बिहे पछि दोहोरी गायक मेक्सम खातीले खेलेको पहिलो आधुनिक गीत भाइरल

काठमाडौं । युवापुस्ताका चर्चित गायक मेक्सम खाती क्षेत्रीको सुमधुर आवाजमा ‘छोडी नजानु है’ गीत सार्वजनिक भएको छ ।

मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै अझै उत्कृष्ट गीत ल्याउन दर्शक तथा स्रोताले सुझाव दिएका छन् ।

लोकगीतकाे क्षेत्र पहिलेभन्दा फराकिलो भएको छः मेक्सम खाती क्षेत्रीलोकगीतकाे क्षेत्र पहिलेभन्दा फराकिलो भएको छः मेक्सम खाती क्षेत्री

गीतमा मेक्समकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका हुन् । भिडियोमा गायक मेक्समसँगै मोडल रेश्मा घिमिरेको अभिनय छ । गायक मेक्सक लामो समय अष्टेलियामा बसेर स्वदेश फर्किएका हुन् ।

अहिले स्वदेश आएसँगै गीत तथा संगीतमा उनी सक्रिए देखिएका छन् । उनको आवाज रहेको सानु कहाँ छौं, है होला र !, रूँदैरूँदै तिम्रो शहर, मेरो बाबा, मेरो आमालगायत दर्जनौं गीतहरू युट्युबमा सुन्न र हेर्न सकिन्छ ।

भिडियाे हेर्नुहाेस्