गगन थापालाई प्रधानमन्त्री मान्न तयार छौँ तर देउवा–प्रचण्डलाई प्रधानमन्त्री मान्दैनौँ : रवि लामिछाने

काठमाडौँ – आम निर्वाचनको मतपरिणाम अन्तिमतिर पुग्दै गर्दा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू नयाँ सरकारको कसरतमा जुटेका छन्। को प्रधानमन्त्री भन्ने भन्ने बिषयमा पनि रस्साकस्सी शुरु भएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुनः पाँच दलीय सत्ता गठबन्धनको अभ्यासमा छन्। गठबन्धनभित्र प्रधानमन्त्री पदका लागि ‘देउवा–प्रचण्ड’ सहित दर्जनौँ शीर्ष नेताहरू मुख्य दाबेदार हुन्।

पछिल्लो पटक रामचन्द्र पौडेलदेखि गगन थापासम्म प्रधानमन्त्रीकै दौडमा छन्। नयाँ सरकारबारे चासो राख्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बालुवाटारदेखि खुमलटारसम्म पुगिरहेका छन्। यतिबेला राजनीतिक माहाेल नयाँ सरकार गठनको विषयमा एकाएक तातेको छ।

भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने ‘ग्रिन सिग्नल’ दिइसकेको छ। चितवन–२ बाट निर्वाचित तथा पार्टी सभापति रवि लामिछानेको राजनैतिक चरित्रबारे राजनीतिक वृत्तमा थप चासो व्यक्त गरिएको छ। आम प्रश्न छ– उनी सत्तास्वार्थका लागि नयाँ सरकारको एउटा हिस्सा बन्लान् वा प्रतिपक्षमै बस्लान् ?

सभापति लामिछानेले आफ्नो ‘कोर टिम’ लाई आफू अनुकूलको व्यक्ति प्रधानमन्त्री पदका लागि खडा भए समर्थन गर्न सकिने संकेत गरिसकेका छन्। उनको दलबाट लामिछानेसहित सोबिता गौतम, शिशिर ढकाल, गणेश पराजुली, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ र हरि ढकाल विजयी भएका छन्।

त्यसो त लामिछाने नेतृत्वको दलले प्रतिनिधिसभामा समानुपातिकसहित २२ जना सांसद कटाउने दाबी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ९ लाख २३ हजार ९६५ समानुपातिक मत ल्याएको छ। नयाँ सरकारमा जाने नजानेबारे पार्टीभित्र दुईधार देखिन थालेको बताइन्छ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टी नयाँ सरकारमा जान तयार रहेको बताइसकेका छन्। सभापति लामिछानेले प्रधानमन्त्रीमा कांग्रेसका गगन थापाको चर्चालाई स्वाभाविक रुपमा लिएको आफूनिकट सदस्यसँग चर्चा गर्न थालेकोबारे सोही पार्टीका नेता तथा कार्यकर्ताबीच खासखुस भएको छ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – कांग्रेस महामन्त्री एवं काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।

बालुवाटार स्रोतका अनुसार शनिबारसम्म कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै थापाले स्वतन्त्र पार्टीसँग मिलेर महामन्त्री थापाले अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन्।

देउवा निकट स्रोतले देशसञ्चारसँग भन्यो, ‘उहाँले चुनावमा स्वतन्त्र पार्टीसँग मिलेर संगठित रुपमा असहयोग गर्नुभयो भन्ने उजुरी ठाउँठाउँबाट आएको सत्य हो। उम्मेदवारहरुले सभापतिज्यूलाई नै भेटेर जानकारी गराउनुभएको छ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेताहरुले पनि कांग्रेसको थापा समूह स्वतन्त्र पार्टीसँग मिलेको दाबी गरे पनि अहिलेसम्म खुलेर बोल्न सकेका छैनन्। काठमाडौँ २ मा माओवादीकी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर माओवादीहरुले हेरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले सबैभन्दा पहिला देउवालाई भेटेर थापाले संगठित रुपमा असहयोग गर्दा आफूले पराजय भोग्नु परेको गुनासो गरेका छन्। अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो भए भने स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन्।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठले पनि थापा समूह स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन लागेको जानकारी सभापति देउवालाई गराएका छन्।

त्यहाँ लामिछाने ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ १४ हजार ९८८ सहित दोस्रो र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो भए।

राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले सभापति देउवालाई थापाले असहयोग गरेको भन्दै सिकायत गरेको जानकारी उनका एक निकटस्थले दिए। नाम उल्लेख गर्न अस्वीकार गरेका ती व्यक्तिले भने, ‘सभापतिलाई हामीले उनको समूहबाट असयोग भयो। स्वतन्त्रसँग मिलेर भोट