सबै कैदीले हाले भोट, पल शाहले किन हालेनन् ?

जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् ।कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन ।

कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् ।

जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बाल यौन दुरुपयोग कसूरमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् ।

विश्वकप लगत्तै रोनाल्डोलाई लाग्ने भयो झड्का, व्यावसायिक करियर नै संकटमा !
लन्डन। पाँच पटकका फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोको व्यावसायिक करियर संकटमा देखिएको छ। कतार विश्वकपमा जानुअघि दिइएको एक अन्तर्वार्तामा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक र व्यवस्थापनप्रति गम्भीर आरोप लगाएपछि उनको क्लब भविष्य अब के हुन्छ भन्ने अन्योलता बढेको छ।

अन्तर्वार्तामा रोनाल्डोले म्यान युनाइटेडले आफूलाई धोका दिएको र प्रशिक्षक एरिक टान हागसहित व्यवस्थापनका केहीले निकाल्न खोजिरहेको दाबी गरेका छन्। प्रशिक्षक हागले आफ्नो सम्मान नगरेको र त्यही कारण आफूले पनि उनको सम्मान नगर्ने गरेको रोनाल्डोको भनाई छ।

रोनाल्डोले क्लब व्यवस्थापनविरुद्ध यसरी बोलेका छन् की उनले म्यान युनाइटेड छाडिसकेका छन्। तर कतार विश्वकपपछि उनी म्यान युनाइटेड फर्कनुपर्ने छ। यस्तो अन्तर्वार्ता र यसले ल्याएको विवादबीच उनी कसरी म्यान युनाइटेडमा रहनेछन् र उनको त्यहाँ भविष्य के हुनेछ भन्नेबारे अनेकन् अनुमान सुरु हुन थालिसकेका छन्।

त्यसो त प्रशारण हुन बाँकी रहेको उक्त अन्तर्वार्ताको बाहिर आएको क्लिपबारे आफू सूचित रहेको भन्दै म्यान युनाइटेडले पुरा अन्तर्वार्ता बाहिर आएपछि मात्र बोल्ने प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ।

अन्तर्वार्ता पछाडिको पुरा तथ्यसमेत परीक्षण हुने उसले जनाएको छ। पछिल्लो समय रोनाल्डो म्यान युनाइटेडको पहिलो रोजाइमा पर्न छाडेपछि उनी क्लब प्रशिक्षक हाग र व्यवस्थापनप्रति रुस्ट देखिन्छन्।

गत महिना उनी खेल नसकिँदै बेन्चबाट उठेर बाहिरिएपछि विवाद थप चर्को बनेको थियो। प्रशिक्षक हागले अर्को खेलमा रोनाल्डोलाई बेन्चमा रहने सूचीमा समेत राखेका थिएनन्। प्रशिक्षकको निर्णयमा म्यान युनाइटेड व्यवस्थापनले मौन समर्थन देखाएको थियो।

यद्यपि रोनाल्डोलाई त्यसपछि पहिलो रोजाइमा राखिएको थियो भने कप्तानीसमेत गर्न दिइएको थियो। आइतबार फुलहाममाथि जित हात पारेपछि हागले अब टिम एक ढिक्का भएको प्रतिक्रिया दिएका थिए। त्यसको केही समयमा रोनाल्डोले दिएको अन्तर्वार्ताबारे बाहिर समाचार आएको थियो। म्यान युनाइटेडले रोनाल्डोलाई साताको ५ लाख पाउन्ड पारिश्रमिक दिँदै आएको छ। तर यो सिजन रोनाल्डो लगभग हराएजस्तै छन्।

हागले भन्दै आएका छन्, ‘मैले क्लब र टिमको भलाइका लागि निर्णय गर्नुपर्छ। त्यो मेरो काम हो। को के हो ? उसको प्रख्याति वा उमेरबारे मेरो सरोकार रहँदैन ।’ यता रोनाल्डोले गत सिजन नै आफूलाई क्लबका केहीले निकाल्न खोजेको आरोप लगाएका छन्। प्री सिजन टुरमा आफू पारिवारिक समस्याका कारण सहभागी हुन नसक्दा व्यवस्थापनले नपत्याएको उनको भनाई छ। रोनाल्डो यसै सिजनको सुरुवातमा अन्य क्लब जान चाहेका थिए। तर अरू क्लब लैजान तयार नदेखिएपछि उनीसँग म्यान युनाइटेडलाई झेल्नुको विकल्प रहेन।

आफूलाई पहिलो रोजाइमा नराखेर र अन्तिम समयमा उतारेर प्रशिक्षकले सार्वजनिक बेइज्जती गर्ने गरेको गुनासो रोनाल्डोको छ। यस्तै उनले म्यान युनाइटेडको भान्छा, जिम र प्रशिक्षण मैदानमा समेत कमीकमजोरीहरू औँल्याएका छन्। प्रशिक्षक सर एलेक्स फर्गुसनले सन् २०१२ मा म्यान युनाइटेड छाडेपछि क्लब भद्रगोल बनेको उनले टिप्पणी गरेका छन्।

सन् २००४ देखि २००९ सम्म म्यान युनाइटेडमा रहेका रोनाल्डो सन् २०२१ मा फेरी पुरानै क्लब फर्किएका हुन्। रोनाल्डोले त्यतिबेला म्यान युनाइटेडसँग