शिल्पाका पति राज कुन्द्रा मुख छोपेर घरबाहिर निस्कन्छन्, ट्रोलर्सलाई गाली गर्छन्

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति तथा व्यवसायी राज कुन्द्रामाथि पछिल्लो पटक अश्लील फिल्म बनाउने आरोप लागेको थियो । धरौटीमा रिहा हुनुअघि उनले जेलमा दुई महिना बिताए ।

त्यतिबेला उनले सबै सामाजिक सञ्जाल डिलेट गरेका थिए । यतिबेला उनी अनौठो शैली र सामाजिक सञ्जालका पोस्टले चर्चामा छन् ।

उनले ट्वीटर एकाउन्टमा पुनः पोस्ट गर्न थालेका छन् । उनको पोस्ट देखेपछि धेरैले सोचेका छन् कि आखिर राज कुन्द्रालाई किन अहिलेसम्म रिस उठिरहेको छ ? मुख लुकाउने कुनै काम गरेका छैनन् भने उनी किन मास्कको पछाडि किन लुकिरहेका छन् ?

गत साता एक पोस्ट गर्दै उनले आफूलाई नयाँ हेटर्स (घृणा गर्नेहरु) नचाहिएको र पुरानै पर्याप्त भएको बताएका थिए । उनले अर्को एक पोस्ट सोसल मिडियामा सेयर गरेका छन् । उनले ह्यासट्याग प्रयोग गर्दै ट्रोलर्स कहाँ छौं, कृपया मलाई नछाड्नु भनेर पोस्ट गरेका छन् ।

सामाजिक सञ्जालमा फर्किएपछि पनि कुन्द्राले सर्वसाधारणमाझ मुख लुकाउन छाडेका छैनन् । हुडी पहिरिएर होस् या मुख पूरै छोपेर उनी घरबाट निस्कन्छन् र मिडियालाई अनुहार देखाउँदैनन् ।

यस्तो लाग्छ, यसलाई उनी आफ्नो सिग्नेचर लुक बनाउँदैछन् । हालै जब अभिनेता आमिर खानलाई हुडी, ग्लास र फेस मास्कसहित देखियो, तब कुन्द्राले उनको तस्वीर सेयर गर्दै लेखे, ‘मलाई यस कभर लुकको रोयल्टी चाहियो ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध विच्छेद गरेका छन् ।

गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।

’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए ।

डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी छन् । उनले परिवारले समेत आफुलाई धेरै दुख दिन थालेको बताइन् । सासुले छोरी जन्माएपछि छोरी हामीलाई दिएर डिर्भोस दिएर बस भन्दै थर्काएको पनि उनले बताइन् ।