केपी ओली तयार भए रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन

रास्वपाका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीले पहल शुरु गरेका छन् । प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्रीमा रोक्न ओलीले लोसपा, नागरिक उन्मुक्ति पार्टी समेतलाई समेट्न थालेका छ्न ।ओलीले आफू प्रधानमन्त्री हुन नपाउने भएपछि यो रणनीतिमा पुगेका हुन् । प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री हुन नदिने बरु रविलाइ अघि सारेर जाने तयारीमा ओली छन् ।

(आज बिहान मैले लोसपाका एक नेतासंग अन्तर्वार्ता लिनको लागि फोन गर्दा उनले दिएको जानकारीको आधारमा ) स्मरणहोस, सत्ता गठबन्धन भित्र देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने र आफू राष्ट्रपति बन्ने तयारी शुरु गरेका छन् ।देउवा अहिले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन चाहनन् । साढे दुई बर्षपछि रामचन्द्रलाई प्रधानमन्त्री दिन प्रचण्ड तयार छन् । अब रोचक खेल के हुनेछ भने ओलीको ग्राण्डडिजाइन कति सफल हुन्छ ? त्यो केहि दिनभित्र देखिनेछ ।

त्यसैगरी, निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरू गरेका छन । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।सत्तारुढ गठबन्धन आवद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् ।

गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढने भन्ने बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबी भेटवार्ता भएको हो ।समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्याेल हुने भएपछि सत्तारुढ गठबन्धनले आवाश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्नेछन्

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – कांग्रेस महामन्त्री एवं काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।

बालुवाटार स्रोतका अनुसार शनिबारसम्म कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै थापाले स्वतन्त्र पार्टीसँग मिलेर महामन्त्री थापाले अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन्।

देउवा निकट स्रोतले देशसञ्चारसँग भन्यो, ‘उहाँले चुनावमा स्वतन्त्र पार्टीसँग मिलेर संगठित रुपमा असहयोग गर्नुभयो भन्ने उजुरी ठाउँठाउँबाट आएको सत्य हो। उम्मेदवारहरुले सभापतिज्यूलाई नै भेटेर जानकारी गराउनुभएको छ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेताहरुले पनि कांग्रेसको थापा समूह स्वतन्त्र पार्टीसँग मिलेको दाबी गरे पनि अहिलेसम्म खुलेर बोल्न सकेका छैनन्। काठमाडौँ २ मा माओवादीकी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर माओवादीहरुले हेरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले सबैभन्दा पहिला देउवालाई भेटेर थापाले संगठित रुपमा असहयोग गर्दा आफूले पराजय भोग्नु परेको गुनासो गरेका छन्। अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो भए भने स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन्।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठले पनि थापा समूह स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन लागेको जानकारी सभापति देउवालाई गराएका छन्।

त्यहाँ लामिछाने ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ १४ हजार ९८८ सहित दोस्रो र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो भए।

राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले सभापति देउवालाई थापाले असहयोग गरेको भन्दै सिकायत गरेको जानकारी उनका एक निकटस्थले दिए। नाम उल्लेख गर्न अस्वीकार गरेका ती व्यक्तिले भने, ‘सभापतिलाई हामीले उनको समूहबाट असयोग भयो। स्वतन्त्रसँग मिलेर भोट