एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाय म एमाले छोडिदिन्छु : सूर्य थापा

काठमाडौं,।

नेकपा एमालेका नेता एवं प्यूठानका नवनिर्वाचित सांसद सूर्य थापाले आफ्नो पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।

‘कांग्रेससँगको गठबन्धनबाट धोका र असफलता बेहोरेकाले माओवादी केन्द्र सच्चिन खोजेको हुन सक्छ । तर एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सोच बनाएका छैन । पार्टी नेतृत्वले परिस्थितिको आकलन गरेर निष्कर्ष खोज्छ । संसद त्रिशंकु बनेको छ । कसलाई प्रधानमन्त्री बनाउने भन्ने छलफल सुरु भएको छैन । यो त माओवादीको पूर्वतिर हल्ला गरेर पश्चिमतिर हमला गर्ने गुरिल्ला ट्याक्टिस हुन सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।

एमालको जोड केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बनाउनेमा हुने पनि उनले स्पष्ट पारे । उनले भने, ‘सरकार दिने सन्दर्भमा सम्भावनाको खोजी स्वाभाविक हो । तर पोथीले अण्डा पार्नुभन्दा अगाडि चल्ला कोरल्ने हतारो किन गर्ने ? नेकपा एमालेको पहिलो जोड ओलीकै नेतृत्वमा जनचाहना र आकांक्षा बमोजिम सरकार बनाउने हो । त्यसपछि बाध्यताका छलफल हुन सक्छन् । तर अहिले नै हामीले हातखुट्टा छाडेर प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिसकेका छैनौं ।

ओलीले संवाद अघि बढाउन प्रचण्डलाई बधाई दिनुभएको मात्र हो । हामी माफी मिनाहा गरेर अघि बढ्न सक्छौं ।’
प्रचण्डले ४१ वटा उम्मेदवारी दिएर एमालेभन्दा ठूलो पार्टी बन्ने मनोगत विश्लेषण गरेको आरोप पनि थापाले लगाए । उनले भने, ‘उहाँले मनको लड्डु घिउसँग खानुभयो । अब उहाँ महत्त्वाकांक्षाको जंगली घोडाबाट यथार्थको धरातलमा ओर्लनुपर्छ ।’

जनादेश बमोजिम कांग्रेस र एमाले मिलीजुली सरकार बनाउनुपर्ने मत पनि उनले राखे । थापाले थपे, ‘शेरबहादुर देउवाले टालाटुली बटुली मुलुकको दुई वर्षको समय खेर फाल्नुभयो । अब नुनिलो आँसु पिउँदै मुलुकमा नेकपा एमाले र कांग्रेसले एजेन्डामा आधारित सहमति गरेर सहकार्यको सम्भावना खोजेर अघि बढ्नुपर्छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको त्याग गर्नुपर्छ र मिलिजुली सरकार बनाउनुपर्छ । बरु आलोपालो सरकार बनाए हुन्छ । अब च्याँखे थाप्नेको राजनीति सकिनुपर्छ ।

प्रत्येक सुकुम्बासीको बैङ खातामा १० लाख भन्दा धेरै पैसा अझै डाटा निकाल्दै: बालेन शाह
डोजर लिएर सुकुम्बासी बस्ती हटाउन गएको काठमाडौ महानगर असफल भएको छ । बस्ती हटसुन गएका कर्मचारी र स्थानीय बीच ठूलो झडप भएपछि यो बिषय अहिले भाइरल भएको छ । नेपालीहरु अहिले दुई कित्तामा उभिएका छन । कसैले सुकुम्बासी पक्षको समर्थन गरेका छन भने कसैले बालेन शाहको । धेरैले त्यसरी बस्तिमा डोजर लाउनुभन्दा वास्तविक सुकुम्बासी पहिचान गर्नु पर्ने धारणा राखेका छन ।

सुकुम्बासीको नाममा धेरै हुकुम्बासी भएको र त्यसलाई छनबिन गर्नुपर्ने र वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने धेरैको धारणा छ । सुकुम्बासी अयोग र नियमकानुन नै नहेरी बालेनले सत्ताको दुरुपयोग गरेको आरोप सुकुम्बासी पक्षधरले लाएका छन । सम्बन्धित निकाएले पनि बालेनलाई यस्तो सुझाव दिएका छन । बालेब समर्थकले भने सबैको सम्पत्ति छानबिन गर्ने सुझाव दिएका छन ।

