डिभोर्स पछि शंकर क्षेत्रि भन्छन, मिलन धेरै कोसिस गरेको हो ।

जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् । उनले ‘जे हुनु भइसकेकाले मिडियामा रोएर बोल्न आवश्यक नरहेको’ बताए ।सम्बन्धविच्छेदपछि आफूहरुको अदालतमा केही सहमतिहरु भएको गायक क्षेत्रीको भनाइ छ ।

उनी भन्छन्, ‘मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ? अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा-दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ । बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।

उनले सत्यतथ्य नबुझी आफू र जेरीको बारेमा सुनेका भरमा समाचारहरु नलेखिदिनसमेत अनुरोध गरेका छन् ।सम्बन्धविच्छेद गरेर निस्किसकेपछि मनमा के कुराहरु आए ? भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन । मात्र यति भन्न चाहन्छु कि सम्बन्धविच्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँदै बोल्न जरुरी छैन ।

उहाँहरु कति नाटक गरेर बोलिरहनुभएको छ । मैले हेरिरहेको छु । आज पनि एउटा अन्तर्वार्ता दिनुभएको रहेछ । नहुने कुरा भइसक्यो । अब यो कुरामा डिस्कस गरेर केही फाइदा छैन ।’जेरी र शंकरले हिजो काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका थिए ।

सम्बन्धविच्छेदका लागि जाँदा जेरीले आफ्नो विवाहको सिन्दूरले सिउँदो रंगाएकी थिइन् भने गलामा पोते र हातमा चुरा लगाएकी थिइन् । अबका दिनमा आफ्नो सिउँदो खाली हुने भएकाले अन्तिम पटकका लागि यो श्रृंगार गरेको उनले रुँदै बताइन् ।उनले वैवाहिक जीवन सुरुदेखि नै तिक्ततापूर्ण रहेको खुलासा गरिन् ।

उनले भनेकी छन् – एकदिन हाम्रो दोहोरीमा उहाँले डान्सर केटी लिएर आउनुभयो । उसको हाउभाउ र पारा हेरेपछि मलाई राख्नुहुँदैन भन्ने लागेको थियो । पहिले कसैले स्टाफ ल्याउँदा हामी चारैजना (लगानीकर्ता) को सहमतिविना राख्ने प्रचलन थिएन । तर, त्यो केटीलाई उहाँले राख्नैपर्ने जिद्दी गर्नुभयो ।

त्यसपछि म त विभिन्न प्रोग्राममा बिजी भएँ । यता ध्यान दिन पाइनँ । गोरखामा एक हप्ता दिनवन्धु पोखरेलसँग प्रोग्राममा गएको थिएँ । काठमाडौं आउँदा संसार उल्टिसकेको थियो । अर्कै किसिमको भइसकेको थियो ।मलाई साढे ७ वर्ष उहाँसँग रिलेसनमा हुँदा कहिल्यै एकपटक उपहार दिनुभएको छैन ।

उहाँले बर्थ डे सेलिब्रेट गरेको पनि अस्ति पहिलोपटक हो । तर, त्यो केटीको जन्मदिनमा केक आफैंले ल्याएर रुममा लगेर काट्नुभएछ । अनि त्यो केटीले ‘जेरीसँग डिभोर्स दिएर शंकरले मसँग विहे गर्छ’ भन्दै हिँडेकी रहिछ । मलाई दोहोरीका स्टाफले सबै कुरा सुनाए ।

त्यो केटीसँग नजिक भएपछि उहाँले मलाई थप बेवास्ता र तिरस्कार गर्न थाल्नुभयो । विभिन्न अपशब्द बोलेर गालीगलौज गर्नुहुन्थ्यो । पोहोरको क्रिसमस इभको दिन तपाईंको यस्तो–यस्तो छ भन्ने हल्ला सुनेको छु, के हो कुरा भनेर सोधें । कि त्यो केटीलाई निकाल्नुपर्छ होइन भने म तपाईंलाई छोड्छु भनें । त्यसपछि झगडा गर्नुभयो । मलाई हात छोड्नु भो ।

यो पनि पढ्नुहोस् :
काठमाडौं,। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत लागेको छ ।

ग्राण्डीमा कार्यरत चौधरीले आफूलाई पटकपटक कुटपिट गरेर यातना दिने गरेको उनकी डा. पंकज चौधरीमाथि श्रीमती नेहा चौधरीलाई दाईजोमा काठमाडौंमा घर माग्दै यातना दिएको आरोप श्रीमती नेता चौधरीले आरोप लगाएकी हुन् । आफूलाई श्रीमान डा. चौधरीसहित सासू र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्ने गरेको उनको भनाइ छ ।

