विनोद चौधरीले खेले यस्तो खेल, गगन थापालाई हुनसक्ने कारबाही !

काठमाडौं, मंसिर ११

अर्बपति एवं नवनिर्वाचित काँग्रेस सांसद विनोद चौधरीले पार्टी महामन्त्री गगन थापामाथि कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

चौधरीले चुनावमा स्वतन्त्र पार्टीका उम्मेदवारलाई सघाएको भन्दै थापाविरुद्ध उजुरी दिएका हुन् । चौधरीले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई शनिबार बालुवाटारमा भेटेर गगनले चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही माग गरेका हुन् ।

चौधरी नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । चौधरीविरुद्ध स्वतन्त्र पार्टीका महेन्द्र सिंह ठकुरी उम्मेदवार थिए । चौधरी २९ हजार ५ सय १९ मतसहित विजयी भएका थिए । ठकुरीले १२ हजार ४ सय ९९ मत ल्याएका थिए ।

चौधरीले गगन थापा समूहका व्यक्तिले ठकुरीलाई सहयोग गरेको प्रमाण आफूसँग रहेको बताएका थिए । यस्तै उनले काठमाण्डु–४ मा घण्टीले उम्मेदवारी फिर्ता लिएर गगनलाई समर्थन गरेको बताए । यस्तै चितवन–२ बाट पराजित राज्यमन्त्री उमेश श्रेष्ठ र काठमाण्डु–६ बाट पराजित भिमसेनदास प्रधानले पनि गगनले काँग्रेसमाथि अन्तर्घात गर्दै घण्टीका उम्मेदवारलाई संगठित रुपमै सघाएको भन्दै देउवासँग उजुरी गरेका छन् ।

माओवादी केन्द्रले पनि डा. शेखर कोइराला र गगन थापा समूहले आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको छ । गगनबारे गुनासो सुनेपछि देउवाले छानबिन गरी दोषी भेटिए कारबाहीको विषय बनाउने बताएको बालुवाटार श्रोतले जनायो ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – कांग्रेस महामन्त्री एवं काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।

बालुवाटार स्रोतका अनुसार शनिबारसम्म कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै थापाले स्वतन्त्र पार्टीसँग मिलेर महामन्त्री थापाले अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन्।

देउवा निकट स्रोतले देशसञ्चारसँग भन्यो, ‘उहाँले चुनावमा स्वतन्त्र पार्टीसँग मिलेर संगठित रुपमा असहयोग गर्नुभयो भन्ने उजुरी ठाउँठाउँबाट आएको सत्य हो। उम्मेदवारहरुले सभापतिज्यूलाई नै भेटेर जानकारी गराउनुभएको छ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेताहरुले पनि कांग्रेसको थापा समूह स्वतन्त्र पार्टीसँग मिलेको दाबी गरे पनि अहिलेसम्म खुलेर बोल्न सकेका छैनन्। काठमाडौँ २ मा माओवादीकी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर माओवादीहरुले हेरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले सबैभन्दा पहिला देउवालाई भेटेर थापाले संगठित रुपमा असहयोग गर्दा आफूले पराजय भोग्नु परेको गुनासो गरेका छन्। अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो भए भने स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन्।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठले पनि थापा समूह स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन लागेको जानकारी सभापति देउवालाई गराएका छन्।

त्यहाँ लामिछाने ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ १४ हजार ९८८ सहित दोस्रो र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो भए।

राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले सभापति देउवालाई थापाले असहयोग गरेको भन्दै सिकायत गरेको जानकारी उनका एक निकटस्थले दिए। नाम उल्लेख गर्न अस्वीकार गरेका ती व्यक्तिले भने, ‘सभापतिलाई हामीले उनको समूहबाट असयोग भयो। स्वतन्त्रसँग मिलेर भोट