यी हुन् १० नेपालका चर्चित सुन्दरीः जो दुलाहको पर्खाइमा छन्….(फाेटाे फिचर)

विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । ग्ल्यामर क्षेत्रमा त विवाहले अझ ठूलो भूमिका निर्वाह गर्छ ।।

केही त्यस्ता अविवाहित महिला सेलिब्रेटीहरू छन् जो दुलाहको पर्खाइमा छन् । यी सेलीब्रेटी मध्य कतिपय प्रेमसम्बन्धमा छन् भने कतिपय चर्चामा रहेअनुसार एक्लै नै छन् ।

श्रृंखला खतिवडा

मिस नेपाल वल्र्ड–२०१८ को उपाधिसँगै श्रृंखला खतिवडा देशकै चर्चित सेलिब्रेटी बन्न सफल भइन् । चीनमा सम्पन्न मिस वल्र्ड–२०१८ मा उत्कृष्ट प्रस्तुति दिएसँगै उनी नेपालीमाझ मात्र होइन, विश्वभर नै चर्चामा आइन् । समाजसेवामा समेत रुचि राख्ने श्रृंखलाले मकवानपुरको चेपाङबस्तीमा पुगेर सञ्चालन गरेको स्वास्थ्य अभियानले धेरैको मन जितेको छ ।

सृष्टि खड्का

झन्डै १ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी मोडल तथा अभिनेत्री हुन् सृष्टि खड्का । यी अविवाहित अभिनेत्रीले चलचित्र ‘परी’ मार्फत चलचित्रमा समेत पदार्पण गरेकी छिन् । सृष्टि केही साताअघि सार्वजनिक भएको एउटा हिन्दी गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी थिइन् । उनले अभिनय गरेको डन्ट किल मी…गीतको म्युजिक भिडियोले पनि राम्रो प्रशंसा पाएको थियो । सृष्टिले र्‍याम्प फेसन शो तथा केही विज्ञापनमा समेत मोडलिङ गरेकी छिन् ।

प्रियंका एमभी

लामो समयदेखि रजतपटमा अभिनेत्रीका रूपमा पदार्पण गर्ने तयारी गरे पनि प्रियंका एमभीको त्यो साइत ढिला गरि जुर्यो । एमबीएकी छात्रा प्रियंकाले अनमोल केसीको चलचित्र क्याप्टेनमार्फत पदार्पण गरिन् । इन्स्टाग्रामका आफ्ना तस्बिर देखेपछि क्याप्टेन युनिटले आफूसमक्ष अभिनयको प्रस्ताव राखेको प्रियंकाको भनाइ छ ।

निरिशा बस्नेत

चलचित्र जानी नजानीबाट नेपाली रजटपटमा प्रवेश गरेकी अनुहार हुन्– निरिशा बस्नेत । यी अविवाहित सुन्दरी चलचित्र निर्देशक विश्व बस्नेतकी छोरी हुन् । मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले केही हिन्दी धारावाहिकमा समेत अभिनय गरिसकेकी छिन् । अध्ययनका क्रममा मुम्बईमा भएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

उकुषा गिरी

चलचित्र ‘ब्याचलर बन्टि’ मार्फत रजतपटमा पाइला हालेकी अभिनेत्री हुन्— उकुषा गिरी । अविवाहित उकुषा पनि मोडलिङमार्फत चलचित्रमा आउन लागेकी हुन् । अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस एसिया नेपालको विजेता भएपछि उनले मिस एसिया ग्लोबल–२०१७ मा नेपालको प्रतिनिधित्व गर्दै बेस्ट पर्सनालिटी तथा ब्युटिफूल आइजको शीर्षक उपाधि हात पारेकी थिइन् । भीमसेनगोला, काठमाडौंकी उकुषा छोटो समयमै र्‍याम्प मोडलिङ तथा विज्ञापन केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

आश्मा गिरी

युट्युबको वेब सिरिज रङ टाइममा अभिनय गरेर चर्चामा आएकी मोडल आस्मा गिरीले केही म्युजिक भिडियो तथा विज्ञापनमा समेत अभिनय गरेकी छिन् । आश्माले अभिनय गरेको पहिलो चलचित्र ‘ड्रिम गर्ल’ केही अघि प्रदर्शनमा आइसकेको छ । उक्त चलचित्रले औसत व्यवसाय गरे पनि आश्माको अभिनय तथा सुन्दरताले राम्रै प्रशंसा पाएको थियो । अविवाहित यी अभिनेत्रीले चलचित्रको अभिनयलाई निरन्तरता दिने योजना बनाएकी छिन् ।

उपासनासिंह ठकुरी

५ फिट ६ इन्च अग्ली उपासनासिंह ठकुरी अनमोल केसीको चलचित्र क्याप्टेनबाट रजटपटमा पदार्पण गरेकी हुन् । मोडलिङमा सक्रिय रहेकै बेला उनी चलचित्रमा आइपुगेकी हुन् । अविवाहित उपासनाले इन्स्टाग्राममा अपलोड गरिएका आफ्ना तस्बिरकै कारण चलचित्रमा आइपुगेकी हुन् । क्याप्टेनमा आबद्ध भएपछि अभिनयको प्रशिक्षण लिएकी उपासनाले अभिनयमै करियर बनाउने निर्णय गरिसकेकी छिन् ।

शिल्पा मास्के

चलचित्र द ब्रेकअपमार्फत रजतपटमा अाएकी नयाँ अनुहार हुन्— शिल्पा मास्के । त्यसो त यी अविवाहित अभिनेत्रीले द ब्रेकअपपछि कागजपत्र शीर्षकको अर्को चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । यसअघि हलिउडको डाक्टर स्ट्ेरन्जमा छोटो भूमिका निर्वाह गरेकी शिल्पाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।