सन्दीपको केसमा नयाँ ट्वीस्ट, दुई क्रिकेटरलाई लिएर अदालतले दियो कडा आदेश !

काठमाडौँ

काठमाण्डौं जिल्ला अदालतले क्रिकेटरद्वय देव खनाल र शाहब आलम लगायत सन्दीप लामिछाने मुद्दामा अनुसन्धानमा बुझिएका मानिहरुलाई बकपत्र गराई इजलास समक्ष पेश गर्न नेपाल प्रहरीलाई आदेश दिएको छ ।

माननिय न्यायाधिश माधवप्रसाद घिमिरेको बन्द इजलासले कार्तिक १८ गते गरेको आदेशमा मंसिर ७ गते क्रिकेटरद्वय देव खनाल र शाहब आलम लगायत सन्दीप लामिछाने मुद्दामा अनुसन्धानमा बुझिएका मानिहरुलाई बकपत्र गराई सरकारी वकिल कार्यालय, काठमाण्डौं मार्फत इजलासमा उपस्थित गराउन नेपाल प्रहरीलाई आदेश दिएको हो ।

अनुसन्धानका क्रममा गौशला प्रहरी वृत्तले खनाल र आलमलाई पनि सोधपुछ र बुझ्नका निम्ति बोलाएको थियो । अदालतले जाहेरीवाला, पिडित, बुझिएका मानिसहरु र पिडितको स्वास्थ्य परिक्षण गर्ने चिकित्सक समेतको बकपत्र गराउन र सो दिन इजलास समक्ष पेश गर्न आदेशपत्रमा उल्लेख छ ।

यसैगरी अदालतले दिएको आदेश पत्रमा सन्दीप लामिछानेले बयान साथ पेश गरेको पिडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन भनि उल्लेख गरेको छ ।

यसबाहेक सोही दिन न्यायाधिश घिमिरेको बन्द इजलासले जारी गरेको आदेशमा पिडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरिएको अनुसूची फारमसहतिको प्रतिलिपी सम्बिन्धत कार्यालबाट झिकाउन आदेश गरेको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई शुक्रबार कार्तिक १७ गते पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

सन्दीपका वकिलहरुले उनी मुमाथि लगाइएको आरोप पुष्टि नहुन्जेल धरौटीमा रिहा गर्नुपर्ने माँग राखेका थिए । तर न्यायाधिश धिमिरेको इजलाशले सन्दीपलाई थुनामा राखि पुर्पक्ष गर्न आदेश दिएको छ ।

लामिछानेलाई अदालते पुर्पक्षका लागि थुनामा राख्ने आदेशसँगै उनी गौशला प्रहरी वृत्तको हिरासतबाट केन्द्रिय कारागारमा स्थानान्तरण भएका छन् ।

यो पनि हेर्नुहोस, ढुक्क कान्छाराम, चुनाव जित्ने कैलाशको पनि दाबी

प्रतिनिधि सभा सदस्यका लागि रामेछापमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेका कैलाश ढुंगेलबीच हुने देखिएको छ ।

तामाङ २०७४ सालको निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठसँग ६ हजार ३७६ मतान्तरले पराजित भए ।

यो पटक भने उनी माओवादीसहितका दलको साथ पाएर चुनाव लड्दैछन् । प्रतिनिधि सभा कांग्रेसलाई छाडेको माओवादीले प्रदेश सभातर्फ दुबै क्षेत्र लिएको छ र चुनावी अभियानमा कांग्रेससँगै छ ।

एमाले भने कांग्रेससँग प्रतिस्पर्धामा छ । एमालेले पछिल्ला ३ वटा चुनावमा यहाँबाट संघीय सांसद जितेको छैन ।

०४८ मा रामेछाप १ मा दोस्रो भएको एमालेले ०५१ र ०५६ मा चुनाव जितेको थियो । रामेछाप २ मा भने ०४८ मा संयुक्त जनमोर्चाले जित्यो । ०५१ र ०५६ मा कांग्रेसले जितेको थियो ।

