा लिने गरेको पाइएको छ, तर तीमध्येका धेरै काम नपाएपछि आफ्नो भिषाको अवधि सकिएसँगै नेपाल फर्किसकेका छन् भने कोही कोही भाग्यमानीले काम पाएर यतै टिक्ने व्यवस्था मिलाउँछन् ।

युएई तथा दुवईको बारेमा सामान्य जानकारी समेत नभएका र बायोडाटा बनाउन समेत अरुको सहायता लिनुपर्ने कत्ति त बायोडाटा भनेको के हो भन्ने समेत जानकारी नभएका थुप्रै नेपालीहरु काम गर्ने मनशाय लिएर लाखौँ तिरेर पर्यटकीय भिषामा आएर पैसा डुबाएर नेपाल फर्किसकेका छन् भने कत्ति नेपाली अहिले पनि कन्तविजोकको जिन्दगी बाँचिरहेका छन् ।

बिजशालाले गरेको अध्ययनअनुसार धेरैजसो युएईमा भएका दलालहरु १ हजार डलर हात पार्नकै लागि विमानस्थलमा रिसिभ गर्नसम्म जाने र ल्याएर कुनै कोठामा २०÷२५ जनालाई एकै कोठामा कोचेर सम्पर्कमा नआउने, मोवाईल स्वीचअफ गर्ने ठूलो सपना देखाएर युएईको फुल फर्म समेत भन्न नसक्नेहरुलाई मानसिक पीडा दिएर भाग्ने गरेका छन् ।

यसरी युएई आएर बिचल्लि भएका नेपालीका पीडा यहाँका सामाजिक सञ्जालमा दिनहुँ देख्न पाईन्छ । केही जानकारी भएका तथा भनसुन र कामको अनुभव भएकामध्ये केहीले आफ्नो सक्रियतामा काम पाउँछन् भने कतिपय अर्का दलालहरुले यी पीडितहरुको मानवीय संवेदनामा समेत खेलवाड गर्दै काम दिलाईदिने वाहानामा पुनः कमिसन माग्ने गरेका घटनाहरु पनि प्रशस्तै छन् ।

कति त काम पाउने कुरामा तुरुन्त विश्वास गरेर अन्तर्वार्तामा समेत सामेल नभइकनै दलाललाई पैसा दिने र ठगिएपछि सहयोगको याचना गर्नतिर लाग्छन् । यी सबै घटनाको फेहरिस्तबाट युएईको बारेमा पूर्ण जानकारी नभई तथा कामको अनुभव र यहाँको बजारको बारेमा अन्दाज नभई काम गर्ने मनशाय बोकेर पर्यटकीय भिषामा आउनु उपयुक्त हुँदैन । आफूमा कुनै सिप भए र काम खोजेर गर्न सक्छु भन्नेले आउन सक्नुहुन्छ, तर आउनुपूर्व दलाललाई बिनाआधार र प्रमाण पैसा नबुझाउनु होला ।

अब कसरी खोज्ने त दुवईमा काम ?
यदि तपाई आफ्नो आत्मविश्वास बोकेर रोजगार खोज्छु र काम गर्छु भनेर युएई आउने योजनामा हुनुहुन्छ या त केही समयदेखि युएईमै हुनुहुन्छ र काम तथा कम्पनी परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने यो रिपोर्ट तपाईलाई उपयोगी हुनसक्छ । युएईको श्रम कानुनअनुसार कुनै पनि कम्पनीमा तपाईले न्यूनतम २ बर्षको पहिलो करार सकिसक्नु भएको छ भने तपाई आफ्नो योग्यता र अनुभव अनुसारको काम प्रतिस्पर्धाबाट खोजेर कम्पनी परिवर्तन गर्न सक्नुहुन्छ।

तर तपाई फ्रि जोन कम्पनी तथा सरकारी स्तरको कम्पनीमा हुनुहुन्छ भने कम्पनी परिवर्तन गर्न २ बर्ष काम गर्नैपर्छ भन्ने छैन । त्यस्तो अवस्थामा तपाईलाई व्यान लाग्दैन जतिबेलै काम खोजेर कम्पनी परिवर्तन गर्न सकिन्छ । कम्पनी जतिबेलै परिवर्तन गर्न सकिन्छ भन्दैमा तपाईले आफू आफ्नो जिम्मेवारी र सम्झौतामा कतिको विश्वासिलो हुनुहुन्छ त्यो तपाई आफैँले महशुस गर्ने कुरा हो ।