सबैको एक एक सम्पत्ति सार्वजनिक गर्ने सुझावलाई बालेनले पनि आत्मसात गरेका छन । अन्य समाचार:- काराेबारकाे चाैथाे दिन आज (मङ्सिर १४ गते) बुधबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।अन्य समाचार :- काराेबारकाे चाैथाे दिन आज (मङ्सिर १४ गते) बुधबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार २ सय रुपैयाँले बढ्दै ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ७६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।यस्तै, चाँदीको मूल्य पनि आज बुधबार भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चुनावी अभियानमा मियाँ । पुष्पकमल दाहालले पैसाको बलमा चुनाव जिते भन्न खोज्नुभएको हो?पैसा कसले खर्च गर्‍यो मलाई थाहा छैन। तर‚ यस्ता दृश्य प्रशस्त देखिए। एमालेले पनि धेरै ठाउँमा चुनाव जितेको छ, त्यसलाई पनि पैसाको बलमा चुनाव जितेको भन्ने? म त चुनावभरि गोरखामा थिएँ। दाबीको साथ भन्छु, मैले गोरखामा कहीं भतेर गराइनँ। एउटा पनि मत किनिनँ।

कसैलाई अनैतिक रूपमा प्रभाव पार्ने काम गरिनँ। गोरखा क्षेत्र नम्बर २ भित्र कानूनी, नैतिक र एउटा नेताले जिम्मेवार भएर वहन गर्नुपर्ने भूमिका उल्लंघन गरिनँ। गोरखा क्षेत्र नम्बर २ बाहेक अन्य ठाउँमा कहाँ के भयो, मलाई जानकारी छैन। आजको समयमा पनि म हुँदो रहेछ। कसैले कसैलाई पैसा बाँडेको देखाउन सकिने गरी प्रमाण त पाइएन। तर, अहिले पनि ग्रामीण भेगमा सबै किसिमका हतकन्डा प्रयोग गरिने रहेछ। आमा समूह, युवा समूह र अन्य संगठनलाई सहयोग र अन्य बहानामा पैसा गएको सूचना पाएका थियौं।

मतदानकै वेला पनि एक व्यक्तिले १७ पटकभन्दा बढी मत हाले। मृत्यु भइसकेका तथा विदेश तथा बाहिर भएका व्यक्तिको नाममा पनि मत हाले। यस्ता विभिन्न हतकन्डा भए जुन निष्पक्ष चुनावमा हुनुहुन्नथ्यो। पुष्पकमल दाहाललाई हराउँछु भनेर चुनावमा होमिनुभएको थियो। तर‚ कुनै संगठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारभन्दा पनि पछि पर्नुभयो नि? हामीले अपेक्षाकृत मत प्राप्त गर्न सकेनौं। म जति ठाउँमा पुग्न सकें र जति मतदातालाई प्रत्यक्ष भेट्न सकें, त्यति मात्र भोट आएको महसूस भएको छ। अर्को कुरा, अहिले देशव्यापी स्वतन्त्र पार्टीको ल

यो मेरो राजनीतिक शुरूआत हो। मैले धेरै सिक्नुपर्ने रहेछ भन्ने अनुभूति भएको छ। ‘पोलिटिकल क्याम्पेन’ मा गर्नुपर्ने धेरै काम गर्न सकिनँ। यति हुँदाहुँदै पनि सात हजार ३९५ मत प्राप्त गरें। गोरखामा सक्रिय राजनीति शुरू गर्न यो मत खुट्टा टेक्ने बलियो आधार भएको छ। योभन्दा अघि यहाँ मेरो कति प्रभाव हुन सक्छ भन्ने आकलन गर्न सक्दिनथें। अब यस्ता सबै प्रश्नको जवाफ र थप मैले के गर्नुपर्छ भन्ने कुराको भेउ पाउन थालेको छु। मैले गर्नुपर्ने धेरै छ भन्ने कुराको ज्ञान बढेको छ।

