अवैध बाटो हुदै पोर्चुगल छिर्न लागेकी नेपाली चेली सञ्जिताको जंगलमै निधन !

काठमाडौं ।

स्लोभानियाको जंगलमा एक नेपाली चेलीको दुखद निधन भएको खबर बाहिरिएको छ । क्रोएसियाबाट युरोपियन मुलुक पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की सञ्जिता गोतामेको निधन भएको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाका अनुसार गोतमेको मंसिर ६ गते निधन भएको हो । उनि रोजगारीको सिलसिलामा क्रोएसिया आएको बुझिएको छ । उनको निधनपछि समितिले दुखद् घटना घटेको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धान्जली अर्पण गर्दै शवलाई नेपाल पठाउने तयारी थालेको छ ।

गोतामेको परिवारले शव नेपाल पठाइदिन आग्रह गरेपछि समितिले भियनास्थित राजदूतावासमार्फत आवश्यक तयारी थालेको छ । पछिल्ला केही महिनायता क्रोएसियाबाट पोर्चुगल लगायत युरोपियन मुलुकहरुमा स्थान्तरण गर्ने क्रम बढ्दो छ । अधिकांश नेपालीहरु राहदानी

फ्याँकेर र बिचौलियालाई बुझाएर अबैधानिक बाटो हुँदै पोर्चुगल लगायतका मुलुकहरुमा छिर्ने क्रम बढ्दो छ । फ्रान्सस्थित राजदुतावासले पनि राहदानीको दुरुपयोग गरी सवार नगर्न सबै नेपाली समक्ष आग्रह गरेको छ । उसले जिउ ज्याननै धरापमा राखेर अवैधानिक रुपमा कुनैपनि मुलुकमा प्रवेश नगर्न अनुरोध गरेको छ ।

यो पनि, पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ । यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ । रोनाल्डोले एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गरेका छन् । दोहास्थित रंगशाला ९७४ मा प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै ६५औं मिनटमा अग्रता दिलाएका थिए । घानाका कप्तान आन्द्रे आयुले ७३औं मिनेटमा बराबरी गोल गरे ।

जोआवो फेलिक्सले ७८औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता २–१ को बनाए । त्यसको दुई मिनेट नबित्दै राफेल लियोले गोल गरेका थिए । ओस्मान बुकारीले इन्जुरी समयमा गोल गरेपनि घानाले हार टार्न सकेन । जितसँगै समूह ‘एच’मा पोर्चुगलले तीन अंक जोडेको छ । घाना अंक विहिन छ । दक्षिण कोरिया र उरुग्वेले भने अंक बाँडेका छन् ।