गोकुल बाँस्कोटा झन्डै ६ हजार मतले विजयी

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित भएका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत ल्याएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई हराए। शिवले जम्मा ३९ हजार चार सय ८२ मत ल्याएका छन्।५ हजार ८ सय ६३ मतान्तरले हुमागाईंलाई हराएका हुन्। यहाँ हुमागाईं सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए। बाँस्कोटा २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

यो पनि पढ्नुहोश:एमाले उपाध्यक्ष सुवास नेम्वाङले इलाम क्षेत्र नं २ मा आफ्नो अग्रता कायमै राखेका छन्।एमाले उपाध्यक्ष नेम्वाङले २० हजार ७१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का १ हजार ७ सय ६५ मतले पछाडि परेका छन्।

खड्काले १८ हजार ३ सय ६ मत पाएका छन्।
नेम्वाङले २०५६ सालदेखि लागतार इलामबाट चुनाव जित्दै आएका छन्। उनले यसअघि ४ पटक जितिसकेका छन्।चार पटक सभामुख\दुई पटक संविधान सभाका अध्यक्ष भइसकेका नेम्वाङ २०५१ मा कानुनमन्त्री बनेका थिए।

यो पनि पढ्नुहोस् :
२७००० मतको अन्तरसहित जितेर मन्त्री बन्ने ठोकुवा गरेका महेश बस्नेतको असह्य हार भएको छ । उनले मन भुलाउनकै लागि भएपनि बिजयी जुलुस निकालेका छन् । उनी बहकिएका छन् आश्चर्यमा छन् । उनले दुर्लभ थापालाई बधाई दिन सकेको अबस्था छैन् ।

क्तपुर २ मा पराजय बेहोरेका र कामले कम बोलेर बढी चर्चामा आइरहने विवादास्पद छवि बनाएका नेता महेश बस्नेत आज ‘विजयर्‍याली’ मा सहभागी भए ।

पार्टीका प्रदेश उम्मेदवारको विजय मनाउन तथा आफूलाई मत हाल्ने मतदाताहरुलाई धन्यवाद दिन र्‍यालीमा सहभागी भएको उनले बताएपनि उनी मन भुलाउनकै लागि जुलुसमा गएको उनी निकट नेताको दाबी छ । महेश बसनेतको पक्षमा अकल्पनीय नतिजा आएपछि उनी मनलाई शान्त पार्न विजयी जुलुसमा निस्के ।

बस्नेत विजयी उम्मेदवारकै शैलीमा अविर माला लगाएर मतदातालाई अभिवादन गर्दै र्‍यालीमा हिँडेका थिए । उनकै कार्यकर्ताहरुले पनि उनको पक्षमा नाराबाजी गरे ।

र्‍यालीका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै बस्नेतले हारलाई सहजरुपमा स्वीकारेको बताए । एमालेविरुद्ध ६ ७ वटा पार्टी एकजुट भएर आएपछि प्रतिस्पर्धा कठीन भएको उनको भनाई छ । ।

चुनावी परिणामबारे महेशको भनाइ यस्तो थियोस्

‘यसपालीको चुनावी परिणाम हामीले सोचेभन्दा केही फरक आयो । हामीभित्र रहेका कमिकमजोरी समीक्षा गर्ने नै छौं । पाँच दल मात्र नभएर ६(७ दल नै एकजुट भएर आएपछि हाम्रो केही लागेन । तर गठबन्धनले आफ्नो भोट जोगाउन सकेको छैन । यहाँ गठबन्धनको ३१ हजार भोट छ । उसले त्यति भोट ल्याएन ।

हामीले आफ्नो भोट जोगाएका छौं । हाम्रो पक्षमा परिणाम नआउनुका पछाडि अनेक खालका गडबडी हुन सक्छन् । तर चुनाव हार्नु सामान्य कुरा हो । हामी हार्न तयार तर हार नखाने मान्छे हौं । भोलि पनि जनताको सेवामा सँधै रहनेछौं । हामीले टोलटोलमा गरेको विकास(निर्माण हेरेर जनताले हामीलाई याद गर्नेछन् ।