भोट चुनावमा पराजित भए पनि म गोरखाका लागि नै काम गर्छु। मैले घोषणापत्रमा उल्लेख गरे झैं उद्यमशीलताको विकास गर्ने र गोरखामा रोजगारी बढाउने योजनामा काम गर्छु। अब सरकार बने लगत्तै सक्रिय रूपमा ती काम गर्न थाल्नेछु।

मैले चुनाव हारे पनि एमालेले चुनाव हारेको छैन। अर्को कुरा‚ व्यक्तिगत तरीकाले पनि काम गर्न सक्छु। जस्तो कि, विभिन्न समाजसेवीले व्यक्तिगत रूपमै शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो काम गरेका छन्। म उनीहरूकै मोडलमा यहाँ उद्यमशीलताका लागि काम गर्नेछु। अबको ६ महीनामा हामीले कसरी काम गर्छौं भन्ने देखिन थाल्नेछ।गोर्खामा माओबादि बाहेक कसैले कहिले पनि चुनाब जित्दैन

यो पनि हेर्नुहोस्,
काठमाडौं :

चितवन क्षेत्र नम्बर २ बाट भारी मतले प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने जनताको समस्या समाधानका लागी एक्सनमा उत्रिन थालेका छन् ।

केहि दिन अघि मात्रै देशभरका किसानहरु मल नपाएका कारण पिरोलीरहेको अवस्थामा लामिछानेले किन जनताले मल पाएका छैनन् ? यस भित्रको भित्री खेल के हो ?भन्ने बिषयको सोधी खोजी गर्दै साल्ट टे«डिङमै पुगेर एक्सन लिएका छन् ।

सांसद निर्वाचित भएका अधिकांश दलका नेताहरु खादा मालाले पुरिएर विजयउत्सव मनाइरहेका बेला लामिछाने भने काममा लागेका छन् । आफुलाई भोट दिने जनतालाई परेको सबैभन्दा ठूलो समस्यामानै रविले पहिलो पहल सुरु गरेका छन् ।

यस्तै आज उनले फेसबुकमा लेखेका छन्, ‘नागरिकका करिब ३०० गुनासोहरुमा काम हुदै , अधिकांश समाधान, बाँकी समाधानको प्रक्रियामा, केही वैदेशिक रोजगार सम्बन्धि गुनासोमा समन्वय हुँदै।’

यो पनि हेर्नुहोस्,

चमत्कारी जित निकाल्दै नेदरल्यान्ड पुग्यो अर्को राउण्डमा

कतारमा जारी फिफा विश्वकप फुटबलमा आजको भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको छ ।

खलिफा रंगशालामा पहिलो हाफमै नेदरल्यान्डले २–० गोलको अग्रता लिएको थियो ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २–० ले अघि बढाए ।

७६ औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए । त्यसको ५ मिनेटपछि नै नेदरल्यान्ड्सले दुई गोलको अग्रता पुनः स्थापना गर्यो । डेली ब्लिन्डको पासमा डम्फ्रिजले सुन्दर फिनिस गर्दै डच टोलीलाई क्वाटरफाइनल नजिक पुर्याए ।

समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले अब क्वाटरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ ।

एजेन्सी । विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेले साओ पाओलोस्थित अस्पतालमा मंगलबार भर्ना भएका थिए ।

आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप अवलोकनका लागि समेत जान सकेका थिएनन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा छन्।

पेलेले बिहीबार इन्स्टाग्राममार्फत् आफ्नो स्वास्थ्य लाभका लागि आएका शुभेच्छाका लागि प्रसंसकलाई धन्यवाद समेत दिएका थिए। इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गर्दा विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रसंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् ।

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन्।

निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको घरमा बसेर बैठक गर्ने गरेको आरोप लागेको छ।

रास्वपाका जिल्ला कोषाध्यक्ष एवं मकवानपुर प्रतिनिधि सभा १ का उम्मेदवार टाकाराम थापा (सुरेस), मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला लगायतका ४७ जनाले सामूहिक राजीनामा दिएका हुन्।
सभापतिबाट नै पार्टी प्रतिष्ठा बच्न नसकेको, आगामी दिनहरुमा पार्टी संगठन मजबुद हुन नसक्ने भन्दै उनीहरुले हस्ताक्षर सहित न्यौपानेलाई कार्बाही गर्न माग गर्दै राजीनामा दिएका हुन्।

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्