अब भ्रष्टहरुको बाजा बजाऊनेछु सदनमा गएर : ज्ञानेन्द्र शाही

काठमाडौँ ।

जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।

यो पनि पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग
नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरू निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ ।

प्रदेश सभाबाट दाङको देखुुरी उपत्यका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णयअनुसार अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न माग अघि सारेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।

तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयनगर्दा प्रदेश सरकार, संसद, विषयगत समितिलगायतका संरचनाको नियमित संचालन र व्यवस्थापन गर्न साथै प्रदेश सभा र सरकारसँगै जाने सांसद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जवर्जस्ती लैजानुु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेशको मुकाम कहाँ राख्ने र सार्नेभन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशवासीको दैनिकीसँग जोडिने गरी कानुन निर्माणमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ ।

माओवादी पदाधिकारी बैठक : एमालेसँग पनि मिलेर सरकार गठन गर्ने विकल्प खुला
नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमासबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला राख्नेबारे छलफल भएको हो ।

बैठकपछि मिडियासँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनको लागि आफ्नो पार्टीले सबै विकल्प खुला राखेको सुनाए । उनकाअनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको समिक्षात्मक धारणा सुनाएका थिए ।

दाहालले गठबन्धनलाई निरन्तरता दिने कुरा राखेका थिए । तर, सरकार गठनको लागि एमालेसँगपनि सहकार्य गर्ने विकल्पलाई खुला राखिएको उनको भनाई छ ।

आजको बैठकमा उपमहासचिव हरिबोल गजुरेलले राखेको पत्रको बारेमा पनि अध्यक्ष दाहालले जवाफ दिएका थिए । गजुरेलले आफूलाई के कति कारणले टिकट नदिईएकोबारे जिज्ञासा राखेर यसअघि नै पत्र लेखेका थिए ।

यो पनि : दलहरूको भविष्यप्रति घण्टी बज्यो : अध्यक्ष तिमिल्सिना
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको टिप्पणी गरेका छन्।​ दलहरू माथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकका लागि हितकर नभएको उनको भनाइ थियो।

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले ठूलो संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू नै बलियो हुनुपर्ने बताए। ‘बहुदलीय परिपाटी,

हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठ्ने कुरा किन भइराखेको छ ? अब सोच्ने बेला आएको छ। हरेक दलभित्र सोच्नुपर्ने बेला भएको छ,’ उनले भने।

तिमिल्सिनाले सचेत समुदायले दलहरूलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने स्पष्ट पारे। उनले राजनीतिक दलहरूलाई सच्चिन पटक पटक ध्यानाकर्षण गराए।

सानो सानो कुरा पनि किन डेलिभरी भइरहेको छैन ? मैले भन्यो भने पनि वायस हुन्छ। दलहरूलाई अव तिमीहरूको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुपर्‍यो नि,’ उनले भने।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन पेरिसडाँडा तात्यो
नेकपा (माओवादी केन्द्र) ले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निष्कर्षमा पुगेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका

सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्यका लागि सबै विकल्प खुला राख्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो ।कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी बैठकले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न

सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको हो । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, सरकार गठन लगायत विषयमा छलफल गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । आजको राजधानी दैनिकबाट

यो पनि : समानुपातिकतर्फ कुन दलले कति मत पाए ?
काठमाडौं, ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ । मतपरिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने पक्का भएको छ ।

यो पनि हेर्नुहोस्,
काठमाडौं :

चितवन क्षेत्र नम्बर २ बाट भारी मतले प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने जनताको समस्या समाधानका लागी एक्सनमा उत्रिन थालेका छन् ।

केहि दिन अघि मात्रै देशभरका किसानहरु मल नपाएका कारण पिरोलीरहेको अवस्थामा लामिछानेले किन जनताले मल पाएका छैनन् ? यस भित्रको भित्री खेल के हो ?भन्ने बिषयको सोधी खोजी गर्दै साल्ट टे«डिङमै पुगेर एक्सन लिएका छन् ।

सांसद निर्वाचित भएका अधिकांश दलका नेताहरु खादा मालाले पुरिएर विजयउत्सव मनाइरहेका बेला लामिछाने भने काममा लागेका छन् । आफुलाई भोट दिने जनतालाई परेको सबैभन्दा ठूलो समस्यामानै रविले पहिलो पहल सुरु गरेका छन् ।

यस्तै आज उनले फेसबुकमा लेखेका छन्, ‘नागरिकका करिब ३०० गुनासोहरुमा काम हुदै , अधिकांश समाधान, बाँकी समाधानको प्रक्रियामा, केही वैदेशिक रोजगार सम्बन्धि गुनासोमा समन्वय हुँदै।’

यो पनि हेर्नुहोस्,

चमत्कारी जित निकाल्दै नेदरल्यान्ड पुग्यो अर्को राउण्डमा

कतारमा जारी फिफा विश्वकप फुटबलमा आजको भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको छ ।

खलिफा रंगशालामा पहिलो हाफमै नेदरल्यान्डले २–० गोलको अग्रता लिएको थियो ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २–० ले अघि बढाए ।

७६ औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए । त्यसको ५ मिनेटपछि नै नेदरल्यान्ड्सले दुई गोलको अग्रता पुनः स्थापना गर्यो । डेली ब्लिन्डको पासमा डम्फ्रिजले सुन्दर फिनिस गर्दै डच टोलीलाई क्वाटरफाइनल नजिक पुर्याए ।

समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले अब क्वाटरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ ।

एजेन्सी । विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेले साओ पाओलोस्थित अस्पतालमा मंगलबार भर्ना भएका थिए ।

आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप अवलोकनका लागि समेत जान सकेका थिएनन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा छन्।

पेलेले बिहीबार इन्स्टाग्राममार्फत् आफ्नो स्वास्थ्य लाभका लागि आएका शुभेच्छाका लागि प्रसंसकलाई धन्यवाद समेत दिएका थिए। इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गर्दा विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रसंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् ।

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन्।

निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको घरमा बसेर बैठक गर्ने गरेको आरोप लागेको छ।

रास्वपाका जिल्ला कोषाध्यक्ष एवं मकवानपुर प्रतिनिधि सभा १ का उम्मेदवार टाकाराम थापा (सुरेस), मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला लगायतका ४७ जनाले सामूहिक राजीनामा दिएका हुन्।
सभापतिबाट नै पार्टी प्रतिष्ठा बच्न नसकेको, आगामी दिनहरुमा पार्टी संगठन मजबुद हुन नसक्ने भन्दै उनीहरुले हस्ताक्षर सहित न्यौपानेलाई कार्बाही गर्न माग गर्दै राजीनामा दिएका हुन्।

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्