नेमारले बराबरी गरे पेलेको कीर्तिमान

काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् ।

नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको छ र जित नजिक छ । नेमारले १२४ खेल खेल्दै ७७ गोल गरेका हुन् । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।

यो पनि पढ्नुहोस् :

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्

काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसद छनौटमा बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गएर निर्णय हुन लागेको भन्दै असन्तुष्टि पोखिन सुरु भएको छ ।

समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्र.स.भन्दा बाहिर गएर निर्णय गर्न लागेको भन्दै खबरदारी कार्यक्रमको आयोजना गरिएको हो ।

सुनसरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित भएका लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीलाई सहि बाटो हिडाउन पर्नेमा जोड दिएका छन् । उनले आज सवा ११ बजे रास्पा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा खबरदारी कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन् ।

यस्ता निर्णयले आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भएको थापाको भनाइ छ ।