बिबाह भएको ८ महिना भएको र श्रीमानसँगै बस्दा आफूमाथि कुटपिट हुने गरेको नेहाको वेदना छ ।

‘मेरो श्रीमान काठमाडौंमा बस्नु हुन्छ । ग्राण्डी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफूसँग राख्नु भन्ने वित्तिकै मलाई कुटपिट गर्नु हुन्थ्यो । पटकपटक तेहि गर्ने गर्नु हुन्थ्यो ।’ उनले फेसबुकमा लेखिकी छिन्, ‘म सहन नसकेर महिला थानामा गएँ । मलाई गम्भीर हुने गरी पिट्नु भये र मेरो आमा .लाई आफनो छोरी लैजाऊ भनी खबर मेरो ससुरा बाले गर्नु भयो । म ३ दिन दिन हस्पिटलमा भर्ना भई जाँच गराए ।’,

अस्पतालमै पुगेर श्रीमानले घर छिर्न दिन्न भनेको पीडित नेहाले लेखेकी छिन् । दुई दिन थानामा राख्दा पनि सँगै राख्दिन भनेको उल्लेख गरेकी छिन् । ‘मैले मेरो जाएरी घरेलू हिंसाको मुदाको दर्ता गराए । तेही दिन ४ गते उनले डिभोर्स मुद्दा दिनु भयो । मलाई घर छिर्न दिनु भएन मलाई अंश दिनु पर्छ बिछोड हुँदा भनेर उहाँले आफ्नो सम्पूर्ण सम्पत्ति घरसहित छोरीहरुलाई बकस गरिदिनु भयो । मलाई
उहाँको सम्पत्ति वा अंश चहेको हैन । म बिहे गरेको बसनको लागि हो । उहाँहरुले मलाई फेरी फेरी कुटपीट नगरोस् भनेर म महिला थानामा गए ।’, उनले फेसबुकमा खुलस्त पारेकी छिन् ।

नेहाले फेसबुकमार्फत न्यायका लागि सहयोग समेत मागेकी छिन् । उनले न्यायको याचना गर्दै लेखेकी छिन्, ‘अब मैले न्याय कसरी पाउने । म घरबाट निस्किन नी मलाई गाह्रो भइरहेको छ । तेरो अनुहार बिगारिदिन्छु भनी धम्की दिनु भयो !’,

यो पनि पढ्नुहोस् :-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले दैनिक २÷३ किलो गाली खाने गरेको बताएका छन् । शनिबार तेलंगानाको एक कार्यक्रममा उनले आफूलाई दैनिक गालीहरु आउने गरेको ती गालीलाई आफ्नो शरीरले पोषणमा परिणत गर्ने गरेका बताए ।

भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले आफ्नो शरीरले गाली प्रशोधन गर्ने गरेको बताए । उनले भने, “मानिसहरूले सोध्छन्– मोदीजी तपाईँ थाक्नुहुन्न ? त्यसैले म भन्छु कि भगवानले मेरो शरीरमा यस्तो संयन्त्र बनाएको छ कि गाली प्रशोधन हुन्छ र पोषणमा बदलिन्छ ।”

निराशाका कारण केहीले बिहान बेलुका आफूलाई गाली गर्ने गरेको मोदीले बताए । उनले आफूलाई गाली गर्न पूरै शब्दकोश प्रयोग हुने गरे जिकिर गरे । उनले आफ्ना विरोधीसँग गाली गर्नुबाहेक केही बाँकी नरहेको बताए ।

विगत २०-२२ वर्षदेखि आफूले विभिन्न किसिमका गाली खाँदै आएको मोदीको बताएका दैनिक भास्करले लेखेको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका थापाले आज आयोजित घरदैलो कार्यक्रममा उहाँले दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ”, उहाँले भन्नुभयो । आगामी दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को निर्वाचनमा आफू भोट माग्न नआउने उहाँको भनाइ छ ।

महामन्त्री थापाले खहरेको छेउमा रहेका घर अगाडिको फोहरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गर्नुभयो । बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ र १२ हुँदै वडा नं १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गर्छ ।

उहाँले बाढीको समस्या समाधान गर्न पटक–पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । महामन्त्री थापाले खहरेको समस्या समाधानका लागि ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’को प्रस्ताव अघि बढाएको बताउनुभयो ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । लोक गायिका बबिता बानियाँ (जेरी) र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्री बताउँथे । तर अहिले जेरीले सबैका आँखा रसाउने सत्यता खोलेकी छिन् ।