शिक्षकको माग गर्दा विद्यालयबाटै निकालिए विद्यार्थी

महोत्तरी । गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षककाे अभाव छ । शिक्षक नहुँदा यहाँ नियमित पठन पाठनसमेत हुन सकेको छैन ।

यही कारण विद्यार्थीहरूले शिक्षक अभावको समस्या समाधान गर्न गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतोसँग माग गरेका थिए ।

यही क्रममा विद्यार्थीले प्रर्दशन गरिरहेका थिए । तर नगरप्रमुख महतोले उनीहरूलाई धरपकड मात्रै गरेनन प्रदर्शनमा सम्लग्न विद्यार्थीलाई सामूहिक निष्काशन नै गरिदिए ।

विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा उनीहरूलाई विद्यालयबाटै निष्काशन गर्नुलाई अभिभावकहरूले नगरप्रमुख महतोको निरंकुशताको आरोप लगाएका छन् ।

विद्यार्थीहरूले गौशाला-औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि आइतबार चक्काजाम गरेर प्रदर्शन गरेका थिए । ‘अन्तिम परीक्षा आउनै लाग्यो तर शिक्षक नहुँदा पढाइ नै भएको छैन,’ कक्षा ८ मा अध्यनरत सरिता महतोले भनिन् ।

शिक्षक अभावकै कारण पठनपाठन नभएपछि आफूहरू आन्दोलित भएको उनीहरूले बताएका छन् । ‘सम्बन्धित पक्षले बारम्बार झूठो आश्वासन मात्रै देखाएपछि बाध्य भएर आन्दोलन गर्नु पर्यो । हाम्रो भविष्यमाथि खेलबाड गरे,’ एक विद्यार्थीले भने, ‘जसरी पनि शिक्षकको पदपूर्ति गराएर पढाइ हुनु पर्ने हाम्रो माग हो ।’

प्रधानाध्यापक शुभकरण यादवका अनुसार नगरप्रमुख महतोको निर्देशनमा विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरूलाई एक साताका लागि निष्काशन गरिएको बताए ।

आन्दोलन साम्य भएपछि विद्यालय आएका नगरप्रमुख महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादवलगायत पदाधिकारीलाई तुरुन्त निष्काशन गर्न मौखिक आदेश दिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

शिक्षाविद्हरूले महतोको निर्णयप्रति आपत्ति जनाएका छन् । महतोको कदम पुर्णरूपमा पूर्वाग्राही र निरंकुताको पराकाष्ठा भएको उनीहरूको भनाइ छ । मानवअधिकारवादीहरूले पनि महतोको कदम गलत भएको निष्कर्ष निकालेका छन् ।

अधिकारवादी अजय साहले महतोले विद्यायार्थीको अधिकार मात्र हैन लोकतन्त्रको नै उपहास गरेको आरोप लगाए । नगरप्रमुखले भने विद्यार्थीहरुले अनुशासन तोडेको हुनाले एक साताको लागि निष्काशन गरेर कारबाही गरेको बताए ।

विद्यार्थीहरूले शिक्षक अभावमा पढ्न नपाइरहेको गुनासो बढिरहेको बेला सोही विद्यालयमा दुई दिन अगाडि भोजभतेर समेत भएको पाइएको छ । सेवा निवृत्त शिक्षकहरूको समूह गठन गर्ने नाममा शनिबार विद्यालय परिसरमा भोजभतेर गरेर फोहोर बनाएकाे स्थानीयको आरोप छ ।

विद्यालय जस्तो ठाउँमा महतोकै निर्देशनमा भोजभतेर भएको स्थानीयवासीकाे भनाइ छ ।

यो पनि हेर्नुहोस्,
काठमाडौं :

चितवन क्षेत्र नम्बर २ बाट भारी मतले प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने जनताको समस्या समाधानका लागी एक्सनमा उत्रिन थालेका छन् ।

केहि दिन अघि मात्रै देशभरका किसानहरु मल नपाएका कारण पिरोलीरहेको अवस्थामा लामिछानेले किन जनताले मल पाएका छैनन् ? यस भित्रको भित्री खेल के हो ?भन्ने बिषयको सोधी खोजी गर्दै साल्ट टे«डिङमै पुगेर एक्सन लिएका छन् ।

सांसद निर्वाचित भएका अधिकांश दलका नेताहरु खादा मालाले पुरिएर विजयउत्सव मनाइरहेका बेला लामिछाने भने काममा लागेका छन् । आफुलाई भोट दिने जनतालाई परेको सबैभन्दा ठूलो समस्यामानै रविले पहिलो पहल सुरु गरेका छन् ।

यस्तै आज उनले फेसबुकमा लेखेका छन्, ‘नागरिकका करिब ३०० गुनासोहरुमा काम हुदै , अधिकांश समाधान, बाँकी समाधानको प्रक्रियामा, केही वैदेशिक रोजगार सम्बन्धि गुनासोमा समन्वय हुँदै।’

यो पनि हेर्नुहोस्,

चमत्कारी जित निकाल्दै नेदरल्यान्ड पुग्यो अर्को राउण्डमा

कतारमा जारी फिफा विश्वकप फुटबलमा आजको भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको छ ।

खलिफा रंगशालामा पहिलो हाफमै नेदरल्यान्डले २–० गोलको अग्रता लिएको थियो ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २–० ले अघि बढाए ।

७६ औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए । त्यसको ५ मिनेटपछि नै नेदरल्यान्ड्सले दुई गोलको अग्रता पुनः स्थापना गर्यो । डेली ब्लिन्डको पासमा डम्फ्रिजले सुन्दर फिनिस गर्दै डच टोलीलाई क्वाटरफाइनल नजिक पुर्याए ।

समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले अब क्वाटरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ ।

एजेन्सी । विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेले साओ पाओलोस्थित अस्पतालमा मंगलबार भर्ना भएका थिए ।

आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप अवलोकनका लागि समेत जान सकेका थिएनन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा छन्।

पेलेले बिहीबार इन्स्टाग्राममार्फत् आफ्नो स्वास्थ्य लाभका लागि आएका शुभेच्छाका लागि प्रसंसकलाई धन्यवाद समेत दिएका थिए। इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गर्दा विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रसंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् ।

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन्।

निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको घरमा बसेर बैठक गर्ने गरेको आरोप लागेको छ।

रास्वपाका जिल्ला कोषाध्यक्ष एवं मकवानपुर प्रतिनिधि सभा १ का उम्मेदवार टाकाराम थापा (सुरेस), मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला लगायतका ४७ जनाले सामूहिक राजीनामा दिएका हुन्।
सभापतिबाट नै पार्टी प्रतिष्ठा बच्न नसकेको, आगामी दिनहरुमा पार्टी संगठन मजबुद हुन नसक्ने भन्दै उनीहरुले हस्ताक्षर सहित न्यौपानेलाई कार्बाही गर्न माग गर्दै राजीनामा दिएका हुन्।

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्