केपी ओलीले बालेन साहको गरे आलोचना , सुकुम्बासी हाम्रा शत्रु होइनन् , डोजर लगाएए सत्ताको उन्मान देखाइयो :केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंकी थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दे ओलीले यस्तो बताएका हुन्।मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ।

पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा एकीकृत बागमती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो।

सुकुम्बासीका समस्या समाधान गर्न गठन गरिएको आयोग विघटन गर्दै सरकारले उनीहरूको समस्या समाधानमा गैरजिम्मेवारपन देखाएको ओलीको भनाइ थियो।

यो पनि पढ्नुहोश:मंगलबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

गठबन्धनलाई निरन्तरता दिने पक्षमा एकीकृत समाजवादी छ।‘मतपरिणाम सोचेजस्तो छैन तर पनि गठबन्धनका कारण प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेछ,’ बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले भने।उनकाअनुसार केन्द्रीय समितिलगायतमा पनि चुनावी समीक्षा गर्ने तयारी छ।

‘समानुपातिकतर्फ मतगणना नै नसकिएको र प्रत्यक्षतर्फ केही क्षेत्रमा विवाद र चुनाव हुन बाँकीले रहेकोले अहिले नै गहिरोसँग चुनावी समीक्षा गरिएको छैन,’ उनले भने, ‘जिल्ला लगायतबाट रिपोर्टिङ गरेर विस्तृतमा चुनावी समीक्षा पछि हुनेछ।’उनले अब बन्ने सरकारमा पार्टी सहभागी हुने संकेत पनि गरेका थिए। तर कुन-कुन भूमिकामा जाने भन्ने विषयमा पछि नै छलफल हुने उनले बताए।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – कांग्रेस महामन्त्री एवं काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।

बालुवाटार स्रोतका अनुसार शनिबारसम्म कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै थापाले स्वतन्त्र पार्टीसँग मिलेर महामन्त्री थापाले अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन्।

देउवा निकट स्रोतले देशसञ्चारसँग भन्यो, ‘उहाँले चुनावमा स्वतन्त्र पार्टीसँग मिलेर संगठित रुपमा असहयोग गर्नुभयो भन्ने उजुरी ठाउँठाउँबाट आएको सत्य हो। उम्मेदवारहरुले सभापतिज्यूलाई नै भेटेर जानकारी गराउनुभएको छ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेताहरुले पनि कांग्रेसको थापा समूह स्वतन्त्र पार्टीसँग मिलेको दाबी गरे पनि अहिलेसम्म खुलेर बोल्न सकेका छैनन्। काठमाडौँ २ मा माओवादीकी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर माओवादीहरुले हेरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले सबैभन्दा पहिला देउवालाई भेटेर थापाले संगठित रुपमा असहयोग गर्दा आफूले पराजय भोग्नु परेको गुनासो गरेका छन्। अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो भए भने स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन्।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठले पनि थापा समूह स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन लागेको जानकारी सभापति देउवालाई गराएका छन्।

त्यहाँ लामिछाने ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ १४ हजार ९८८ सहित दोस्रो र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो भए।

राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले सभापति देउवालाई थापाले असहयोग गरेको भन्दै सिकायत गरेको जानकारी उनका एक निकटस्थले दिए। नाम उल्लेख गर्न अस्वीकार गरेका ती व्यक्तिले भने, ‘सभापतिलाई हामीले उनको समूहबाट असयोग भयो। स्वतन्त्रसँग मिलेर भोट

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – कांग्रेस महामन्त्री एवं काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।

बालुवाटार स्रोतका अनुसार शनिबारसम्म कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै थापाले स्वतन्त्र पार्टीसँग मिलेर महामन्त्री थापाले अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन्।

देउवा निकट स्रोतले देशसञ्चारसँग भन्यो, ‘उहाँले चुनावमा स्वतन्त्र पार्टीसँग मिलेर संगठित रुपमा असहयोग गर्नुभयो भन्ने उजुरी ठाउँठाउँबाट आएको सत्य हो। उम्मेदवारहरुले सभापतिज्यूलाई नै भेटेर जानकारी गराउनुभएको छ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेताहरुले पनि कांग्रेसको थापा समूह स्वतन्त्र पार्टीसँग मिलेको दाबी गरे पनि अहिलेसम्म खुलेर बोल्न सकेका छैनन्। काठमाडौँ २ मा माओवादीकी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर माओवादीहरुले हेरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले सबैभन्दा पहिला देउवालाई भेटेर थापाले संगठित रुपमा असहयोग गर्दा आफूले पराजय भोग्नु परेको गुनासो गरेका छन्। अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो भए भने स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन्।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठले पनि थापा समूह स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन लागेको जानकारी सभापति देउवालाई गराएका छन्।

त्यहाँ लामिछाने ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ १४ हजार ९८८ सहित दोस्रो र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो भए।

राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले सभापति देउवालाई थापाले असहयोग गरेको भन्दै सिकायत गरेको जानकारी उनका एक निकटस्थले दिए। नाम उल्लेख गर्न अस्वीकार गरेका ती व्यक्तिले भने, ‘सभापतिलाई हामीले उनको समूहबाट असयोग भयो।