पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत डा.किरण श्रेष्ठ रातभरी विमारीको शल्यक्रियामा व्यस्त अनि बिहानै आफै अस्ताए

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. किरण श्रेष्ठको हृदयाघातका कारण मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार जनरल सर्जरी विभागमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो । उनी बुधबार बिहान डिउटीमा थिए । बिरामीको शल्यक्रिया सकिएपश्चात् श्रेष्ठ अस्वस्थ भएका थिए । त्यसपछि उनलाई आवासमा लगिएको थियो ।

लगत्तै बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बुधबार नै मृत घोषणा गरेको हो । पाँचथरका उनी प्रतिष्ठानमा एमएस प्रथम वर्षमा अध्ययनरत थिए । डा.किरण केहीदेनदेखि अवस्थ रहेको अस्पताल निर्देशक डा.खत्रीले बताए । डा.खत्रीका अनुसार डा.किरणले ग्यास्ट्रिक लगायतका औषधि खाने गरेका थिए ।

मंगलबार उनि विदामा बसेका थिए । म ठिक भएँ भन्दै बुधबार बिहान अस्पतालमा ड्यूटी गर्न आएका थिए । विसञ्चो भएको भन्दै अस्पतालबाट फर्किएर गएपछि पनि ग्यास्ट्रिकको औषधि खाएको पाइएको डा.खत्रीले जानकारी दिए । उनको मृत्यु पश्चात Doctor Story Nepal मा एउटा प्रश्न उठेको छ ।

Doctor Story Nepalफेसबुक पेजमा लेखिएको छ : डा. किरण, हिजो हृदयघातको कारण मृत्यु भएको भन्ने खबर आयो , तर वास्तवमा यो हृदयघात होइन, यो नेपालको चिकित्सा शिक्षा प्रणालीले गरेको हत्या हो ।

अझै पनि नेपालभरका धेरै मेडिकल कलेजहरूमा रेजिडेन्ट डाक्टर अन्तिम २४-३६ घण्टासम्म सुतेका छैनन्।
विश्वभरि नै डाक्टरमा आत्महत्या गर्ने संख्या धेरै छ । भारतमा मार्च ८ मा एकै दिन ४ जना डाक्टरले देहत्याग गरेका थिए । पछिल्लो एक वर्षमा नेपालमा ६ जनाभन्दा बढी चिकित्सकले देहत्याग गरेका छन् ।

उचित सुविधाको अभाव र बाँच्नको लागि आधारभूत आवश्यकताहरूको अभावका कारण डाक्टरहरूमा आत्महत्याको प्रवृति बढ्दै गएको छ र धेरै डाक्टरहरू देश छाडिरहेका छन्। काठमाडौंको निजामती सेवा अस्पतालकी चिकित्सक डा सुस्मिता पाठक २०२२ अक्टोबरमा एउटा नोट लेखेर ललितपुरको इमाडोलमा देहत्याग गरेकी थिईन ।

नोभेम्बर २०२१ मा, प्रतिभाशाली नेपाली न्यूरो सर्जन डा. सुवास लोहनीले देहत्याग गरेका थिए । एक वर्षअघि पाटन मानसिक अस्पतालमा कार्यरत मनोचिकित्सक डा सुदीप अर्यालले बुढानिलकण्ठको एक होटलमा देहत्याग गरेका थिए ।

यो भन्दा अगाडी जवाहरलाल इन्स्टिच्युट अफ स्नातकोत्तर चिकित्सा शिक्षा तथा अनुसन्धान (JIPMER) का स्नातकोत्तर तहका विद्यार्थी डा के सञ्जीव गुरागाईंले क्याम्पसस्थित आफ्नै होस्टेलको कोठामा शुक्रबार देहत्याग गरेका छन् ।

यी केही उदाहरणहरु मात्र हुन्, विश्वभरि नै डाक्टरमा देहत्याग गर्ने संख्या धेरै छ र नेपालमा अहिले यो बढ्दै गएको छ । मानसिक दबाब, कामको बोझ, कम तलब र अनिन्द्र, हृदयघात र देहत्याग दुवैका लागि जिम्मेवार केही कारण हुन्।

सबैको प्यारो इन्द्रेणीका कलाकार छत्र शाही र काजल जोशी एतिबेला बैबाहिक जीवन सुरु गरेका छन् । उनीहरुको आज बिवाह भएको हो । सबैले छत्र शाहीको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेका छन् ।
सामान्य र एक सरल स्वभाब रहेका छत्र शाही लामो समय देखि यही क्षेत्रमा संघर्ष गरेर यो ठाउँ सम्म पुगेका गायक हुन् । छत्र साही अहिले पछिल्लो समयमा दोहोरी क्षेत्रको निकै चर्चित नाम हो र उनका हरेक भिडियोहरु दर्शकहरुले धेरैनै मनपराउने गर्दछन।

अझै उनको र काजल जोशीको बिषयलाई लियर पछिल्लो समयमा चर्चा झनै चल्दै गएको छ । अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेमको कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भयको समेत देख्न सकिन्छ ।

छत्र साही र कजाल इन्द्रेणीका निकै प्यारा कलाकार हुन जसले गायका गितहरु अर्थत दोहोरीलाइ लाखौ दर्सकहरुको नजर पुग्ने गर्दछ। जसका दोहोरीका टुक्काले प्राय सबैलाइ मोहितनै गराउने खालका हुन्छन् । तर आज इन्द्रेणी टिम उनीहरुको विवाहमा नपुग्दा गायक छत्र शाहि र गायिका काजल जोशी दुखि बनेका छन् ।

यो पनि पढ्नुहोस् :

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्

काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसद छनौटमा बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गएर निर्णय हुन लागेको भन्दै असन्तुष्टि पोखिन सुरु भएको छ ।

समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्र.स.भन्दा बाहिर गएर निर्णय गर्न लागेको भन्दै खबरदारी कार्यक्रमको आयोजना गरिएको हो ।

सुनसरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित भएका लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीलाई सहि बाटो हिडाउन पर्नेमा जोड दिएका छन् । उनले आज सवा ११ बजे रास्पा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा खबरदारी कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन् ।

यस्ता निर्णयले आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भएको थापाको भनाइ छ ।