अभिनेत्री श्रद्धा कपुरको भाइरल भिडियोमा के छ ?

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुर सामाजिक सञ्जालमा कम सक्रिय हुन्छिन् । तर पनि उनको फ्यान फलोइङ निकै राम्रो छ । हालै उनलाई फिल्म सिटीमा देखिएको थियो । त्यसको भिडियो पनि सार्वजनिक भैसकेको छ ।

यो भिडियोमा श्रद्धा क्याजुअल लुकमा निकै स्टाइलिस देखिएकी छिन् । भिडियोमा श्रद्धाले सेतो रंगको क्रप टप र डेनिम जिन्स लगाएकी छिन् । त्यस क्रममा उनले मुस्कुराउँदै पापाराजीलाई पोज पनि दिइन् ।

कामको कुरा गर्ने हो भने श्रद्धा कपूर लव रञ्जनको फिल्ममा रणवीर कपूरको विपरित देखिनेछिन् । उनको नयाँ अवतार देखेर फ्यान पनि एकदम खु:शी भएका छन् । सामाजिक सञ्जालमा उनको तारिफ भइरहेको छ ।