मेरिबास्सैमा दाह्री बाको बिहे !

काठमाडौं । लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा दाह्री बा.. ले बिहे गरेका छन् । कलाकार सुरबिर पण्डीतको बिहे बिशेष यससाताको ७८२ औं भागलाई बनाइएको छ । यस साताका लागी केहि फरक गर्ने तरिकाले अन्य भागभन्दा रमाइलो बनाइएको निर्देशक दिवाकर भण्डारी (सापटी काका)ले बताएका छन् ।

आफ्नो बिहेको दृश्य देखाउँदै गर्दा कलाकार पण्डीतले आफूलाई रमाइलै लागेको र एक कलाकारले बिभिन्न भूमिका निभाउनु पर्ने तर्क राख्छन् । कलाकार पण्डीत मेरिबास्सैको सुरुवात देखी नै मेरिबास्सैमा अभिनय गर्दै आएका छन् । यस साताको मेरिबास्सै हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घन्टीसँग मिलेर गठबन्धनलाई हराएको आरोप लगाएका छन् ।

आज बिहान फेसबुकमा लेख्दै दिपशिखाले गगन र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) सँग मिलेर गठबन्धनका सहयात्रीहरूलाई हराएको आरोप लगाएका हुन् । ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए–म कालो कांग्रेस हुँ ।

हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरुलाई मज्जाले हराउनुभयो,’ उनले भनेका छन्, ‘तपाईलाई आगामी यात्राको शुभकामना ।’ उनले अहिले आइरहेका परिणामलाई स्वीकार गर्ने पनि बताएका छन् । ‘हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो,’ उनले भनेका छन् ।

सत्ता गठबन्धनको भागबन्डामा काठमाडौँ जिल्लाका १० सिटमध्ये तीन सिट पाएको माओवादी केन्द्रले निर्वाचनमा यस जिल्लामा ५ जना उम्मेदवारहरू खडा गरेकोमा सबै उम्मेदवारहरू पराजित हुन पुगेका छन् । २०७४ को सङ्घीय निर्वाचनमा बाम गठबन्धनमा चार सिट पाउँदासमेत एक सिट पनि जित्न नसकेको माओवादी केन्द्र अहिले पनि काठमाडौँमा निल भएको छ ।

गठबन्धनको भागबन्डामा तीन सिटमा तीन जना महिला उम्मेदवारलाई अगाडि सारेको यस पार्टीले जित निकाल्न सकेनन् । पूर्व सभामुख समेत रहेकी ओनसरी घर्तीलाई सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट टिकट लिएर काठमाडौँ क्षेत्र नम्बर २ को उम्मेदवार बनाइएको थियो ।

निर्वाचनको अन्तिम नतिजा आउँदा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १४ हजार २२९ मतका साथ निर्वाचित हुँदा घर्ती ९ हजार ४४९ मतका साथ तेस्रो स्थानमा रहन पुगिन् । चुनावी प्रचारप्रसारको क्रममा प्रचण्डले ‌ओनसरी प्रधानमन्त्री हुन सक्ने व्यक्ति भएको समेत बताएका थिए ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ – काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् ।

भने उनलाई पछ्याईरहेको नेपाली काँग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मत प्राप्त गरेका छन् ।