०६४ मा दुबै क्षेत्र माओवादीले जित्यो । ०७० मा रामेछाप १ कांग्रेसले जित्दा २ मा माओवादी विजयी भयो । ०७० मा वाम गठबन्धनले जित्यो अर्थात् माओवादीले प्रतिनिधिसभा जित्दा एमालेले दुबै प्रदेशसभातर्फ जितेको थियो ।

३० वैशाखको स्थानीय चुनावका आधारमा यो क्षेत्रमा कांग्रेस पहिलो दल हो भने दोस्रो दल एमाले पनि हाराहारीमै छ । तर तेस्रो दल माओवादीसँग गठबन्धन गरेका कारण गणितीय हिसाबमा कांग्रेस निकै सहज अवस्थामा देखिन्छ ।

स्थानीय चुनावमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४१ हजार ५१ मत पाउँदा एमालेले ३९ हजार ३३ मत पाएको छ । माओवादीले भने २७ हजार ३९ मत पाएको छ ।

सत्ता गठबन्धनमा असन्तुष्टि

यो क्षेत्रमा सरकारमा रहेको एकीकृत समाजवादी भने सत्ता गठबन्धनमा छैन । स्थानीय तह चुनावमा १ हजार ५७० मत ल्याएको एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवारी दिएको छ ।

कांग्रेस र माओवादीले आफूहरुलाई अवमूल्यन गरेको भन्दै एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ पूर्वसांसद देवशंकर पौडेल तथा प्रदेश सभा १ मा रमेशकुमार बस्नेत र २ मा झम्क कँडेल उम्मेदवार छन् ।

गठबन्धनभित्र असन्तुष्टि भएकाले आफूहरुले गठबन्धन तोडेर छुट्टै उम्मेदवारी दिएको एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत बताउँछन् । ‘हामीले मागेको प्रदेश सभा १ हामीलाई दिएनन्,’ प्रतिनिधि सभामा जितका दाबी नगरेका बस्नेतले भने, ‘एक्लै लडे पनि प्रदेश सभा १ मा हाम्रो जित पक्का छ ।’

एकीकृत समाजवादीले साथ नदिए पनि कांग्रेस उम्मेदवार तामाङलाई त्यसको चिन्ता छैन । ‘हामीलाई समाजवादी छुट्टिएर केही फरक पर्दैन’, उनले भने, ‘समाजवादीले भोट काट्ने भनेकै एमालेको हो, उहाँहरुको उम्मेदवारीले त हामीलाई पो फाइदा छ ।’

एमालेलाई झिनो आश

एमाले उम्मेदवार कैलाश ढुंगेल अघिल्लो चुनावमा प्रदेशसभा सदस्य मात्र चुनिएनन्, बाग्मती प्रदेश सरकारमा अर्थमन्त्री समेत भए ।

एकातिर पहिलो र तेस्रो दल मिलेका छन् भने अर्कातिर एकीकृत समाजवादीबाट उठेका देवशंकर पौडेल एमालेबाटै सांसद जितेका नेता हुन् । उनले काट्ने भोट समेत एमालैकै हुनेछ ।

त्यसैले यो प्रतिस्पर्धा एमाले र एकीकृत समाजवादी दुवै उम्मेदवारका लागि सहज छैन । तर प्रदेश सरकारमा रहँदा आफूले गरेको कामका आधारमा चुनाव जित्ने एमाले उम्मेदवार ढुंगेल बताउँछन् ।

‘मेरो अघिल्लो कार्यकाल रामेछापेली जनताको विकासका लागि सुखद छ,’ बागमती प्रदेश सभाका निवर्तमान सांसद ढुंगेलले भने, ‘मेरो पक्षमा पहिला भन्दा अहिले जनमत बढेको छ ।’

साथै एकीकृत समाजवादीले छुट्टै चुनाव लड्दा आफूहरुलाई नभई सत्ता गठबन्धनलाई नै घाटा हुने एमालेको बुझाइ छ ।

‘समाजवादीले हाम्रो भोट काटने अवस्था छैन,’ एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ भन्छन्, ‘स्थानीय निर्वाचनको मत हेर्ने हो भने एकीकृत समाजवादीले छुट्टै चुनाव लड्नु भनेको गठबन्धनलाई घाटा हो ।’

यो पनि पढ्नुहोस् :
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् ।

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ । आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।

गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए । यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको स्रोतको भनाइ छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी थिए । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएका थिए ।

यो पनि पढ्नुहोस् :
कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले अनलाइनखबरलाई बताए । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उनको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारुी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले ३१ साउनमा श्रेष्ठलाई अभद्र व्यवहारको कसूरमा पक्राउ गरेर हिरासतमा राखेको थियो ।उनले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । त्यसका लागि डीएनए जाँच गराउन आफू तयार रहेको बताएका थिए ।

निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् ।निहारिकाले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँचन पाउने संवैधानिका अधिकारको सुनिश्चितताका लागि पनि सरकारले पहल गर्नुपर्ने माग गरेकी थिइन् ।

यो पनि पढ्नुहोस् :
चर्चित्र पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम निकै चर्चामा छिन् । ‘अनुराग’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा यतिबेला नेपालमा छिन् । अनुरागले सन्तोषजनक व्यापार गर्ने नसकेपछि एलिजा अहिले म्यूजिक भिडियोमा निकै व्यस्त हुन्छिन् ।बेलाबखत उनका भिडियो र तस्बिरहरु चर्चामा आउँछन् ।

नेपालमा चिसो सुरु हुन लाग्दा अभिनेत्री गौतमले केही बोल्ड तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी हुन् ।उनले तिहारअघि जिम गएका तस्बिर राखेकी थिइन् । केही समय पहिले समुन्द्रको किनारमा मिनिस्कट लगाएर खिचेको तस्बिरले माहोल तत्ताएको थियो ।

एलिजा प्रायः छोरी एरिका धमला गौतमसँगै क्यानडामा बस्छिन् ।यसबीच तिहारको अवसरमा उनी नेपाल आएकी हुन् । उनको यो नयाँ झण्डा भन्दै केही आलोचनाका प्रतिक्रियाहरुपनि आएका छन् । केहीले भने उनको लूकलाई मन पराएका छन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं – क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बला’त्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।

शुक्रबार नाबालिग बला’त्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती कर’णीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बला’त्कार गरेको आरोप सन्दीपमाथि छ ।

सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थलबाटै पक्राउ परेका थिए । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । बाँदरले स्वयम्भु, पशुपतिनाथ तिर बेला बेलामा रियलका जुस र चाउचाउ खाएको त धेरैले देखेको सुनको कुरा हो । तर बाँदरले रक्सी नपाए पसलमा हंगामा गरेको खबर पहिलो पटक सुन्नमा आएको छ ।

हालै भाइरल बनेको एउटा भिडियोमाबाँदरले बियर पिइरहेको देखाइएको छ । उत्तर प्रदेशको रायबरेलीबाट सार्वजनिक भएको भिडियोमा बियरको क्यान समातेको बाँदरले ठूलो जोशका साथ पिइरहेको छ। यो भिडियो गडागंज थाना क्षेत्रको अचलगञ्ज क्षेत्रको हो। रक्सी पिउन मन पराउने यो बाँदरलाइक्षर्् देख्नेहरुले जँड्याहा बाँदर समेत भन्न भ्याएका छन् । उक्त बाँदरले नजिकैको एउटा पसलका ब्यापारीलार्य निकै सताउने गरेको पाइएको छ ।

जहहाँ रक्सी पसलमा गएर पसलमा मदिरा किन्न आउँदा उसले मदिरा खोस्छ र भाग्छ । पसलका सञ्चालकले यसबारे अधिकारीलाई पटकपटक गुनासो गरिसकेको भएता पनि प्रहरीले अहिलेसम्म खासै चासो देखाएको छैन । जुन खबर मिडियामा समेत निकै भाइरल बनेता पनि अन्तःशुल्क विभागका अधिकारीले बाँदरलाई पक्रन वन विभागलाई आग्रह गरेको बताइएको छ ।

उक्त बाँदरले मुखमा क्यान राखेर बियर पिउने बानी नै परेको छ । पसलमा आएका ग्राहकबाट मदिरा खोसेर खुब चासोका साथ पिउने गर्छ । पसलमा काम गर्ने सेल्सम्यानले त्यसलाई भगाउँदा टोक्न दौडिन्छ