सम्बन्धविच्छेद गरेपछि जेरिले भनिन्, ‘मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्‍यो’

काठमाडौं :

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्धविच्छेद भएको छ ।नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।

लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः केहीबेर अघि सधैको लागि सम्बन्ध तोडिएको हो । यो जोडी ले काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो ।

केहि समय आगाडी आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका थिएनन।

सामाजिक सञ्जाल टिकटकमा अहिले उनीहरू एक अर्कालाई आरोप लगाउनमा ब्यस्त रहेका छन् । शंकरले जेरी र उनको परिवारलाई दोष लगाउँदै भिडियो बनाइरहेका छन् भने जेरीले आफ्नो भाग्यलाई दोष दिइरहेको छिन् ।

आज बिहिबार पुन: उनीहरू अदालत पुगेर सम्बन्धविच्छेद गरेका हुन् ।

उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।

केहीबेर अघि सम्बन्धविच्छेद भएपछि गायिका बबिताले लेखेकी छन्, ‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्‍यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो’

यो पनि पढ्नुहोस् :
काठमाडौं,२४ कात्तिक । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले आजदेखि औपचारिक रुपमै सम्बन्ध विच्छेद गरेका छन् ।
उनीहरुले काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन् ।

उनीहरुले ५ वर्षको प्रेम सम्बन्धलाई २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए । सम्बन्धविच्छेद गरे पछि बबिताले सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेकी हुन् । उनीहरुका निकट साथीहरुले क्षेत्रीकै कारण सम्बन्ध विच्छेद भएको बताउदै आएका छन् ।

सम्बन्धमा खटपट आएलगत्तै क्षेत्री भन्दा जेरी निकै भावुक भएकी थिइन् । पछिल्ला समयमा सामाजिक सञ्जालमा राखेका स्ट्याटसले पनि उनको भावुकपन प्रष्टै बुझ्न सकिन्थ्यो ।

उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पा¥यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो ।’

यो पनि पढ्नुहोस् :-

तस्बिरमा देखिएका दुईजना आमा छोरा हुन्,। मोरङकी ४२ वर्षीया आमा कमला भण्डारी र भर्खरै मात्र पाइलट भएका उनका छोरा हुन् ।

मोरङकी कमला भण्डारी ४२ वर्षको हुनुभयो प्रहरीमा जागिर खाएँर देशलाई सुरक्षा गर्ने चाहाना मात्र नभई उहाँको सपनानैं रहेकाे उहाँ बताउँनुहुन्छ।

अहिले हुँदै गरेको संसदीय निर्वाचनमा सुरक्षाको जिम्वेवारी पूरा गर्ने चाहाना बोकेर छोरा पाईलट हुदाँ हुँदै पनि म्यादी प्रहरीमा जागिर खाँदै हुनुहुन्छ ।४२ वर्षकी आमाले आगामी निर्वाचनमा म्यादी प्रहरीमा छनोट भई प्रहरी बन्ने बाल्यकालको सपना पूरा गरिन् भने छोराले पाइलट बन्ने सपना पूरा गर्दैछन् ,।

विगतमा धेरै दुख कष्ट गरेर उनले छोरालाई अरू कसैको पोशाक लगाएर विद्यालय पढाइन्,। उनले इजरायलमा करिब ११ वर्ष सम्म स्याहारसुसारको काम समेत गरिन्। उनी कुनै पनि काम सानो–ठूलो हुदैन भन्ने विश्वास गर्छिन् । आमा र छोरा दुबैले मिलेर आफ्नो सपना पुरा गर्नु उनीहरुका लागि सबैभन्दा गर्वको क्षण हो ।*

यो पनि पढ्नुहोस् :-

फिल्मकी मुख्य अभिनेत्री सोनाक्षीसँग प्रदीपको भेट भएको हो ।

फिल्मको प्रिमियर गर्दै गर्दा सोनाक्षीले ‘नेपालमा पनि प्रदीप खड्का जस्तो अभिनेता छन र’ भन्दै प्रश्न गरिन् । भेटमा उनीहरुबीच भलाकुसारी पनि भएको थियो ।कुराकानीमा सोनाक्षीले आफू नेपाल घुम्न आएको तर तर प्रदीप जस्तो अभिनेता नदेखेको प्रतिकृया दिइन् ।

प्रदीपले इन्स्टाग्राममा एक भिडियो पनि साझा गरेका छन् । उनले लेखे–‘म कहाँ जादैँ छु तपाई अनुमान गर्न सक्नु हुन्छ ।’ साथै सोनाक्षीसँगका तस्विर सार्वजनिक गर्दै ‘डबल एक्सल’ को प्रिमियरमा पुगेको जानकारी गराए ।अभिनेता खड्कालाई पछिल्लो समय बलिउडबाट पनि प्रस्ताव गर्न थालिएको छ ।

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपाल, भारतसहित विश्वभर प्रर्दशन भएको थियो । उक्त चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार फिल्मले झन्डै ४० करोड कमाउन सफल भएको छ ।उता नायक अनमोल केसीले फिल्मका लागि महंगो रकम लिन्छन् ।

उनले, ५० देखि ६० लाखसम्म पारिश्रमिक लिने गरेको खबर सार्वजनिक भैरहेका हुन्छन् । तर, अनमोल केसीलाई फिल्ममा साइन गराउन सहज भने छैन । अनमोलले पारिश्रमिक महंगो लिएको खबर सार्वजनिक भएपनि उनको फिल्मबाट निर्माता कसरी रिलिज अगाडि नै सुरक्षित हुन्छन् भन्ने खबरहरु कमै मात्र आउने गर्छन् ।