प्रकाश ढकाल र सुनिता बुढा क्षेत्रीको खाम कि नखाम मोयाको जुठो चर्चामा ( भिडियो )

गायक तथा सर्जक प्रकाश ढकालको रचना र संगितमा नयाँ पञ्चेबाजा गित खाम कि नखाम मोयाको जुठो सार्वजानिक भएको छ ।
सुनिता बुढा क्षेत्री र प्रकाश ढकालको आवाजमा सु सज्जित गितमा आशिष अबिरलको संगित संयोजन र मनोज परीयारको ध्वनी मिश्रण रहेको छ भने गितको अडियोको सम्पुर्ण काम राग स्टुडियोमा भएको हो ।

शिब बि.क.को निर्देशन, शम्भु चालीसेको छायाकंन र रबिन बि.क.को सम्पादनमा तयार भएको यस गितको भिडियोमा लोमश शर्मा,निक्स शर्मा,यसु भट्टराई र अस्मिता रणपालका साथमा गायक स्वयम प्रकाश ढकाल फिचर छन् ।

आफ्ना यस अघिका सिर्जनाले जस्ते खाम कि नखाम मोयाको जुठो गितले पनि उल्लेख्य सफलता पाउने कुरामा गायक ढकाल विस्वस्त छन ।
साथै यस गितबाट प्राप्त आम्दानीको केही रकम गोरखा जिल्ला सिरनाचोक ७ को मौलिक पञ्चेबाजाको सम्वद्र्धनमा लगाईने निर्माण पक्षले जानकारी गराएको छ ।

खाम कि नखाम मोयाको जुठो गितको सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना

भिडियो ….