पत्रकार सरोजराज अधिकारी मृत फेला !

काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् ।

उनी सुनधारास्थित सिद्धार्थ होटलको कोठाभित्र बुधबार बेलुकी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनकी श्रीमतीले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा उनी मृत फेला परेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहोराले बताए ।

उनका अनुसार प्रहरी टोली अहिले घटनास्थलमै छ ।

यो पनि पढ्नुहोस् :-

मोरङ — प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित सचिव अर्जुन निरौलाले जारी गरेको सार्वजनिक सूचनामा मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उल्लेख छ ।

डेंगी रोगको संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बिहीबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी आसन्न प्रदेशसभा सदस्य निर्वाचन मोरङ क्षेत्र ३ (१) मा उम्मेदवारसमेत थिए ।

यो पनि पढ्नुहोस् :
२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ ।

घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यतिबेला कुनै निर्णय र निर्देशन नदिएको आयोगले पछि भने घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले बताए । उनले भने, ‘आयोगबाट हामीलाई घण्टी लिएर बजाउँदै नहिँड्नु भनी निर्देशन आएको छ ।

निर्वाचन आयोगले भने यसबारे कुनै निर्देशन नगएको दाबी गरेको छ । ‘उहाँहरुलाई केही साताअघि यसवारेमा स्पष्टिकरण सोधेको हो’ निर्वाचन आयोगका सहायक प्रवक्ता गरुप्रसाद वाग्लेले भने, ‘उहाँहरुका बारेमा कुनै निर्णय भएको छैन, निर्देशन गएको पनि होइन ।’

यो पनि पढ्नुहोस् :-

काठमाडौं । अभिनेता प्रदीप खड्काले बलिउड अभिनेत्रीलाई भेटेका छन् ।गत केही समय अगाडि ‘प्रेम गीत ३’ नेपाल र भारतसहित विश्वभर डबिङ गरेर प्रर्दशन भयो । उक्त समयदेखि प्रदीपको भारतमा खुबै चर्चा भइरहेको छ ।

उनले अभिनेत्री सोनाक्षी सिन्हासँग भेटघाट गरेका हुन् ।सोनाक्षी र हुमा कुरैशीको अभिनय रहेको फिल्म ‘डबल एक्सल’ को प्रिमियरका लागि खड्कालाई निमन्त्रण गरिएको थियो । सोही कार्यक्रमका लागि उनी मुम्बई पुगेका हुन् ।उक्त फिल्मकी मुख्य अभिनेत्री सोनाक्षीसँग प्रदीपको भेट भएको हो ।

फिल्मको प्रिमियर गर्दै गर्दा सोनाक्षीले ‘नेपालमा पनि प्रदीप खड्का जस्तो अभिनेता छन र’ भन्दै प्रश्न गरिन् । भेटमा उनीहरुबीच भलाकुसारी पनि भएको थियो ।कुराकानीमा सोनाक्षीले आफू नेपाल घुम्न आएको तर तर प्रदीप जस्तो अभिनेता नदेखेको प्रतिकृया दिइन्