उकालोमा ब्रेक नलागेर भीरबाट जिप खस्दा चालकको मृत्यु, १४ घाइते !

पर्वत — उकालोमा ब्रेक नलागेपछि भीरबाट करिब दुई सय मिटर तल खसेको जिपका चालकको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट पर्वतको जलजला गाउँपालिका–४ मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको डबल क्यावको बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा चालक जलजला–२ का ३० वर्षीय डम्मरबहादुर दमाईको मृत्यु भएको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । उनका अनुसार जिपमा सवार अन्य १४ जना यात्रु घाइते भएका छन् ।

बुधबार साँझ ५ बजेतिर बेनीबाट मल्लाजका लागि छुटेको जिप करिब साढे ५ बजे दुर्घटनामा परेको हो ।

घाइतेमध्ये वर्ष १५ का आशीष नेपाली, वर्ष ४० की माया दमाई, वर्ष ३० का सुमन नेपाली, वर्ष १२ की सृजना परियार र वर्ष १४ का सज्जन परियारलाई म्याग्दी अस्पतालमा प्राथमिक उपचारपश्चात् कास्कीस्थित मणिपाल शिक्षण अस्पताल पठाइएको पर्वत प्रहरीले जनाएको छ ।

त्यस्तै सपना परियार, यशोधा परियार र बिनिता परियारको म्याग्दी अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक राउतले बताए । उनका अनुसार सामान्य घाइते ६ जना म्याग्दी अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

यो पनि पढ्नुहोस् :
उमेरले १०० वर्ष टेकेका टिकादत्त पोखरेल गोरखा क्षेत्र नं २ का नेपाली कांग्रेस (बीपी)का उम्मेदवार हुन्।

तीन छोरा र चार छोरीका बाबु उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा छन्।

युवाले सही निर्णय लिन सके देशले मुहार फेर्ने बताउँदै उनले कसैले “हिम्मत हार्नु हुँदैन” भने।

गोरखाको छोप्राकमा चुनावी अभियानका क्रममा भेटिएका उनको जोसिलो चुनावी प्रचारको शैली हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।

यो पनि पढ्नुहोस् :
वासिंगटन डिसी। विश्वकप फुटबलका लागि रङ्गशाला बनाउन खटिएका हजारौं हजार नेपाली कामदारहरुमध्ये २१ सय नेपाली कामदारको मृत्यु भएको छ।

नेपाली कामदारहरुको पीडाबारे विश्वको प्रतिष्ठित अखवार न्यूयोर्क टाइम्सले एउटा प्रमुख स्टोरी प्रकाशित गरी सो कुरा उल्लेख गरेको छ।

‘विश्वकमा विर्सिएको टीम’ शीर्षकमा नोभेम्बर १६ मा प्रकाशित सो समाचारले कतारका रंगशालाहरु सिंगार्न नेपाली कामदारहरुले गरेको मेहनत र उनीहरुले पाएको दुखबारे सप्रमाण उल्लेख गरिएको छ। विश्वकप यही नोभेम्बर २० देखि कतारमा शुरु हुँदैछ।

शम्भु चौधरी नामक कामदारले विश्वकप फाइनल हुने सुन्दर स्टेडियम आफूले बनाएको गर्व गरेको प्रसंगबाट समाचार तयार पार्दै न्यूयोर्क टाइम्सले कतारलाई यत्रो उपलब्धी दिलाउने नेपाली कामदारहरुको पाएको न्यून तलब, कतारको अत्याधिक गर्मीमा गर्नु परेको काम साथै दुखद र वाध्यात्मकरुपमा परदेशिनु परेको पीडालाई उल्लेख गरेको छ।

हजारौं हजारको श्रम शोषण भएको उल्लेख गर्दै अखबारले सन् २०१० यता कतारका एक्काइस सय नेपाली कामदारहरुको मृत्यु भएको तथ्यांक पनि प्रस्तुत गरेको छ। सन् २०१० कतारले विश्वकप आयोजना गर्नका लागि अनुमति पाएको बर्ष हो।

मानवअधिकारवादी संस्थाहरुले हजारौंको संख्यामा कामदारहरु मरेको बताएको भए पनि आयोजक देश कतारले भने ज्यादै कम रेकर्डमात्र देखाएको समाचारमा उल्लेख गरिएको छ। कतारले केबल ३७ जनामात्र कामदारहरु विश्वकप फुटबलको रंगशाला निर्माणका क्रममा मरेको रेकर्ड देखाएको छ।

हजारौं हजारको श्रम शोषण भएको उल्लेख गर्दै अखबारले सन् २०१० यता कतारका एक्काइस सय नेपाली कामदारहरुको मृत्यु भएको तथ्यांक पनि प्रस्तुत गरेको छ। सन् २०१० कतारले विश्वकप आयोजना गर्नका लागि अनुमति पाएको बर्ष हो।