अव काम कसरी खोज्ने त युएईमा ?
–चिनजान तथा साथीभाईको नेटवर्क ।

तपाईको चिनजान तथा साथीभाईलाई आफू उपयुक्त कामको खोजीमा रहेको जानकारी गराउनु भयो भने तपाईलाई महत्वपूर्ण सहयोग मिल्नसक्छ । यहाँका कतिपय कम्पनीहरुले आफ्ना स्टाफबाट रिफर भई आएका जब सिकरलाई पहिलो प्राथमिकतामा राखेर हायर गर्ने गरेका छन् । तर कसैको रिफरेन्समा काम पाउनुभयो भने तपाईले रिफर गर्ने व्यक्तिलाई विश्वासिलो बनाउन कम्पनीमा राम्रो छाप छोड्नुपर्ने हुन्छ । काम पाईसकेपछि तपाईले राम्रो परफमेन्स देखाउन सक्नुभएन भने कम्पनीको आखाँमा तपाई मात्र नभएर तपाइलाई रिफर गर्ने व्यक्ति पनि नराम्रो हुन सक्नुहुन्छ ।

पत्रपत्रिकामा प्रकाशित विज्ञापन
काम परिवर्तन गर्ने मनशायमा हुनुहुन्छ या त भर्खरै युएई आएर काम खोजिरहनुभएको छ भने काम पाउने अर्को माध्यम भनेको पत्रपत्रिकामा प्रकाशित विज्ञापनहरु पनि हुन् । युएईबाट प्रकाशित हुने गल्फ न्यूज अंग्रेजी दैनिकले दैनिक रुपमै क्लासिफाइड पेज उपलब्ध गराउने गरेको छ । त्यसमा प्रशस्तै कामदार आवश्यकताका विज्ञापनहरु प्रकाशित हुने गरेका छन् । गल्फ न्यूजकै आर्थिक समाचारको पृष्टमा जव भ्याकेन्सी हप्तामा ३ पटकसम्म दिने गरेको छ । त्यसमा हेरेर पनि आफूलाई सुहाउने भ्याकेन्सीमा आवेदन दिन सक्नुहुन्छ ।

त्यसैगरी अन्य पत्रिकाहरु एक्सप्रेस, सेभेन डेज, गल्फ टाईम्स, खाजिल टाईम्स दैनिक पनि तपाईको सहयोगी बन्न सक्छन् । नियमित पत्रपत्रिका हेर्ने गर्नुभयो भने कहाँ कुन नयाँ कम्पनी खुल्दैछ, कुन कम्पनीको ओपन इन्टरभ्यू कहाँ र कहिले छ भन्ने जस्ता कुराको पनि तपाईलाई जानकारी मिल्छ । त्यसरी पत्रिकामा विज्ञापन गर्नेमा कहिलेकाँही डाईरेक्ट कम्पनी मात्र नभएर कन्सल्टेन्सीहरु पनि हुन्छन्, तथापि उनीहरुले तपाईको प्रक्रिया पुर्याएर छनौट गरिदिएबापत कम्पनीबाट कमिसन पाएका हुन्छन र तपाईले उनीहरुलाई कमिसन दिनुपर्दैन ।

डोर टु डोर सर्च
आफू पूर्ण रुपमा बेरोजगार भइसकेपछि कामको खोजीमा कम्पनीहरुमा चाहार्दै हिँड्ने प्रक्रियालाई डोर टु डोर सर्च भनिएको हो । आफूलाई कामको खाँचो भएकाले भ्याकेन्सी छ या छैन भन्दै कम्पनीहरुमा आफैँ डाईरेक्ट गएर पनि काम खोज्ने प्रक्रियाको थालनी गर्न सकिन्छ, तर यसरी डोर टु डोर सर्चमा जाँदा आफू कस्तो प्रकारको काम गर्न चाहेको हो, के तपाईको कामको अनुभव र त्यो कम्पनीको प्रकृति समान छ ? भन्ने कुराको हेक्का राख्नु अति नै महत्वपूर्ण हुन्छ ।

तपाईको साथमा आफ्नो योग्यता र अनुभव समेटिएको बायोडाटा लानु उत्तिकै जरुरी हुन्छ । बायोडाटा बोकेर काम खोज्दै हिँड्नेहरुको ठूलो भीड भएको हुँदा त्यो भीडमा तपाई किन र तपाई नै उत्कृष्ट हुनुको कारण के हो भन्ने प्रश्नको उत्तर तपाईसँग हुनुपर्छ । यहाँको धेरै कम्पनीहरु अझै अनलाईन प्रक्रियामा गईनसकेकाले पनि धेरै कम्पनीले डोर टु डोर काम खोज्नेलाई प्राथमिकता दिएर हायर गर्ने हुनाले यो पनि एउटा प्रभावकारी प्रक्रिया मानिन्छ ।

सामाजिक सञ्जाल
युएईमा थुप्रै नेपाली समुदायलाई सहयोगी हुने फेसबुक फेज र ग्रुपहरु छन् जो यहाँ काम गर्ने नेपालीले नै जन्माएका हुन् । नेपाली इन युएई,नेप्लीज कम्युनिटि इन युएई, दुवईमा नेपाली, नेप्लीज इन युएई दुवई जस्ता फेसबुक र ग्रुपहरुमा नेपालीले आफ्नो सम्पर्कमा आएका कामदार रित्तmताका सूचना हाल्ने गरेका छन्, ती सूचनाहरु तपाईलाई सहयोगी बन्न सक्छन् । बिजशालाले यसअघि पनि यिनै ग्रुपमा भेटेको सूचनाका आधारमा फलोअप गर्दै जाँदा काम पाएका नेपालीका नामसहितको उदाहरण प्रस्तुत गरेको थियो ।

माथिकामध्ये नेपाली इन युएई र नेप्लीज इन युएई दुवई नाममा ग्रुप र पेज नयाँ काम खोज्नेलाई निकै उपयोगी हुने गरेका छन् । यस्तो सञ्जालको प्रयोग गरेर तपाई आफूलाई चाहिएको कामको प्रकृति सहितको विवरण पनि विना शुल्क पोष्ट गर्न सक्नुहुन्छ । कसैसँग तपाईले खोजेजस्तो काम भए सहयोगी मनहरुले सहयोग गर्न सक्छन् । तथापि यस्तो फेसबुक तथा सामाजिक सञ्जालको प्रयोग गरेरै काम लगाइदिन्छु भनेर नेपालीले नै नेपालीलाई ठगी गर्ने घटनाहरु पनि सार्वजनिक भएका छन् ।

यसो हुनाले यस्तो पोष्टमा भेटेर काम लगाईदिन्छु भन्ने जो कोहिसँग पनि आर्थिक लेनदेनको काम भने गर्नु उपयुक्त देखिँदैन । हालै गैरआवासीय नेपाली सँघ युएईले समेत काम लगाईदिन्छु भन्दै सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने घटनाहरु बढेको भन्दै ठग र दलालहरुसँग सजग रहन युएईबासि नेपालीलाई आग्रह गरेको छ ।

अनलाईन खोज र आवेदन
२१ औँ शताब्दीको भरपर्दो काम खोजीको माध्यम भनेको अनलाईन नै हो । अहिले युएईमात्र नभएर विश्वका धेरै देशका कम्पनीहरुले सम्पूर्ण कामदारको हायरिङ्ग प्रक्रिया अनलाईनबाट मात्रै गर्न थालेका छन् । कतिपय ठूला कम्पनीले त तपाईले आफ्नो विवरण अनलाईन मार्फत कम्पनीको वेबसाइटमा अपलोड नगरेसम्म हायरिङ्गको कुनै प्रक्रिया गर्दैनन् । यसो हुँदा तपाईले कस्तो प्रकृतिको काम खोजिरहनु भएको छ अथवा कुनै कम्पनीमा तपाईले काम खोज्दै हुनुहुन्छ र तपाईलाई त्यो कम्पनीको नाम थाहा छ भने गुगलको प्रयोग गरेर त्यो कम्पनीको वेबसाइटमा गएर क्यारियर पेजमा जव भ्याकेन्सि खोजी गर्न र अनलाईन आवेदन दिन सक्नुहुन्छ ।

यदि तपाईलाई इन्टरनेटको बारेमा जानकारी कम छ भने जानकारी भएका साथी तथा ईन्टरनेट क्याफेको सहयोगमा तपाई अनलाईन आवेदन दिन सक्नुहुन्छ । युएईमा काम खोज्न सकिने केही प्रख्यात वेबसाइटमा डुविजल, मन्टसर, क्याटेरियर ग्लोवल, नोकरी गल्फ, ईन्डेड, गोटो गल्फ लगायत हुन् । यी वेबसाइटमा तपाईले पहिला तपाईको बायोडाटासहितको विवरण अपलोड गरेर एकाउण्ट बनानुपर्छ ।

र साइटमा सूचिकृत जव भ्याकेन्सिमा क्रमशः आवेदन दिन सक्नुहुन्छ । आवेदन पाएको कन्फरमेशन पनि तपाईलाई ईमेल मार्फत प्राप्त हुन्छ । कतिपय कम्पनीले त तपाईलाई अन्तर्वार्तामा पनि इमेलमार्फत बोलाउने भएको हुनाले बारम्बार इमेल चेक गर्ने र जवाफ फर्काउने गर्नुपर्छ ।