म नवनिर्वाचित जनप्रतिनिधिलाई सफलताको कामना व्यक्त गर्छु । उहाँले चाहनुभयो भने हरेक कुरामा सहकार्य हुन सक्छ । तर, एक महिना, दुई महनादेखि नै हामीलाई मिस गर्न सक्छन् जनताले । त्यो वातावरण नबनाउनुस । यसपाली महेशले जित्यो भने २० वर्ष हामीलाई उठ्न दिँदैन भनेर सबै दल मिले भन्ने कुरा पनि सुनिएको छ ।

त्यसमा मलाई आपत्ति होइन । फलेको हाँगालाई नै सबैले ढुंगा हान्ने हो । जसले ठूलो हाइट बनायो त्यसमै सबैको आँखा पर्छ । तर कतिपय वुद्धिजीवी महेशले २० वर्ष होल्ड गर्छ भन्ने नाममा भक्तपुरलाई २० वर्ष पछि धकेल्ने काम भयो पनि भनिरहेका छन् ।

हामीले सुरु गरेका थुप्रै विकासका कामहरुलाई निरन्तरता दिन मेरो समकक्षी दुर्लभ थापालाई आग्रह गर्छु । हामी हार्दा पनि, जित्दा पनि जनतासँगै छौं भनेर धन्यवाद दिन यो र्‍याली गरिएको हो । कृष्णजी आफू नलडिकन विनास्वार्थ पाण्डवलाई जिताउन लागे । कर्णजी हारिन्छ भन्ने जान्दा पनि हारिने टिममा लागे । एमालेको सिंगो पंति त्यही ढंगले चुनावमा लाग्यो । हामी हारेका छौं, हार खाएका छैनौं ।

यो पनि पढ्नुहोस्
काठमाडौँ – काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् ।

भने उनलाई पछ्याईरहेको नेपाली काँग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस् :
भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।

उनले २२२४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश बस्नेतले २१६४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ

वीराटनगर – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट निर्वाचित भएका छन्।

पछिल्ला तीन निर्वाचन मध्ये दुई वटामा पराजित भएका शर्मा एमालेका अग्नि खरेललाई १४ हजार भन्दा बढी मतले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् भने खरेलले २५ हजार ३४९ मत पाए।

उनीहरुबीच १४ हजार २७५ को मतान्तर छ। झापा १ का ८१ हजार ७६४ मत खसेको थियो।

यो पनि पढ्नुहोस् :
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ ।

रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट गर्नेहरुको लाम लागेको छ ।

यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलाई सुझाव दिँदै तत्कालै सरकारमा जान नहुने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । ‘

र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ ।

प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् ।

बानियाले लेखेको स्टाटस यस्तो छ : नेपाली राजनीतिको इतिहासमा ‘कहिल्यै नभएको’ एक अस्वभाविक राजनीतिक अभ्यास ‘ब्यालेट’मै देखाइदिए नेपाली जनताले !

अबको दस वर्ष देशमा कोको प्रधानमन्त्री हुनेछन् नामलिष्ट भित्तामा टाँसेर परदेसिएको म र मजस्ता परदेसिएका लाखौं नेपालीहरुका लागि यो ‘तीन पुस्तालामो खुशीको उभार’ हो ।

यसको अर्थ चाँडै त्यो नामलिष्टभन्दा बाहिरको उर्जाशील नयाँ पात्र प्रधानमन्त्री बन्ला र देश रातारात बनाउला भन्ने आशा छैन र यो सम्भव छैन तर देशले अब परिवर्तनको उडान सुरु गरेको र यसमा जनताको साथ रहेको सत्यचाहीँ छर्लंग भएको छ !

यस सँगै यो उभारलाई सम्हाल्न र व्यवस्थापन गर्न सकिएन भने इतिहासकै डरलाग्दो खतरा पनि यसैसाथ आएको छ ।

त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ ।

अर्को कुरा, आहन नै बनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ यो रहनै हुन्न । र, यस्ता आहनहरु बदल्नैपर्छ ।

अर्थात् अबको संसदमा सशक्त प्रतिपक्ष नै स्वतन्त्र पार्टीको सवभन्दा उत्तम रोजाई हो । तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् !

अनि मैले प्रशस्त पटक रबिजीलाई यी मुद्दाहरुमा हामी कहिल्यै पछाडि पर्नुहुन्न भनेर अर्थाएको छु, जस्तो कि स्वाभिमान ।