गरीवी, निराशा र आवश्यकताका बीचमा फसेका नेपालीहरु अहिले बेर्षेनि बैदेशिक रोजगारीको खोजीमा रहेको उल्लेख गर्दै समाचारमा चीन र भारतजस्ता महाशक्तिका बीचमा रहेको तर उद्योग र अवसरहरु नभएको नेपालमा कामदार जनशक्ति भने प्रशस्त भएको र यिनै कामदारको श्रम लिएर कतारको पुननिर्माण भएको पनि जनाइएको छ।

सन् २०१५ मा मात्र २ लाख ४ हजारले कतारका लागि श्रम स्वीकृति पाएको, गतबर्षमात्रै ६ लाख ५० हजार नेपालीहरु श्रमबजारमा खाडी मुलुक गएको र खाडीबाट फर्किने युवाहरुमा मृगौला रोग देखिने गरेको पनि समाचारमा उल्लेख गरिएको छ।

अत्याधिक गर्मीले हृदयघात हुने र यसबाट मर्नेमात्र होइन कि खाडीमा नेपाली कामदारहरुको आत्महत्याको डरलाग्दो स्थिति पनि समाचारमा उल्लेख गरिएको छ।

तारिक पान्जा र भद्र शर्माको संयुक्त वाइलाइनमा प्रकाशित सो समाचारमा नेपालबाट खाडी जाँदा गरिएका स्वास्थ्य परिक्षणका रिपोर्टहरुका उनीहरुको स्वास्थ्य राम्रो देखिने गरेको र यीमध्ये कोही उतै विभिन्न कारणले मर्ने गरेको तथा फर्किने कतिपयमा मृगौलाको समस्या देखिने गरेको र यो २० देखि ४५ बर्षसम्मका युवामा पाइएको पनि डाक्टरलाई उद्धृत गर्दै उल्लेख छ।

यो पनि पढ्नुहोस् :
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दुहरुको महान चाड वियजा दशमी एवम् शुभ-दिपावली नजिकिदै गर्दा थुप्रै नयाँ चाडपर्व विशेष गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ । कोरोनाका कारण ग्रसित भनेको समस्त गितसंगितको क्षेत्र विस्तारै उकासिदै छ, नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम नया नया गितहरु सार्बजनिक गर्दै आयका छन् ।

यसै बिच लोकप्रिय गायक, सर्जक एवम् वियोगान्त गित संगितका धरोहर पुश्कल शर्माको नयां दशै गितको अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ । लोकप्रिय गायक एवम् सर्जक पुश्कल शर्माको उत्कृष्ट लय शब्द संकलन रहेको गितमा गायक शर्मा सगैं अर्का चर्चित गायक कुशल वेलवासेले साथ दिएका छन् । बर्षेनि वियोगान्त गितसंगित मार्फत आफ्ना फ्यानहरुलाई रुवाएका शर्माले यस बर्ष पनि मार्मिक दशै गित लिएर आईसकेका छन् , गित सार्वजनिक भएको छोटो समयमै लोकप्रिय वनिसकेको छ, प्रदेशमा रहेका नेपालीहरुको यथार्थ कथा व्यथालाई गितमा उतारिएको छ ।

मन्दिर म्युजिक प्रा.लि.को प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियो पनि अत्यन्तै मार्मिक वनेको छ । गित गाऊन, सृर्जना गर्न देखि अभिनय सम्म अब्बल रहेका शर्मा निर्देशनमा पनि उत्तिकै अव्वल रहेका छन्, उनी कला र गलाको धनि मात्रै नभई सामाजिक कार्यहरुमा एवम् समाजसेवामा पनि अत्यन्तै अग्रस्थानमा छन । मुटु जलाई जलाई गित देखी चम्किएको पुश्कल शर्माको सांगितिक यात्रा अहिलेसम्म उत्तिकै चर्चामा रहेको छ ।

अत्यन्तै मार्मिक शब्दले भरिएको ‘दाजुभाई’ गितमा पनि शर्मा आफैले निर्देशन गरेका छन् । पुश्कल शर्मा, अन्जलि अधिकारी, सुरज घिमिरे, हिऊबाला गौतम लगायत कलाकारहरुको मनछुने अभिनय रहेको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छांयाकन एवम् दिपक विष्टको सम्पादन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो Puskal Sharma को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनि पढ्नुहोस् :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेकोविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेबिरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए ।

उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए । त्यस्तै उनले गृहमन्त्री बालकृष्ण खाणबिरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताए ।